समाचार

मुस्ताङको थासाङ गाउँपािलकामा हिमपहिरो, ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

मुस्ताङको थासाङ गाउँपालिकामा हिमपहिरो गएपछि ९ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । धौलागिरी हिमश्रृंखलाको मानापानी हिमालमा हिमपहिरो गएको हो । शुक्रबार दिउँसो गएको हिमपहिरोको कारण थासाङ गाउँपालिका २ का ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेले बताए । स्थानीयलाई सुरक्षा सतकर्ता अपनाउन पनि भनिएको उनले बताए । हिमपहिरोले थुनिएको बोक्सीखोलामा अहिले पानी बग्न थालेको छ । यस अघि थुनिएको खोलामा पानी बग्न थालेकोले थुनिएर एक्कासी ठूलो बाढी आउने जोखिम नहुने विस्वास गरिएको छ ।… पुरा पढौ

कृषि तीज प्रतियोगिताको तयारी

  पोखरामा सातौं कृषि तीज प्रतियोगिताको तयारी गरिएको छ । तीज प्रतियोगिताको ग्राण्ड फिनाले भाद्र १४ गते पोखरामा हुने आयोजकले बताएका छन् । पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय पोखराको संयुक्त आयोजनामा आयोजित सातौं कृषि तीज गीत प्रतियोगिता हुन लागेको हो । गण्डकी प्रदेशका ११ जिल्लाबाट कृषि ज्ञान केन्द्रले पठाएको जिल्लाको उत्कृष्ट टिमहरू बिच पोखरा उद्योगबाणिज्य संघको सभाहलमा ग्राण्ड फिनाले हुने छ । प्रदेश स्तरीय प्रतियोगितामा प्रथम हुने जिल्लाले नगद ३५ हजार साथमा प्रमाण पत्र र दित्तिय हुने जिल्लाले २०… पुरा पढौ

संरक्षण : लाटोकोसेराका लागि कृत्रिम गुँड

सहरीकरण संगै चराका प्राकृतिक बासस्थान र चरा मैत्री पुराना घरहरू हराउँदै गएपछि चराको बासस्थान पुन: स्थापना गर्न कास्की र स्याङ्जा जिल्लामा लाटोकोसेरोकालागि कृत्रिम गुँड बनाइएको छ ।  तीन दशक देखि लाटोकोसेरो लगायत वन्यजन्तु संरक्षण क्षेत्रमा कामगर्दै आएको प्रकृतिका साथीहरू नामक संस्थाले पछिल्लो समयमा सहरबाट लाटोकोसेरो मैत्री घर र बासस्थान हराउँदै गएपछि लाटोकोसेरोकालागि गुँड बनाएको हो । प्रकृतिका साथीहरू नामक संस्थाको सक्रियतामा कास्कीमा ९० र स्याङ्जा जिल्लामा १० वटा गरी १ सय गुँड बनाएर लाटोकोसेरो बढी सक्रिय हुने क्षेत्रमा राखिने संस्थाका निर्देशक… पुरा पढौ

बाँधेको भैँसीले कसरी मा¥यो बाघ ?

मकवानपुर गाउँपालिका ६ प्रतापपुरका किसान बलबहादुर राईको गोठमा बाँधेको भैँसीले बिहीबार बिहान बाघ मारेको घटनाको समाचार आएपछि बाँधेको भैसीले कसरी मा¥यो बाघलाई भन्ने प्रश्न सहित समाजिक सञ्जालमा बहस चलेको छ । बहसका क्रममा बिभिन्न तर्क वितर्क उठाइएका छन् । यस घट्ना सुन्नासाथ वन्यजन्तु विशेषज्ञहरु पनि अचम्मा मानेर घटनाको यथार्थ बुझन चासो राखेका थिए । यथार्थ बुझने क्रममा दुईबाघ लडाई गर्दा अर्को बाघले टोकेर चोटैचोटका कारण भैसीलाई आक्रमण गर्ने बाघ बिरामी भएको पत्ता लागेको थियो । पोष्टमार्टपछि बिरामी बाघ दुई हप्ता… पुरा पढौ

पशुमाथि हुने निर्दयी व्यवहार रोक्न प्रक्रिया अगाडि बढेको छ – प्रधानमन्त्री ओली

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पशुमाथि हुने निर्दयी व्यवहार रोक्न आवश्यक प्रक्रिया अगाडि बढाइएको बताएका छन् प्रतिनिधिसभा बेठकमा सांसद नागिना यादवले पशुहिंसा रोक्न के कस्तो पहल भइररहेको छ भनेर सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले पशुप्रणीलाई क्षमताभन्दा बढी भारी बोकाउन, अनावश्यक सताउने, दुःख दिने, यातनापूर्वक ढुवानी गर्ने, क्रुरतापूर्वक वध गर्ने जस्ता कार्य मुलुकी अपराध संहिता ऐन २०७४ ले बन्देज लगाएको पनि बताए । प्रधानमन्त्री ओलीले पशु स्वास्थ्य तथा पशु सेवा नियमावली २०७६ बमोजिम पशु ढुवानी मापदण्ड २०६४ र… पुरा पढौ

