
चीनमा मंगलबार बिहान तिब्बतको सिगात्से प्रान्तलाई केन्द्रविन्दु बनाएर गएको ७।१ म्याग्निच्युडको शक्तिशाली भुइँचालोको कारण १०० जना भन्दा बढीको मृत्यु भएको छ । भुइँचालोले सयौंँ घरहरु भत्किएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । नेपाल९चीन सीमा क्षेत्रनजिकै केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पछि कैयौँ परकम्पहरू मापन गरिएको छ। उक्त भूकम्पले नेपाल, भारत र भुटानका विभिन्न स्थानमा पनि हल्लाएको थियो।
अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७।१ म्याग्निट्यूडको भएको र त्यो जमिनभन्दा १० किलोमिटर तल गएको जनाएको छ। नेपालको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार उक्त भूकम्पको क्षमता नेपालमा ५।३ म्याग्निट्यूड मापन गरिएको थियो भने नेपालबाट भूकम्पको केन्द्रबिन्दु औसत दूरी ९० किलोमिटर छ।
भूकम्प गएपछि तिब्बतको शिगात्से सहरमा १,००० वटाभन्दा बढी भवन भत्किएका र १३० जना घाइते भएको पुष्टि चिनियाँ अधिकारीहरूले पुष्टि गरेका छन्। उक्त क्षेत्रमा विद्युत् र जल वितरण प्रणाली अवरुद्ध भएको छ। चिनियाँ सेनाले उद्धारकार्यमा सैनिकहरू संलग्न भएको र मानवरहित ड्रोनलाई सगरमाथानजिकै अवस्थित दुर्गम क्षेत्रमा परिचालित गरेको जनाएको छ। चिनियाँ राष्ट्रपति सी जिन्पिङले क्षति कम गर्नका लागि ूपूर्ण स्तरको खोजीू र उद्धार प्रयास अनि प्रभावित मानिसहरूको पुनर्वासका लागि निर्देशन दिएका छन्।
नेपालमा भूकम्पका कारण ओखलढुङ्गा, सोलुखुम्बु र सङ्खुवासभामा केही घरमा क्षति पुगेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।शिगात्सेमा कैयौँ पटक परकम्प मापन गरिएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ।
गृह मन्त्रालयका अनुसार कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा भूकम्प महसुस भएन भने गण्डकी प्रदेशका जिल्लाहरूमा सामान्य कम्पन महसुस भको थियो।अहिलेसम्मा कोशी प्रदेशका ओखलढुङ्गा र सोलुखुम्बु अनि रामेछाप र सिन्धुपाल्चोक जिल्लामा केही घरका पर्खाल र गोठमा भूकम्पले क्षति पुर्याएको गृह मन्त्रालयले जनाएको छ।
तस्बिर स्रोत: बिबिसी



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…