समाचार

कोभिड १९ र डेंगुसहित ५२ रोग सरुवा रोगमा सूचीकृत

सरकारले ५२ वटा रोगलाई सङ्क्रामक रोगमा सूचीकृत गरेको छ । जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दैस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो पटक ५२ वटा रोगलाई राजपत्रमा सूचना प्रकाशित गर्दै सङ्क्रामक रोगमा सूचीकृत गरेको छ । सूचीकृत सङ्क्रामक रोगको पहिलो नम्बरमा रेबिज, दोस्रोमा क्षयरोग, तेस्रोमा कोभिड–१९, चौथोमा दादुरा, पाँचौँमा डेङ्गु रहेका छन् । जापनिज इन्फेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआइभी र एड्स, इन्फ्लुएन्जा जुनोटिक र सिजनल, स्क्रम टाइफस, म्यादे ज्वरो, कालाजार, रोटाभाइरस संक्रामक रोगमा सूचीकृत… पुरा पढौ

सुकुम्बासी बस्तीमा खोला पसेको होइन खोलाले आफ्नो बाटो खोजेको हो : मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सुकुम्बासी बस्तीमा खोला पसेको होइन खोलाले आफ्नो बाटो खोजेको बताएका छन् । अबिरल वर्षा पछि काठमाडौंका नदी, खोला किनारका बस्ती डुबानमा परेपछि बालेनले जनताको जीवन जोखिममा पारेर भोटको राजनीति नगर्न बस्ती सुरक्षित ठाउँमा सार्न अनुरोध गरे ।  मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौँमा सुकुम्बासी बस्तीका स्थानीयले शनिबार दिउँसो वर्षापछि भोग्न परेको समस्याका तस्बिरसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्नै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमार्फत् शनिबार साँझ मेयर बालेनले सुकुम्बासी बस्तीको उचित व्यवस्थापन… पुरा पढौ

घनघोर वर्षाले देशभर बाढी र पहिरो : मानवीय तथा भौतिक क्षति

मनसुन सक्रिय हुँदा देशभर भएको घनघोर वर्षाको कारण मानवीय तथा भौतिक क्षति भएको छ । बाढी पहिरो र डुबानले मानवीय र भौतिक पूर्वाधारमा क्षति पुगेको हो । स्याङ्जाको बिरुवा गाउँपालिका ६ मा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ । पहिरोले घर नै पुरिएपछि जोगिएर एक किलो मिटर पर गाउँले ईश्वरी लम्सालको घरमा शरण लिन पुगेका वर्ष ७१ का माधव शर्मा , निजकी श्रीमती ६७ वर्षकी हरिमाया शर्मा र स्थानीय गुईश्वरी शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नो घर पहिरोले पुरेपछि बालाबाल… पुरा पढौ

मिर्गौला पीडितलाई निःशुल्क डायलसिस सेवा

गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले मिर्गौला पीडितका लागि निःशुल्क डायलसिस सेवा उपलब्ध गराइएको बताउनुभयो । शनिबार कर्माचार्य समाज कास्की र कर्माचार्य महिला समाज कास्कीले आयोजना गरेको स्वर्गीय लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा सहयोग हस्तान्तरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । “गण्डकी सरकारले मिर्गौला पीडितका लागि निःशुल्क डायलसिस सेवा उपलब्ध गराएको छ । महङ्गो पैसा तिरेर डायलसिस गर्नुपर्ने अवस्था अब छैन ।”, उहाँले भन्नुभयो ।प्रदेशमा डायलसिस सेवाको वेटिङ संख्या हाल १ सय ४९ रहेको र अब छिट्टै नै शून्यमा झार्ने प्रयास… पुरा पढौ

गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना: सतर्क रहन चेतावनी

आगामी २४ घण्टामा गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन भनेको छ । भारी वर्षाको कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न विभागले सतर्क रहन चेतावनी दिएकाे हाे । भारी वर्षाका कारण ती क्षेत्रहरूमा दैनिक जवजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहणमा समस्या पर्न सक्ने भएकाेले सतर्क रहन अनुराेध गरिएकाे हाे । सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक… पुरा पढौ

मनसुन सुरु संगै डेंगुको संक्रमण त्रास

मनसुन सुरु संगै डेंगुका संक्रमित देशभर भेटिएका छन् । तराई, पहाड देखि पछिल्लो समयमा हिमाली क्षेत्रमा पनि डेंगुका संक्रमित भेटिएका छन् । यसैले मनसुनको यो समयमा संक्रमणबाट जोगिन विशेष संरक्षण अपनाउनु पर्ने छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जोडो मौसम पुस देखि अहिले सम्म ७६ जिल्लामा डेंगु संक्रमित भेटिएका छन् । अहिले सम्म १ हजार ४३२ जना संक्रमित भएका छन् । मनसुन सक्रिय भएकोले अबका दिनमा डेंगुका बिरामी बढ्ने चिकित्सक बताउँछन् । एडिस एजेप्ट्टाई र एडिस एलल्वौपेक्टस नामक लामखुट्टेको… पुरा पढौ

