प्रकृति

खाद्यन्नमा परनिर्भरता बढ्दाे

कृषि प्रधान देश नेपालले २०५० सालसम्म धान तथा चामल निर्यात गर्ने गथ्यो । नेपालमा समय अनुसार वैज्ञानिक खेती प्रणाली र भूमिको वर्गिकरण गरेर कृषि भूमि जोगाउन नसक्दा खाद्यन्नमा परनिर्भरता प्रत्येक वर्ष बड्दै गएको छ । दक्षिण कोरियालाई समेत धान, चामल निर्यात गरेको नेपाल अहिलेआफै धान, चालम आयात गर्ने अवस्थामा पुगेको छ । परनिर्भरता हटाउन सरकारले नीति तथा कार्यक्रम ल्याएपनि आधुनिक कृषि र सिंचाइँ सुबिधा पुगेको कृषि भूमि समेत जोगाउन सकेको छैन् । तराईलाई अन्न भण्डार भनिन्थ्यो । तर पछिल्ला वर्षहरुमा… पुरा पढौ

पोखरा वडा नम्बर २५ को वडा पन्छी गोठे लाटोकोसेरो र वडा सर्प राजगोमन

सर्पमा पनि अति विषालु सर्पको प्रजाति राजगोमन र नेपाली समाजमा होच्याउन प्रयोग हुने पन्छीको प्रजाति लाटोकोसेरो संरक्षणकालागि पोखरा वडा नम्बर २५ ले वडा सर्प र पन्छी घोषण गरेर संरक्षणको थालनी गरेको छ । मानिस, पर्यावरण र जैविक विविधतामा महत्वपूर्ण योगदान दिने सर्प र चराको संरक्षणको साथै पर्यापर्यटनको विकास गर्न वडाले वडा सर्प र वडा पन्छी घोषणा गरेको हो । पोखरा महानगरपालिका वडा नम्बर २५ ले शनिबार वडा पन्छी गोठे लाटोकोसेरो र वडा सर्प राजगोमनलाई घोषणा गरेको हाे । पोखरा २५… पुरा पढौ

अत्याधिक गर्मीले स्वास्थ्यमा यस्तो पर्न सक्छ असर ?

यति बेलो गर्मी माैसम हो । बिहानै देखि चर्को घाम लाग्ने र खलखली पसिना आउने समस्या यति बेला सबैले झेल्दै आएका छाै । नेपालको हिमाली र पहाडी क्षेत्र भन्दा धेरै गर्मीको असर तराई क्षेत्रमा छ । अत्यधिक गर्मीले दिमागमा पार्ने असरबारे एक नयाँ रिपोर्टमा चासो देखाइएको छ। तातो मौसममा मानिसहरूले सोच्ने क्षमतामा कमी, एकाग्रता गुमाउने, वा मिजास परिवर्तन हुने स्वास्थ्य विज्ञले बताएका छन् । डाक्टर तारा पहरीका अनुसार  शरीरको तापक्रम नियन्त्रण गर्न कठिन हुँदा दिमागले ठीकसँग काम गर्न सक्दैन, जसले… पुरा पढौ

पानी खोज्दै भौतारिन्छन गाँबी भालु

गॉबी भालु—एशियाको एक दुर्लभ र संकटग्रस्त वन्यजन्तु हो । यो विश्वकै सबैभन्दा कठोर मरुभूमिहरूमध्ये एक, गॉबी मरुभूमिमा सकस पूर्ण रुपमा बाँचेका छन् । पछिल्लो तथ्यांकअनुसार, केवल ४० भन्दा कम गॉबी भालुहरू मात्र बाँकी रहेको बताइएका छ । पानीको अभावमा यी भालुहरू पानीको खोजीमा १६० किलोमिटर सम्म यात्रा गर्न बाध्य छन्। गॉबी मरुभूमि वर्षौंदेखि अत्यन्त सुक्खा तथा जलविहीन क्षेत्रको रूपमा चिनिन्छ। यसले गॉबी भालुहरूको जीवनलाई झनै कठोर बनाएको छ । यसले गर्दा उनीहरू जीवित रहनका लागि पानी, झाडीहरूमा उम्रिने जरा, बेरी,… पुरा पढौ

वन्यजन्तु अपराध नियन्त्रणकालागि कार्यशाला

वन्यजन्तु अपराध नियन्त्रणकालागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को आयोजनामा कार्यशाला भएको छ । एक्यापको आयोजनामा वडा प्रहरी कार्यालय रामबजारका सुरक्षाकर्मी बिच वन्यजन्तु अपराध नियन्त्रण जागरूकता समन्वय कार्यशाला सम्पन्न भएको हो ।  वन्यजन्तु अपराध नियन्त्रणका विषयमा केन्द्रित रहेर चार फरक फरक सत्रहरू सञ्चालन भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । वन्यजन्तु र वन अपराध सम्वन्धि कानून, वन्यजन्तु अपराध परिदृश्य, नियन्त्रण उपायहरू, पहिचान, कानुनी प्रावधान लगायतका विषयमा कार्यशाला भएको हो । कार्यशालाले वन्यजन्तु अपराध नियन्त्रणमा थप सफलता मिल्ने… पुरा पढौ