पशु- प्राणीमाथिको क्रूरता अन्त्य गर

मानिस चेतनलसिल प्राणी हो । यसैले मानिसलाई अन्य प्राणीभन्दा श्रेष्ठ मानिन्छ । चेतना भनेको सबैको दुःख पिढा उस्तै हुन्छ भन्ने हो । तर मानिसमा यस्ता पन भने हराउँदै गएको छ । मानिसमा क्रूरता बढ्दो क्रममा छ । मानिस मानिस बिचमै पनि क्रूरतापूर्वक व्यवहार वर्तमानमा छ । यो भन्दा बढी क्रूरतापूर्ण व्यवहार पशु- प्राणीमाथि हुँदै आएको छ । पशु चौपायाहरुलाई यातनापूर्वक ढुवानी हुँदै आएको छ । खोर वा गोठमा कष्टपूर्वक थुनेर अनि बाँधेर राख्ने पनि गरिँदै आएका छन् । यस्तै खच्चड, घोडा,… पुरा पढौ

बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । राति १ बजे बुङ्गल नगरपालिका १० स्थित टुमेडामा घरमाथिबाट खसेकाे पहिरोले घर पुरिदा घरभित्र च्यापिएकाे अवस्थामा ४ जनाको शव फेलापरेको हो । पहिरोमा परेर ज्यान गुमाउनहरुमा काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामी रहेको प्रहरीले बताएको छ । प्रहरी र स्थानियले पहिरोले क्षतिग्रस्त घरबाट शव निकालेका थिए । ९ जना सदस्य रहेको घरमाथि सुतिरहेको बेला राति पहिरो खसेको थियो । पहिरो खसेपछि पुरिएका ५ जनाको तत्काल जिवितै उद्धार… पुरा पढौ

‘टप अफ द वल्ड गल्फ क्लासिक’को उपाधी इन्द्रधारा विष्टलाई

पोखरा : तेस्रो संस्करणको ‘टप अफ द वल्ड गल्फ क्लासिक’को उपाधी गल्फर इन्द्रधारा विष्टले जितेकाछन् । विश्वकै अग्लो दावी गरिएको मुस्ताङ गल्फ कोर्समा शनिबार सम्पन्न प्रतियोगितामा विष्टले ३ अण्डर २१ स्कोर निकालेर प्रथम भएका हुन् । ४ हजार ७ सय ९५ मिटर उचाइँमा भएको ९ होलको प्रतियोगितामा स्टेवल फोर्ड फूल हण्डिक्यापको फम्याटमा खेल खेलाइएको थियो । प्रतियोगितामा गल्फर फुर्साङ लामा दोस्रो भएका छन् । उनि नेपाल गल्फ एशोसियसनका उपाध्यक्ष हुन् । उनले २ अण्डर २० स्कोर प्राप्त गरेका थिए ।… पुरा पढौ

सोलुमा हिमताल विस्फोटको कारण अत्याधिक तापक्रम वृद्धि

सोलुको हिमाली क्षेत्रमा दुइवटा हिमताल विस्फोटको कारण अत्यधिक तापक्रम वृद्धि भएको हिमताल विफोटपछि अवलोकनमा पुगेका राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताएका छन् । सोलुको हिमाली क्षेत्रका दुइवटा हिमताल विस्फाट हुनु अघि चार दिनदेखि हिमाली क्षेत्रमा लगातार वर्षा भएको थियो । लगातार वर्षा हुनुको कारणले मात्र हिमताल विस्फोट हुने कुरा हुँदैन । त्यहाँको प्रकृति विनास हुने गरी कुनै काम भएको छैन् । डोजर चलाउने , वन जंगल मासेर संरचना बनाउने काम पनि भएको छैन् ।… पुरा पढौ

मंकीपक्स हुन नदिन सावधानी अपनाउँ

विश्वमा संक्रमण रोगहरु कुनै न कुनै फैलने र जोखिम सधै हुने गर्दछ । सन् २०१९ को अन्तिमतरिबाट फैलिएको कोभिडले विश्वकै अर्थतन्त्रमा नै प्रभाव पर्ने गरी मान्छेको दैनिकी नै ं ठप्प भयो । तीन वर्ष निकै तनाव बनाएको कोभिड त्रास सामान्य अवस्थामा आउन करिव तीन वर्ष कुर्नु पर्यो । अहिले मंकीपक्सले चिन्ता बढाएको छ । अफ्रिकी महादीपमा मंकीपक्सको संङ्क्रमण तीब्र गतिमा बढिरहेकोले चिन्ता बढाएको हो । यस वर्ष मात्रै अफ्रिकामा १४ हजार भन्दा बढीमा संक्रमित मध्ये ५ सय जनाले ज्यान गुमाएको… पुरा पढौ