समाचार

राष्ट्रपति र पूर्वराजाले सर्वसाधारणलाई लगाइदिए टीका र जमरा

राष्ट्रपति र पूर्वराजाले सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका छन् । राष्ट्रपतिभवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई टीका र जमरा लगाइदिए । यसै गरी पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मलनिवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई दशैंको टीका र जमरा लगाइदिएका छन् । शनिबार निर्मलनिवासमा दिउँसो ४ बजेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका हुन् । राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि साढे ३ बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिएपछि सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका हुन् । सर्वसाधारणले राष्ट्रपतिको हातबाट साँझ… पुरा पढौ

धौलागिरीमा पाँच रसियन आरोहिको मृत्यु

धौलागिरी हिमालको आरोहणमा गएका पाँच जना रसियन आरोहीको मृत्यु भएको छ । ८ हजार मिटर उचाइमा पुगेका आरोही आइतबार राति ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन आरोहीहरुलाई मृत फेला पारिएको पर्यटन विभागले जनाएको छ । आरोहणका क्रममा ८ हजार मिटर हाराहारीमा पुगेपछि थप अगाडि बढ्न नसक्ने निष्कर्षसहित आइबार तल्लो शिविरमा फर्कने निर्णय लिएका आरोहीहरुको मृत्यु भएको जनाइएको छ । आफूहरु फर्कने निर्णयमा पुगेका जानकारी उनिहरुले आप्नो साथीहरुलाई आधार शिविरमा गराएको बताइएको छ । रातको ११ बजेपछि उनिहरुसँगको सम्पर्क टुटेको… पुरा पढौ

फेवातालमा डुङ्गा व्यवसायीको सिण्डिकेट

पोखरा :  पोखराको फेवातालमा फेवा डुङ्गा व्यवसायीको सिण्डिकेटमा महानगरपालिकाले साथ दिँदा स्ट्याण्ड अप प्याडल, कायक लगायत अन्य साहसिक जलीय पर्यटनका गतिविधि रोकिएका छन् ।  फेवा डुङ्गा व्यवसायी समितिको निवेदनकै आधारमा जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरपालिकाले  १ महिना १० दिन स्ट्याण्ड अप प्याडल, कायक लगायत जलीय पर्यटकीय आकर्षणका गतिविधि सञ्चालन गर्न रोक लगाएका थिए । महानगरपालिकाकै निर्णयमा  एक महिना रोकिएको खेल पुन सञ्चालनमा  दुई दिनमै स्टयाण्ड अप प्याडल लगायतका खेल पुन डुङ्गा व्यवसायीको दबाबमा कुनै पनि डुङ्गा घाटबाट चलाउन नपाइने गरी… पुरा पढौ

तराई र पहाडमा ठूलो वर्षा, हिमाली जिल्ला मनाङ र मुस्ताङमा हिमपात

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोका कारण धन, जनको क्षति भएको छ । पहाडी र तराईका जिल्लामा वर्षाका कारण बाढीपहिरो जाँदा हिमाली जिल्ला मनाङ मुस्ताङमा भने शुक्रबारदेखि हिमपात भएको छ ।  हिमपातका बिच पदयात्रामा रहेका पर्यटक  मनाङ हुँदै ५ हजार ४ सय १६ मिटर उचाइको थोरङ्ला पास गरेर मुस्ताङ पुगेका छन् । हिमपातका कारण चिसो मौसममा चिसो हिउँ छिचोल्दै पर्यटकहरू अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा गरेका हुन् । पुस, माघ र कहिलेकाहीँ फागुनमा हुने हिमपात यसपटक पहाड र तराईमा ठूलो… पुरा पढौ

बाढी पहिरोबाट २४ घण्टामा ६० जनाको मृत्यु

बाढी, पहिरो र डुवानबाट पछिल्लो २४ घण्टामा देशभर ६० जनाको मृत्यु र ६४ बेपत्ता भएका छन् । उपत्यकाका तीन जिल्लामा ३४, बागमती प्रदेशका पाँच जिल्लामा १९ र कोशी प्रदेशमा ७ जना गरेर ६० जनाको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ । विभिन्न प्रदेशमा गरेर ३४ जना घाइते र ६४ जना बेपत्ता भएका छन् । बाढी, पहिरो र डुवानमा वरेका २ हजार १ सय ३ जनाको उद्धार गरिएको छ । उद्धारकालागि उपत्याकामा मात्रै २३ वटा डुंगा र गोताखोरसहितको टोली परिचालन गरिएको… पुरा पढौ

