
पश्चिम चितवनमा गैँडाको आक्रमणबाट दुई जना घाइते भएका छन् । भरतपुर महानगरपालिकाको पाछिहानीमा दिउँसो गैँडाको आक्रमणबाट दुई जना घाइने भएका हुन् । दिउँसो साढे तीन बजे गैँडाको आक्रमणबाट स्थानीय ७० वर्षीय बुदना महतो र ८० वर्षीय धोधारी महतो घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घर अगाडी घाम तापेर बसिरहेका स्थानीयलाई गैँडाले आक्रमण गरेको बताइएको छ । गैँडाको आक्रमणमा परेका दुवै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्ब जना खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।पछिल्लाे समयमा गैँडा सहर पस्नेक्रम बढेकाे छ । वन्यजन्तुकालागि पर्याप्त चरन क्षेत्र नहुँदा यसरी वन्यजन्तु सहर पस्न थालेकाे विज्ञहरुले बताएका छन् ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…