प्लास्टिक झोला मुक्त संसार सम्भव छ

प्लास्टिक झोला मुक्त संसार सम्भव छ र एकल प्रयोगको प्लास्टिक झोलाको वातावरणीय विकल्पहरू उपलब्ध छन् भन्ने सन्देश फैलाउँदै आज अन्तर्राष्ट्रिय प्लास्टिक झोला मुक्त दिवस मनाइएको छ । जुलाई तीनमा विश्वभर अन्तर्राष्ट्रिय प्लास्टिक झोला मुक्त दिवस मनाइन्छ । प्लास्टिक मानव स्वास्थ्य, वन्यजन्तु, वनस्पति नदी, खोला, ताल, समुन्द्रको जैविक विविधताका लागि प्रतिकूल छ । खेती योग्य भूमिमा प्लास्टिक फैलँदा उब्जाउ जमिन मरुभूमिकरण हुँदै गएका छन् । ताल, खोला, नदी, समुन्द्रमा प्लास्टिक फैलँदा पानीमा रहेका जीव, वनस्पति जोखिममा पर्दै गएका विज्ञहरूले बताएका छन् ।  मानव… पुरा पढौ

वर्षा याममा यस्ता रोगहरूको हुन्छ उच्च जोखिम

पोखरा : मनसुन सुरु भएको छ । वर्षा याममा प्राकृतिक विपद्को जोखिम मात्र होइन मनसुनमा विभिन्न रोगहरूको उच्च जोखिम पनि हुन्छ ।मनसुनमा सबैभन्दा धेरै झाडापखाला, हैजा, डेंगु, टाइफाइड, भाइरल, जन्डिस, हेपाटाइटिस ए र ई, आउँ, निमोनिया, औलो, कालाजार, ज्वरो, स्क्रब, टाइफाइड, रुघाखोकी हुने डा थानेश्वर पहारी बताउँछन् । यस्तै गरी छालाको समस्या, पेटको संङ्मण, जुका, आँखा पाक्ने, लेप्टोस्पाइरोसिसजस्ता बिरामी हुने उनले बताए । वर्षा याममा दूषित खाना र पानीका कारण विभिन्न रोग लाग्ने गर्दछ । लामखुट्टे, झि«ङ्गा, फोहोरका कारण सङ्क्रमण हुने… पुरा पढौ

पर्वतीय सङ्ग्रहालयमा सय वर्ष अघिको सगरमाथा आरोहण प्रयास समेटिएको डकुमेन्ट्री

पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा एक सय वर्ष अघि सगरमाथा आरोहण प्रयास समेटिएको डकुमेन्ट्री प्रदर्शन गरिएको छ । सन् १९२४ मा १२ जना बेलायती नागरिक र दार्जिलिङका शेर्पा सहितको आरोहण दलले सगरमाथा चढ्ने प्रयास गरेका थिए ।  तिनै विषयलाई समेटेको डकुमेन्ट्री देखाउन सुरु गरेको सङ्ग्रहालयले त्यतिबेलाका तस्बिरलाई ‘द फाइट फर एभरेस्ट १९२४’ नाम दिएर पर्यटकलाई प्रस्तुत गरिरहेको छ । तस्बिर जेठ २६ देखि नियमित प्रदर्शनीमा राखिएको हो । सोेमबारदेखि नै स्लोभेनियाका नागरिकले नेपालका हिमाल चढ्न थालेको इतिहासबारे जानकारी दिने तस्बिरको समेत प्रदर्शनी… पुरा पढौ

दुई ठूला दल कांग्रेस, एमालेले राष्ट्रिय सरकार बनाउने सहमति गर्दा किन आएन देश र जनताका समस्या सम्बोधन गर्ने योजना

 पोखरा : प्रजातन्त्र, गणतन्त्रमा जनताद्वारा निर्वाचित जनप्रतिनिधीहरुले जनताको हितमा काम गर्छन् भन्ने सर्वमान्य सिद्धान्त छ । सरकारमा रहनेले जनताका दैनिक अप्ठ्यारालाई सम्बोधन नगरे प्रतिपक्षमा रहने पार्टीहरूले जनताका समस्या समाधानकालागि  आवाज उठाउनु नै प्रजातान्त्रिक व्यवस्थाको सुन्दर पक्ष हो ।   गणतन्त्रपछि देशमा औद्योगिक, कृषि क्रान्ति होला, जनताको छोराछोरीले यही रोजगारका अवसर पाउँलान भन्ने जनताको चाहाना थियो । यो जनताको चाहाना भने  प्रजातन्त्र प्राप्तिको ३४ वर्षमा पनि पुरा हुन सकेको छैन ।  प्रजातन्त्र प्राप्ति पछि देश पर निर्भरताबाट मुक्त पाउने गरी नयाँ उद्योग धन्दा थप्ने वातावरण… पुरा पढौ