समाचार

असार १५ मा हिलाेमा रमाए पर्यटक

पाेखरा पर्यटन परिषद्काे अायाेजनामा असार १५ मा पाेखराकाे फेवा फाँटमा भएकाे राेपाइँ महाेत्सवमा पर्यटकहरु हिलाेमा रमाएका छन् । पर्यटकहरु हिलाेमा दाैडेर हिलाे खेलेर रमाएका हुन् । महाेत्सवमा सहभागी पर्यटकले हालाे पनि जाेतेर अाफ्नाे देशमा अहिले हराइ सकेकाे परानाे परम्परागत कृषिमा रमाएका बताएका छन् । यसरी पर्यटक असार १५ मा रमाए । पुरा पढौ

ठूलो पानी पर्‍यो कि कहाँ पहिरो जान्छ र कस्को ज्यान जाने हो भन्ने त्रास

वर्षा माैसम चलिरहेको छ । किसान धान रोप्ने चटारोमा छन् । देशमा सबै ठाउँमा सिचाइँको सुविधा छैन । यसैले पानी परोस् र भल पानी छोपेर खेत रोप्न पाइएला भन्ने किसानको चाहाना छ । पानी परोस् भन्ने चाहाना सँगै बाढी पहिरो गएर बस्ती नै सखाप पार्ने हो कि भन्ने अर्को चिन्ता पनि सँग सँगै छ ।  ठूलो वर्षा हुने क्रम सुरु भए सँगै विभिन्न जिल्लाबाट बाढी, पहिरो, चट्याङ्गले धनजनको क्षति भएका समाचार आइरहेका छन् । पछिल्लो घटना गुल्मीमा पहिरोले घर परिँदा एकै… पुरा पढौ

असार १५ मा यस्तो छ देश भरको मौसम

पोखरा : असार महिना देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसैले यो मौसममा वर्षा हुनु सामान्य हो । वर्ष याम भए पनि विगतमा जस्तो सामान्य वर्षा हुनुलाई सामान्य नै मान्नु पर्छ । तर  विगतमा हुने वर्षा भन्दा अति धेरै र अति कम हुनु भने जोखिम अवस्था हो । मौसम परिवर्तनका कारण पृथ्वीका सबै क्षेत्रमा यो अवस्था आएको वैज्ञानिकहरू बताउँछन् । धान दिवस असार १५ मा देशभरको मौसम कस्तो रहन्छ त । जल तथा मौसम विज्ञान विभागको यस्तो छ अनुमान । … पुरा पढौ

एसइई नतिजा : एकै विद्यालयका १० जनाले ल्याए ४ जिपिए

एसइई नतिजा एकै विद्यालयका १० जनाले ल्याए ४ जिपिए पोखराको मदरल्याण्ड माविका १० विद्यार्थीले ल्याए ४ जिपिएपोखरा ः माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजामा पोखराको मासबार स्थित मदरल्याण्ड माविका १० जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । बिहीबार प्रकाशित नतिजामा नेपालभरबाट १८६ जनाले ४ जिपिए ल्याएकोमा पोखराको मदरल्याण्ड माविका दश विद्यार्थी पनि सामेल छन् । अहिले सम्मको नतिजामा एउटै विद्यालयबाट दश जिपिए ल्याउने विद्यालयमा मदरल्याण्ड मावि मात्र रहेको बताइएको छ । मदरल्याण्ड माविका कृपा बराल, रेडियस पोखरेल, कनक अधिकारी, अपेक्षा ढुंङ्गाना,… पुरा पढौ

मनसुन भित्रिए संगै २८ जनाको मृत्यु

नेपालमा मनसुन भित्रिए संगै मनसुनजन्य विपद्बाट २८ जनाको मृत्यु भएको छ । जेठ २८ देखि असार १२ गतेसम्म मनसुनजन्य विपद्बाट २८ जनाको ज्यान गएको हो ।  गृह मन्त्रालयको तथ्याङ्कअनुसार मनसुनजन्य विपद्बाट अहिले सम्म ३३ जिल्ला प्रभावित भएका छन् भने १४७ वटा मनसुनजन्य घटना भएका छन् । गृहमन्त्रालयका अनुसार देशभर पहिरोबाट १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । २५ घर पूर्ण क्षति र १० घरमा पहिरोले आंशिक क्षति पु¥याएको छ । पहिरोको कारण कास्कीमा दुई जना… पुरा पढौ

