
हिमपातकाे समयमा वन्यजन्तु जाेगाउन सकस हुँदै गएकाे छ । हिमााली क्षेत्रमा ठूलाे हिमपात हुँदा वन्यजन्तु हिउँमा पुरिने र हिउँबाट बच्न गाउँ नजिक आश्रय खाेज्दै आउँदा सिकारीबाट मारिने गरेका छन् ।
गत बुधबार देशभरका हिमाली क्षेत्र तथा लेकमा परेको भारी हिमपातका कारण वन्यजन्तु सकसमा परे । उच्च हिमाली क्षेत्रमा पाइने हिउँचितुवा, हाब्रे, कस्तुरी मृग, भालु लगायत वन्यजन्तु जोखिममा पर्ने गरेका हुन । हिउँ बाक्लो परेपछि हिउँमा पुरिएर, आहारा र पानी खान नपाएर वन्यजन्तु मर्ने गरेका छन् । लामो समय सम्म हिउँ नपग्लँदा र हिउँले पुरिदा वन्यजन्तु मर्ने गर्छन् ।
दुई वर्ष अघि छेकेम्पारको गोठमा हाब्रे मृत अवस्थामा भेटिएकाे थियाे । हिउँबाट बच्न गोठमा बसेको अवस्थामा थुनिएर मृत अवस्थामा भेटिएको हाे। त्यस अघि कहिल्यै नदेखिएको हाब्रे पहिलाे पटक त्यस्ताे अवस्थामा भेटिएकाे र यसैको आधारमा मनास्लु संरक्षण क्षेत्रमा पनि हाब्रे पाइन्छ भन्ने पत्तालागेकाे मनास्लु संरक्षण क्षेत्र (एमक्याप) का संरक्षण अधिकृत अजित तुम्बाहाम्फेले बताए । यसरी वन्यजन्तु हिपातबाट बच्न गाउँ र बस्ती तर्फ आउने गरेका छन् । वन्यजन्तु बस्ती तर्फ आउँदा कुकुरले मार्ने गरेको पनि उनले सुनाए । हिमपात हुँदा गत वर्ष बस्ती नजिकै वन्यजन्तु आउँदा कुकुरले चारवटा ल्होमा, दुईवटा कस्तुरी मारेको एमक्यापले जनाएको छ । सामा गाउँमा ८ र छेकम्पारमा ३ वटा नाउर पनि मारेको एमक्यापले बताएकाे छ । हिनाङमा हिमालयन थार तीनवटा , सामा गाउँमा घोंडाका बच्चा ६ वटा र याकका पाँचवटा बच्चा मारेको तथ्याङ्क छ । यस वर्ष भने अहिले सम्म त्यस्ता घट्नाको बारेमा सूचना नआएको एमक्यापका संरक्षण अधिकृत तुम्बाहाम्फेले बताए । अहिले के कस्तो अवस्था छ अध्ययन भइरहेको पनि उनले सुनाए ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा पनि यस वर्षको हिमपातमा अहिले सम्म कुनै त्यस्ता घट्ना भएको सूचना नआएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) जोमसोम प्रमुख ऋषि बरालले बताए । हिमपातको बेलामा वन्यजन्तु बस्ती नजिक आउने र सिकारीले सिकार गर्न सक्ने भएकोले त्यसर्फ सचेत रहेर निगरानी बढाएको पनि उनले सुनाए । हिमपातमा परेर नेपालमा वर्षेनी हिमाली क्षेत्रमा कति वन्यजन्तु मर्छन भन्ने एकिन तथ्यांङ्क छैन् । ठूलो हिमपात हुँदा उच्च हिमाली क्षेत्रमा वन्यजन्तु पुरिएर मर्ने भएकोले यस्तो अवस्था आउन नदिन वन्यजन्तु मैत्री संरचना बनाउनु पर्ने संरक्षणकर्मीले सुझाएका छन् ।




पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…