छालबाटो नदी प्रणालीको समाजशास्त्रीय र विज्ञानको लिखत

पोखरा : छालबाटो पुस्तक यात्रावृतान्तमा सीमित नभई नदी प्रणालीको समाजशास्त्रीय, प्राकृतिक र विज्ञानको लिखत बनेको बताइएको छ । पत्रकार तथा लेखक भुसालले कर्णालीको उद्गम मप्चा खम्बादेखि भारतसम्मको ४५ दिने यात्राको विवरण समेटेर लेखेको पुस्तकको विषयमा पोखरामा भएको परिचर्चा कार्यक्रममा कृतिमाथि अवधारणापत्र प्रस्तुत गर्दै साहित्यकार रोशन शेरचनले बताएका हुन् ।  ¥यान्डम रिडर्स सोसाइटीको आयोजनामा भएको छालबाटो पुस्तक माथिको परिचर्चा कार्यक्रममा  साहित्यकार रोशन शेरचनले पाठकले भौतिक र मानसिक दुवै यात्राको स्वाद पुस्तकबाट पाउने धारणा पनि राखे । लेखक भुसालले कर्णालीको मुहान, तिब्बतको… पुरा पढौ

‘गौरीशंकर लाटोकोसेरो क्लब’ वातावरणीय अभियानमा सक्रिय

पोखराको हेमजाको गौरीशंकर माध्यामिक विद्यालयमा गठन गरिएको लाटोकोसेरो क्लबले वातालरणीय संरक्षण चेतना फैलाउने अभियान सुरु गरेको छ । विद्यालयमा आयोजित विशेष कार्यक्रममार्फत क्लबले वृक्षारोपण, चित्रकला प्रदर्शनी र सचेतनामूलक गतिविधिहरू सम्पन्न गरेको हो। कार्यक्रममा बोल्दै क्लबकी अध्यक्ष संजिला सेन्चुरीले युवाहरूले वातावरणीय संकटलाई बुझ्न र समाधानमा नेतृत्व लिनुपर्नेमा जोड दिइन् । हाम्रो सानो प्रयासले पृथ्वीको संरक्षण सम्भव रहेको पनि उनले सुनाइन् । ”‘प्रकृतिका साथीहरू’ संस्थाबाट सहभागी लाटोकोसेरो संरक्षण दूत सुदर्शन पराजुलीले वातावरण दिवसको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै वृक्षारोपणको दीर्घकालीन लाभबारे जानकरी दिएका… पुरा पढौ

संरक्षण यात्रा : लाटोकोसेरो कोर्दै बिद्यार्थी

नेपालमा पहिलोपटक गठन गरिएको ‘लाटोकोसेरो क्लब’ले आफ्नो रचनात्मक सुरुवातसँगै वातावरण संरक्षणको सन्देश फैल्याउन सुरु गरेको छ । पोखरा–२५ स्थित हेमजा बोर्डिङ स्कुलमा क्लबको नेतृत्व र ‘प्रकृतिका साथीहरू’ संस्थाको सहकार्यमा आयोजित संरक्षण चित्रकला प्रतियोगिता र सरसफाइ अभियानले बिधार्थी माझ नयाँ ऊर्जा थपेको हो । कार्यक्रमबारे क्लब अध्यक्ष सलिन गौतम भन्छन्, “चित्रकला जस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई सिर्जनात्मक अभिव्यक्तिसँगै जैविक विविधता र वन्यजन्तु संरक्षणप्रतिको गहिरो चेतना प्रदान गर्छ।” बालमैत्री तरिकाबाट संरक्षण चेतना फैलाउन यस्ता गतिविधिहरू निकै प्रभावकारी हुने प्रकृतिका साथीहरू नेपालकी लाटोकोसेरो संरक्षण दूत दीपा… पुरा पढौ

साना भ्यागुता, ठूलो महत्त्व

के तपाईंलाई थाहा छ? संसारभरि लोप हुने खतरामा परेका जनावरमध्ये सबैभन्दा धेरै संख्यामा पर्ने समूह हो,उभयचर, जसमा भ्यागुता पनि पर्छन्। यी साना प्राणीहरू पानी र जमिन दुवैमा बाँच्न सक्छन्, तर आफ्नो जीवनचक्रको एउटा महत्त्वपूर्ण चरण पानीमै बिताउनुपर्ने भएकाले शुद्ध पानीको पहुँच यिनीहरूको अस्तित्वका लागि अनिवार्य हुन्छ। पानी प्रदूषित वा सुक्खा भयो भने भ्यागुताका अन्डा र भुरा नष्ट हुन्छन्। यसैले भ्यागुतालाई स्वस्थ वातावरणको संवेदनशील संकेत मानिन्छ। नेपालमा हालसम्म ५८ प्रजातिका भ्यागुता पाइएका छन्, जसमध्ये १२ प्रजाति रैथाने (केवल नेपालमा पाइने) हुन्।… पुरा पढौ

सरकराले ल्यायो ढुंगा, गिट्टी र बालुवाको उत्खनन गरी भारत निर्यात गर्ने योजना

सरकारले ढुंगा, गिट्टी र बालुवाको उत्खनन गरी निर्यात गर्ने योजना पुन ल्याएको छ । वातावरण विद्धहरुले यसको बिरोध गर्दै आएका छन् । तर अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमा वातावरणीय प्राभाव मूल्यांकन तथा अध्ययन गरी नदीजन्य र खानीजन्य वस्तुको उत्पादन गरी उपयोग र निर्यात गर्ने घोषण गरेका छन् । सरकारले प्राकृतिक तथा खानीजन्य वस्तुको व्यवसायिक उत्पादन र बजारीकरणमा निजी क्षेत्रलाई सहभागी गराइने बताइएको छ । वातावरणीय प्रभाव अध्ययनबाट उपयुक्त र आर्थिक दृष्टिले सम्भाव्य देखिएका खानीजन्य र नदीजन्य निर्माण सामग्रीको उत्खनन् र… पुरा पढौ