
पोखरा : पारा ओलम्पिक २०२४ मा नेपाललाई एतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरामा नगरसहित सम्मान गरिएको छ ।
पोखरा रंगशालामा आइतबार आयोजित सम्मान कार्यक्रममा गण्डकी प्रदेश सरकारले पलेसालाई १ लाख ५० हजार, पोखरा महानगरपालिकाले २ लाख २२ हजार २ सय २२ तथा नेपाल तेक्वान्दो संंघ कास्कीले ५० हजार पाँच सय र सम्मनपत्रबाट सम्मान गरेका हुन् ।
नेपाल तेक्वान्दो संघको आयोजनामा भएको सम्मान कार्यक्रममा गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थाापा र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले एतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई सम्मान गरेका हुन्
कार्यक्रममा मुख्यमन्त्री पाण्डेले पलेशालाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने घोषण गरे । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका ओलम्पियनहरुलाई गत वषर््बाट मासिक भत्तासहित सम्मानको कार्यक्रम अघि बढाएको छ । पलेशा नेपाली खेलकुदमा इतिहास रच्ने खेलाडी भएको नाताले मासिक भत्ता उपलब्ध गराउने मुख्यमन्त्री पाण्डेले घोषण गरे । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपाली खेलकुदमा इतिहास रचेर पलेशाले राष्ट्र र नेपालीलाई गर्व खुशी तुल्याएको बताए ।

नेपाललाई पारा ओलम्पिकमा एतिहासिक पदक दिलाएकी गोवर्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई गराजित गरी कास्य पदक जितेकी थिइन् । पलेसा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी समेत हुन् । सन् २०२१ को एसिया यूथ पारा गेम्समा स्वर्ण जितेकी पलेसा सन् २०१० देखि तेक्वान्दो खेल्न सुरु गरेकी हुन् ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…