फेवाताल र सिमसार संरक्षण गर्न २ करोड

पोखरा महानगरपालिकाले २०८१÷०८२ को बजेटमा फेवाताल र सिमसार क्षेत्र संरक्षण गर्न बजेट छुट्ट्याएको छ । पाेखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले साेमबार बजेट प्रस्तुत गर्दै फेवाताल र सिमसार क्षेत्र संरक्षण गर्न बजेट छुट्ट्याएको बताइन् । फेवातालको उत्तर पश्चिमी खण्डमा बायोइञ्जिनियरिङ अध्ययनको आधारमा माटोको ड्याम निर्माण गरी फेवाताल तथा सिमसार क्षेत्र संरक्षण र फेवा विच निर्माणको काम शुरु गर्न २ करोड छुट्ट्याइएको सभामा पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् । पोखरा महानगरपालिले आर्थिक २०८१÷८२ का लागि रु। ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार प्रस्ताव… पुरा पढौ

हरित कर के हो , के केमा लाग्छ ?

पोखरा : सरकारले आर्थिक वर्ष २०८१÷०८२ देखि हरित कर सुरु गरेको छ । किन लगाउन सुरु गरियो हरित कर ? हरित कर के हो त ?  सरकारले लगाउन सुरु गरेको हरित कर  कार्बनको न्यून उत्सर्जन र वातावरणीय प्रदूषण कम गर्ने उद्देश्य रहेको बताइएको  छ ।    सरकारले उत्पादनमा जोड दिएर नयाँ उत्पादन मुलक उद्योग, ठूलो स्केलमा कृषि उत्पादनकालागि कृषि भूमि छुट्टाएर कृषि उत्पादनमा आत्मनिर्भर हुने र नयाँ करका स्रोत नयाँ उत्पादनबाट प्राप्त गर्ने भन्दा पनि पुरानै चलिरहेका दैनिकीलाई बिथोल्ने गरी कर थुपार्ने… पुरा पढौ

जङ्गली च्याउ नखानुहोस् : विशाक्त च्याउ खाँदा एकको मृत्यु ४ बिरामी

वर्षा मौसम सुरु संगै अहिले वन, पाखा, बारी, कान्लामा जंङ्गली च्याउ उम्रेका छन् । यसरी उम्रेका च्याउ खान योग्य मात्र हुँदैनन् । धेरै प्रजातीका च्याउ विष बराबर हुन्छन् । खान हुने र खान नहुने च्याउ छुट्याँउन नसक्दा धेरैको ज्यान जाने गरेको छ । खान हुने र नहुने छुट्याउन नसक्दा विशाक्त च्याउ खाएर वर्षेनी धेरैको ज्यानै जाने गरेकाे हाे । यस वर्ष पनि यस्ता घटना सुरु हुन थालेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको शुक्रबार… पुरा पढौ

गण्डकी प्रदेशमा सीप परीक्षणका नयाँ क्षेत्र पहिचानकालागि खटिए स्वयंसेवक

पोखरा : गण्डकी प्रदेशमा सीप परीक्षणका नयाँ क्षेत्र पहिचानकालागि विभिन्न उद्योग, फर्ममा आइतबार देखि स्वयंसेवक खटिएका छन् । प्रदेशका विभिन्न उद्योग, कलकारखानामा कति जनशक्ति अध्ययन गरेर सीप सिकेर वा तालीम लिएर काम गरिरहेका छन् र कति अनुभवका आधारमा मात्र काम गरिरहेका जनशक्ति छन् भन्ने तथ्याङ्क राख्न स्वयंसेवक खटिएका हुन् । गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले तथ्याङ्क राख्न लागेको हो । यसरी तथ्याङ्क सङ्कलन गरेपछि बिना अध्ययन र तालिम नलिई कन अनुभवका आधारमा काम गरिरहेका जनशक्तिको सीप परीक्षण गरेर… पुरा पढौ

अन्नपूर्ण संरक्षण क्षेत्रमा नदी जन्य पदार्थ चोरी गर्ने सवारी साधान नियन्त्रणमा

नदी जन्य पदार्थ अबैध रुपमा चोरी निकासी गर्ने दुई वटा सवारी साधान कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरा १९ करायाचौतारा स्थित सडक खण्डमा सवारी साधन चेकजाँचका क्रममा अन्नपूर्ण संरक्षण क्षेत्रको भुजुङखोलाबाट पोखरा तर्फ ल्याउँदै गरेका सवारी साधान नियन्त्रणमा लिएका हो । ग १ क ५२४८ नम्बरको मिनिटिप्पर चेकजाँच गर्दा टिप्परमा कटपिस  ढुङ्गा लोड गरेको पाईएको र सो सम्बन्धमा प्रयोजन खुल्ने कागजपत्रहरु साथमा नभएकोले उक्त मिनिटिप्परलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । थप अनुसन्धान तथा आवश्यक कारवाहिको… पुरा पढौ