प्रकृति

ऐतिहासिक चौताराका वर, पिपल काट्नेलाई कारबाही गर्न पोखराका संरक्षणकर्मीको माग

पोखरा : पोखराका ऐतिहासिक चौताराका वर, पिपल, समी लगायतका रुख काट्ने क्रम बढेको भन्दै पोखराका संरक्षण कर्मीले रुख काट्नेलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । पछिल्लो समयमा महायज्ञको नाममा पोखरा १३ र १४ का ऐतिहासिक चौताराका वर, पिपल, समीका रुख काटीएको थियो । पोखरामा बिहीबार बसेको संरक्षणकर्मीको भेलाले पोखराका ऐतिहासिक चौताराका वर, पिपल, समीजस्ता रुख काटिएकोप्रति चिन्ता व्यक्त गर्दै कारबाहीको माग गरेका हुन् । जैविक विविधताकालागि महत्वपूर्ण मानिने वर, पिपल, समी, आँपका रुख मास्ने उद्देश्यले ठुटो बनाएर काटीएको प्रति संरक्षणकर्मीले चिन्त… पुरा पढौ

लाटोकोसेरो संरक्षणमा प्रतिबद्धता जनाउँदै मिथिला बिहारीमा सकियो १२ औँ संरक्षण उत्सव

लाटोकोसेरो तथा हुचिल संरक्षणमा प्रतिबद्धता जनाउँदै धनुषाको मिथिला विहारी नगरपालिका मिथिलेश्वर मौवाहीमा आयोजित १२ औँ संस्करणको लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव सम्पन्न भएको  छ । लाटोकोसेरा तथा हुचिल संरक्षण, अनुसन्धानको साथै विभिन्न प्रजातिका वन्यजन्तु अनुसन्धानमा तीन दर्शक देखि लागिरहेको प्रकृतिका साथीहरू नामक संस्था र मिथिला वाइल्ड लाइफ ट्रस्टको संयुक्त आयोजनामा दुई दिने संरक्षण उत्सव भएको हो ।  महोत्सवमा सहभागी मिथिला विहारी नगरपालिकाका मेयर राजेन्द्र प्रसाद यादव, प्रदेश सांसदहरू लगायत जनप्रतिनिधिले लाटोकोसेरो तथा हुचिलले संरक्षमा प्रतिबद्धता जनाएका थिए । महोत्सवमा सहभागी… पुरा पढौ

मिथिला बिहारी नगरपालिकामा शुक्रबारदेखि लाटोकोसेरो संरक्षण उत्सव

तपाइँहरुले विभिन्न व्यापारिक मेला भएको त सुन्नु भएकै छ । तर कुनै एक प्रजातिका चराकै संरक्षण र साथै अन्य पंछी, वन्यजन्तुको संरक्षणकालागि ृउत्सव भएको सुन्नु भएको छ ? हो यस वर्ष माघ महिनाको २५ र २६ गते महामिथिला बिहारी नगरपालिकामा किसानको साथी लाटोकोसेरो तथा हुचील संरक्षणकालागि उत्सव हुँदै छ । धनुषा जिल्लाको मिथीला बिहारी नगरपालीकामा १२ औं सस्कंरणको ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०८१’ हुँन लागेको हो । माघ २५ गते देखि हुने दुई दिने संरक्षण उत्सव प्रकृतिका साथीहरु नामक… पुरा पढौ

कोटिहोमकालागि काटिएका वर पिपलका रुखका काठ दाउरा पोखरा महानगरले ग¥यो जफत

पोखरा ः कोटिहोम गर्नकालागि पोखराका चौताराका वर पिपलका रुख काटेर जम्मा गरेका काठ दाउरा पोखरा महानगरपालिकाले जफत गरेको छ ।  अनुमति बिना वर पिपलका रुख ठुटो बनाएर काटेर पोखराको बैदाम स्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको रत्नमन्दिर परिसर भित्र जम्मा गरेर राखिएका काठ, दाउरा पोखरा महानगरपालिकाले बुधबार जफत गरेको हो । मानव सेवा फाउन्डेसनले पोखरामा कोटिहोम चलाउने भन्दै पोखरा १४ का चौताराका रुख मुठारेर ट्रस्टको स्वामित्वमा रहेको बैदाम स्थित फेवाताल किनारको नेपाल ट्रस्टका जमिनमा चाङ बनाएर राखेको थियो ।  सांस्कृतिक महत्वका… पुरा पढौ

पोखरामा चौतारा जोगाउँन सकस : वर पिपलका रुख काटेर ठुट्टै

 पोखरा ः पोखरामा सहरीकरण बढेसँगै प्रकृति, वातावरण र सांस्कृतिकरुपमा पनि महत्त्वपूर्ण  चौतारा, पोखरी, सार्वजनिक धारा मासिँदै गएका छन् । परापूर्व काल देखि पर्यावरणीय र सांस्कृतिक महत्त्व समेत रहेका चौतारा, पोखरी मासिने क्रम बढेको हो ।पोखरा उपत्यकाका हरेक बस्ती वरपर सार्वजनिक धारा, पधेरा, कुवा नजिकै वर,पीपल, समीकाे रुख रोपेर चौतारा, पोखरी निर्माण गरिएको हुन्थ्यो । यसरी निर्माण गरिएका चौतारा बटुवाकालागि आराम स्थल हुन्थ्यो । चौतारो संगैको धारा, कुवा, तिर्खा मेट्न प्रयोग हुन्थ्यो । त्यही चौतारा र धारा नजिकैको पोखरी वन्यजन्तु, चराचुरुङ्गी चौपायाकालागि पानीका… पुरा पढौ