बाढी,पहिरोका कारण काठमाडौं उपत्यकामा २३ जनाको मृत्यु

अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट काठमाडाै‌ उपत्यकमा २३ जनाको ज्यान गएको छ । बिहीबार रातिदेखिकाे अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा मात्रै शनिबार अपरान्ह सम्म २३ जनाको मृत्यु भएको उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ । काठमाडौंमा ९, ललतिपुरमा ९ र भक्तपुरमा ५ जनाको बाढीले, पहिरो, ठुवान र घर भत्केर मृत्यु भएको छ । यसै गरी बाढीबाट प्रभावित ९१८ जनाको उद्धार गरिएको छ । बाडी र डुबानबाट प्रभावितलाई उद्धार गर्नकालागि सुरक्षाकर्मी परिचालन गरिएको छ । घाइते ११ जनाको… पुरा पढौ

अन्नपूर्ण संरक्षण क्षेत्रको प्रवेश अनुमति पत्र अनलाइनबाट

अन्नपूर्ण संरक्षण क्षेत्रमा जाने पर्यटकले शुक्रवार देखि अनलाइनबाटै प्रवेशाज्ञा पत्र लिन सक्ने गरी अनलाइन सेवा सुरु भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा, मुक्त्तिनाथ जाने पर्यटकले प्रवेशाज्ञा अब अनलाइनबाटै लिन सक्ने गरी अनलाइन सेवा सुरु भएको हो ।  ४५ औं विश्व पर्यटन दिवसको अवसरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्यापले) अन्नपूर्ण संरक्षण क्षेत्रमा जाने पर्यटककालागि सहज हुने गरी यो सेवा सुरु गरेको आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिए । यस अघि अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा जाने पर्यटक र मुक्तिनाथ दर्शन गर्न जाने भारतीय… पुरा पढौ

पोखराको रिन्जे नाँसामा घरबास प्रवर्द्धन कार्यक्रम

पोखरा १६ रिन्जे नासामा गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ नेपाल) गण्डकी प्रदेशले घरबास प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ । ४५ औँ विश्व पर्यटन दिवसको अवसरमा भिटोफ गण्डकीले घरबास प्रवर्द्धन कार्यक्रम गरेको हो ।  हिमाल, पहाड र तराई मिलेर बनेको सुन्दर नेपालमा तराई देखि हिमाल सम्म पर्यटककालागि घरबास सेवा सुरु भएका छन् । घरबास सेवा सबैभन्दा धेरै पहाडमा बढी सञ्चालनमा छन् । गाउँको उत्पादन, वातावरण र प्रकृतिसँग रमाउन चाहानेकालागि घरबास सेवा उत्कृष्ट गन्तव्य बनिरहेको छ । गाउँ पर्यटन प्रवद्धनकालागि घरबास (होमस्टे)… पुरा पढौ

कोदोमा जरा कुहिने रोग

पोखरा : कोदो बालीमा देखिएको जरा तथा फेद कुहिने र पहेँलो हुँदै जाने रोगका कारण पोखरा २३ तल्लो सिधानेमा कोदो उत्पादन ७० प्रतिशत बढी घटेको स्थानीय किसानले बाएका छन् । सिधाने पोखराको कोदो बालीका लागि पकेट क्षेत्र मानिन्छ । पकेट क्षेत्रमै रोगका कारण कोदो उत्पादन कम हुन थालेपछि किसान चिन्तित छन् । कोदोमा रोगको प्रकोप देखिएपछि पोखरा महानगरपालिकाको प्राविधिक टिमले नमुना ल्याएर  बाली संरक्षण प्रयोग शालामा परीक्षण गर्दा जरा तथा फेद कुहिने रोग पुष्टि भएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर… पुरा पढौ

पलेसालाई ४ लाख पुरस्कार सहति पोखरामा सम्मान

पोखरा : पारा ओलम्पिक २०२४ मा नेपाललाई एतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरामा नगरसहित सम्मान गरिएको छ । पोखरा रंगशालामा आइतबार आयोजित सम्मान कार्यक्रममा गण्डकी प्रदेश सरकारले पलेसालाई १ लाख ५० हजार, पोखरा महानगरपालिकाले २ लाख २२ हजार २ सय २२ तथा नेपाल तेक्वान्दो संंघ कास्कीले ५० हजार पाँच सय र सम्मनपत्रबाट सम्मान गरेका हुन् ।नेपाल तेक्वान्दो संघको आयोजनामा भएको सम्मान कार्यक्रममा गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थाापा र पोखरा महानगरपालिकाका मेयर… पुरा पढौ