समाचार

पृथ्वीको विनाशकारी तापक्रममा मानव जातिको भूमिका प्रति संयुक्त राष्ट्रसङ्घका महासचिव गेटेरेसको चिन्ता र हाम्रा हिमाल

पोखरा : हालै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले एक कार्यक्रममा पृथ्वीको विनाशकारी तापक्रममा मानव जातिको भूमिका डायनासोरलाई लोप गराउने उल्कापिण्ड समान भएको बताएका थिए । वास्तवमा मानवका गतिविधि पृथ्वीमा रहेका सबै जीवकालागि चिन्ता जनक बन्दै गएको छ । यसैलाई सचेत गराउँदै महासचिव गुटेरेसले यो चिन्ता गरेको हुनुपर्छ । मानवले बनाएका परमाणु बम पृथ्वीमा रहेका कुनै एक प्राणीलाई मात्र होइन सबै प्राणीलाई नै ध्वस्त पार्ने सम्मका अवस्था सृजना हुने देखिन्छ । शक्ति राष्ट्रहरूले आफ्नो शक्ति प्रदर्शनकालागि यस्तो जोखिमपूर्ण हतियार उत्पादन गर्ने होडले… पुरा पढौ

अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिले सम्मकै धेरै २ लाख ५ हजार पर्यटक पुगे

पाेखरा : अन्नपूर्ण संरक्षण क्षेत्रमा पदयात्रा र मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने भारतीय पर्यटक समेत गरेर अहिले सम्मकै धेरै पर्यटकले अवलोकन गरेका छन् । पदयात्रा पर्यटनकालागि विश्वमै प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मा कोभिड अघि सन् २०१९ मा सबैभन्दा धेरै १ लाख ८३ हजार पर्यटक पुगेका थिए । कोभिडका एक आर्थिक वर्षमा इतिहासकै कम पर्यटक संख्या ४ हजार पर्यटक मात्र पुगेको एक्यापको तथ्याङ्क छ । कोभिड कम हुँदै गएपछि सन् २०२३ मा १ लाख ७२ हजार १ सय ८५ जना पर्यटकले अन्नपूर्ण… पुरा पढौ

सगरमाथामा ड्रोन डेलिभरी परीक्षण सफल : सरसफाई र समान ढुवानीमा सहज हुने

पोखरा : विश्वकाे उच्च सगरमाथा हिमाल अाराेहण पर्वाताराेहीकालागि सपना हाे । विश्वका हिमाल प्रेमी पर्यटकका लागि पनि सगरमाथा मुख्य आकर्षणको केन्द्र हो । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई चुम्न विश्वका पर्वतारोही प्रतिस्पर्धा गर्दै आएका छन् । सगरमाथा अाराेहण गर्दा जति उचाईमा पुग्यो अक्सिजनको लेबल कम हुने भएकोले लेक लाग्ने जोखिम उतिकै हुन्छ । यस्तोमा अक्सिजन महत्त्वपूर्ण रहन्छ । उच्च हिमालको आरोहणमा धेरै सामान बोकेर जान पनि सहज हुँदैन । यस्ता सम्या समाधानकालागि सगरमाथामा ड्रोन डेलिभरी परीक्षण गरिएकाेमा परिक्षण सफल भएको छ ।  यो… पुरा पढौ

गाउँ पर्यटन विकासकालागि गाउँले गाइड तालिम

पोखरा : गाउँमा हाेमस्टेमा रमाउन जाने पर्यटकले गाउँको जनजीवन, रहनसहन, प्रकृति, संस्कृति अध्ययन गर्न सहजताकालागि स्थानीयलाई गाइड तालिम दिइएको छ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजनामा तालिम  दिइएकाे हाे ।  गाउँमा घुम्न जाने स्वदेशी र विदेशी पर्यटकले अब गाइडबाट गाउँको  प्रकृति, संस्कृति, रहनसहनका बारेमा जानकारी पाउने अायाेजक भिटाेडफ गण्डकी अध्यक्ष शाेभा अधिकारी सापकाेटाले जानकारी दिइन् । जीविकोपार्जन पुनरुत्थानका लागि दियो पर्यटन परियोजनाको सहयोगमा भएको तालिममा गण्डकी प्रदेशका विभिन्न गाउँका ३१ जना सहभागी भएको भिटोफ नेपाल गण्डकी प्रदेश अध्यक्ष अधिकारी सापकोटाले बताइन्… पुरा पढौ

पोखराका आकाश पराजुलीले पाए अमेरिकामा ४ करोड बढीको छात्रवृत्ति

पोखरा:  पोखराको ग्यारजाती घर भई अमेरिकाको साउथ क्यारोलीना बस्दै आएका आकाश पराजुलीले अमेरिकाको  प्रतिष्ठित वार्फड कलेजमा स्नातक तहमा वायोलोजी अध्ययनकालागि ४ करोड भन्दा बढीको पुर्ण छात्रवृत्ति पाएका छन् । १७ वर्षीय पराजुलीले चार वर्षे स्नातक कार्यक्रमकालागि वार्षीक ७६ हजार ३ सय १ डलरका दरले चार वर्षको ३ लाख ५ हजार २ सय ४ डलर ( ४ करोड ५ लाख ९२ हजार नेपाली रुपैयाँ बराबरको) छात्रवृत्ति पाएका हुन् । साथै पराजुलीले पढाइपछिको फुर्सदको समयमा काम गर्ने संस्थाबाट अध्ययनकालागि वार्षिक २५ सय… पुरा पढौ