जनकपुरमा माघ २५ गते देखि लाटोकोसेरो तथा हुचील संरक्षण उत्सव

धनुषा जिल्लाको मिथीला बिहारी नगरपालीकामा बाहा्रै सस्कंरणको ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०८१’ हुँदै छ । माघ २५ गते देखि हुने दुई दिने संरक्षण उत्सव प्रकृतिका साथीहरु नामक संस्था र मिथीला वाइल्डलाइफ ट्रष्टको आयोजनामा हुन लागेको हो । उत्सव शूरु हुनु अघि विभिन्न स्थानिय विद्यालयहरुमा लाटोकोसेरो संरक्षण चेतना शिवीरहरु सञ्चालन भएको आयोजक प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यले बताए । उत्सवको दिनमा चरा तथा प्रकृतिको अवलोकन, स्थानीय लोपोन्मुख खेलहरु तथा सांस्कृतिक गित तथा नाँचको प्रर्दशनी र वन विज्ञान अध्ययन संस्थान पोखराका… पुरा पढौ

पाताले छाँगो महानगर आफैले व्यवस्थापन गर्ने

पोखरा महानगरपालिकाले पाताले छाँगो आफैले व्यवस्थापन गर्ने भएको छ । महानगरपालिकाले आह्वानमा आइतबार बसेको सर्वपक्षीय बैठकले पोखराको प्रमुख पर्यटकीय गन्तव्य पाताले छाँगोमा भइरहेको अवरोध हटाइ तत्काल नियमित सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले डेविज फल्स महानगरपालिका आफैले कानुन बमोजिम पर्यटन शुल्क उठाई सञ्चालन गर्ने, पर्यटकका लागि खुला गर्ने र महालेखा परीक्षकको कार्यालयले औँल्याएको बेरुजु फछ्यौटका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको पनि बताइएको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा भएको अवस्थामा छोरेपाटन मा।वि।ले डेभिज फल्सको पर्यटन शुल्क उठाइरहेको… पुरा पढौ

लाटोकोसेरो संरक्षणकालागि पाेखराका विद्यालयमा क्लब गठन

पोखराको हेमजाका दुई विद्यालयमा लाटोकोसेरो र जैविक विविधता संरक्षणकालागि लाटोकोसेरो क्लब गठन भएको छ । लाटोकोसेरोको अवैध व्यापार, चोरिसिकारी नियन्त्रण, वन्यजन्तु, जैविक विविधताको संरक्षण गर्न पोखरा २५ स्थित गौरीशंकर मावि र हेमजा बोडिङ्ग स्कुलमा लाटोकोसेरो क्लब गठन भएको हो । क्लब गठन गर्नु अघि भएको लाटोकोसेरो संरक्षण चेतना शिविरमा प्रकृतिका साथीहरू नामक संस्थाका लाटोकोसेरो संरक्षण दूत दीपा गुरुङले लाटोकोसेरोको महत्वको बारेमा प्रकाश पारेकी थिइन् । नेपालमा रहेका वन्यजन्तु, जैविक विविधताको महत्त्व र संरक्षण उपायहरू सम्बन्धमा लाटोकोसेरो संरक्षण दूत सुदर्शन पराजुलीले जानकारी… पुरा पढौ

जैविक विविधता संरक्षणको विषयलाई महत्व दिनुपर्छ – कांग्रेस महामन्त्री थापा

सरकारले ल्याउँदै गरेको कृषि विधेयकमा कृषिको जैविक विविधता संरक्षणको विषयलाई महत्त्वका साथ उठाउनुपर्ने आवाज उठेको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कृषि विधेयकमा जैविक विविधता संरक्षणको विषयलाई महत्वका साथ उठाउनु पर्ने बताएका हुन्छ । सोमबार काठमाडौंमा आयोजित तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताहको समापन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारले कृषि विधेयक ल्याउन लागेको र कृषिको जैविक विविधताको विषय ऐनमा समेट्न अहिले राम्रो अवसर रहेको बताए । कृषि विधेयक २० गतेभित्र संसदमा दर्ता गर्ने मन्त्रालयको तयारी रहेको थापाले बाताए ।… पुरा पढौ

लाटोकोसेरो संरक्षणकालागि शिविर

मुसा खाएर अन्नबाली जोगाउन महत्वपूर्ण योगदान दिने लाटोकोसेरो संरक्षणकालागि पोखरामा सचेतना शिविर कार्यक्रम भइरहेको छ । प्रकृतिका साथीहरू नामक संस्थाको आयोजनामा पोखरा २३ वामदी स्थित वडा कार्यालयमा लाटोकोसेरो संरक्षण सचेतना शिविर भएको हो ।  स्थानीय आमा समूह, जनप्रतिनिधि  युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि गरी ५० जना भन्दा बढीको उपस्थितिमा भएको सचेतना शिविरमा लाटोकोसेरोको महत्त्व र संरक्षणमा पछिल्लो समय देखिएका चुनौतीका बारेमा जानकारी गराइएको थियो । सचेतना कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर २३ का वडा अध्यक्ष रामकाजी गुरुङले  वडामा लाटोकोसेरो… पुरा पढौ