
बाघको छाला किनबेचमा संलग्न रहेको फैसला गरिएका एक व्यक्ति १६ वर्षपछि पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले २०६२ सालको असोज १४ गते सौराहा नजिकैबाट १ थान बाघको छाला सहित दुई जनालाई पक्राउ गरेको थियो । छालाको किनबेछमा संलग्न भएको फैसला भएर पनि लामो समयदेखि फरार रहँदै आएका २ जना मध्ये तनहुँको देवघाट गाउँपालिकाका विष्णुबहादुर गुरुङलाई भरतपुर १ लिलाचोकबाट नियन्त्रणमा लिएको निकुञ्जले जनाएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा पक्राउ गरेर जिल्ला कारागार भरतपुरमा बुझाइएको बताइएको छ । २०६२ सालको असोज १४ गते पक्राउ परेका गोरखाको सदिबास ३ का सुरेन्द्र गुरुङ, सिम्जुङका वीरबहादुर गुरुङ र अन्य २ जना आखेटोपहार किनबेचमा संलग्न रहेको भनेर निकुञ्जले मुद्दा दायर गरेको थियो ।



२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…