र्‍यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’

 र्‍यान्डम रिडर्स सोसाइटीले पोखरामा सुमिनाको कविता सङ्ग्रह ‘बागी स्त्रीको आत्मकथा’ कोे परिचर्चा गरेको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार रीना थापा (तानी) ले कृतिमाथि अवधारणापत्र प्रस्तुत गरेकी थिइन् । थापाले सुमिनाको कविताले पित्तृसत्तामाथि सशक्त प्रहार गर्दै आममहिलाको भावना समेटेको धारणा राखिन् । “पुँजीवादी समाजमा महिलाले भोगेका पीडा र मनोभाव कवितामा उतारिएको छ” तानीले भनिन्, “सदियौँदेखि पितृसत्ताले थिँचिदै आएका आम महिलामाथिको दमनलाई विद्रोही चेतयुक्त ‘बागी स्त्रीको आत्मकथा’ ले ‘म’ लेखेको छ, ‘हामी’ लेखेको छ ।” सुमिनाले उठाएको… पुरा पढौ

विश्व वातावरण दिवसमा सचेतना कार्यक्रम

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएको छ । जनप्रिय माध्यमिक विद्यालय सिमलचौरका विद्यार्थीलाई वातावरणसँग सम्बन्धित सचेतना दिई दिवस मनाइएको हो ।कार्यक्रममा पत्रकार एवं गिद्ध संरक्षण अभियन्ता कृष्णमणि बरालले फेवातालको वर्तमान अवस्थाबारे विद्यार्थीलाई जानकारी दिए । बरालले २०–३० वर्ष पुरानो फेवाको अवस्था र मानव अतिक्रमणको चपेटाले प्रदूषण भएको अहिलेको फेवा ताल दर्शाउने फोटो तथा भिडियो प्रदर्शन गरे ।संस्थाका सदस्य एवं पृथ्वीनारायण क्याम्पसका वनस्पति शास्त्रका प्राध्यापक कल्याण पन्तले पोखरा र आसपासको क्षेत्रमा पाइने बोटबिरुवा… पुरा पढौ

रेमिट्यान्सले मान्छेका सम्बन्धका, भावनाका घरहरु भत्किए

पोखरामा भइरहेको लिटरेचर फेस्टिभलमा गाउँको अवस्था बारे मन्थन गरिएको छ । गाउँका धेरै छोराछोरी विदेश छन् अनि बुढेसकाल लागेका आमाबुवाले घर कुर्नुपर्ने वर्तमान परिस्थिति छ ।गाउँमा विकास पूर्वाधार पुग्दा त्यसलाई प्रयोग गर्ने जनसंख्या नै निकै कम छ । यसै विषयमा केन्द्रित भएर सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको ११औं संस्करणमा ‘के छ गाउँको खबर’ सत्रमा शुक्रबार प्रतिनिधिसभा सदस्य सन्तोष परियार, सिन्धुलीको फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवार र अनुसन्धानकर्ता डा. सबिन निङेलेखुले गाउँको विषयमा मन्थन गरे ।प्रतिनिधिसभा सदस्य सन्तोष परियारले रेमिट्यान्सको… पुरा पढौ

अमेरिकाको मिनेसोटामा अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको तयारी 

अमेरिकाको मिनेसोटामा अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको तयारी गरिएको छ । लाटोकोसेरो संरक्षणमा जनचेतना जगाउने उद्देश्यले महोत्सव हुँदै आएको आयोजकले बताएका छन् । मार्चको १ गते देखि ३ तारिख सम्म मिनेसोटाको हुस्टनमा महोत्सवको तयारी गरिएको हो ।  अमेरिकामा सन् २००६ बाट अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सव हुँदै आएको छ । महोत्सवमा लाटोकोसेरोको आवाज निकाल्ने प्रतियोगिता, जिउँदा लाटोकोसेरोको प्रदर्शनी, विश्वभरिका लाटोकोसेरोको अध्ययन र संरक्षणमा लाग्नेलाई पुरस्कार समेतको व्यवस्था गरिएको छ ।  नेपालमा हुँदै आएको लाटोकोसेरो तथा हुचील उत्सव पनि यहाँ हुँदै आएको उत्सवको प्रेरणाको स्रोत… पुरा पढौ

लाटोकोसेरा र नेपाल चरा संरक्षण उत्सव वन्यजन्तु संरक्षणकै लागि ऐतिहासिक

पृथ्वीमा करोडौँ जीव छन् । ती सबै आफ्नो अस्थित्व कायम गर्न सङ्घर्षरत छन् । मानिस पृथ्वीको एउटा यस्तो प्राणी हो जसले आफू बाँच्न धेरै जीवहरूको विनाश गर्दै आएको छ । मानिसका व्यवहारका कारण पृथ्वीबाट कति जीवहरू हराए होलान् भन्ने अनुमान पनि लगाउन सकिँदैन । मान्छेका व्यवहारका कारण पानीका स्रोतहरू सुक्दै, फोहर हुँदै गएका छन् । सजीव प्राणीकालागि सबैभन्दा पहिला आवश्यक पर्ने पानी मात्र होइन शुद्ध हावा, तापक्रम सबैमा मानिसका व्यवहारका कारण बढोत्तरी हुँदै गएको विभिन्न वैज्ञानिकहरूले अध्ययनबाट पत्ता लगाएका छन् । यसको… पुरा पढौ