
मकवानपुर गाउँपालिका ६ प्रतापपुरका किसान बलबहादुर राईको गोठमा बाँधेको भैँसीले बिहीबार बिहान बाघ मारेको घटनाको समाचार आएपछि बाँधेको भैसीले कसरी मा¥यो बाघलाई भन्ने प्रश्न सहित समाजिक सञ्जालमा बहस चलेको छ । बहसका क्रममा बिभिन्न तर्क वितर्क उठाइएका छन् ।
यस घट्ना सुन्नासाथ वन्यजन्तु विशेषज्ञहरु पनि अचम्मा मानेर घटनाको यथार्थ बुझन चासो राखेका थिए । यथार्थ बुझने क्रममा दुईबाघ लडाई गर्दा अर्को बाघले टोकेर चोटैचोटका कारण भैसीलाई आक्रमण गर्ने बाघ बिरामी भएको पत्ता लागेको थियो । पोष्टमार्टपछि बिरामी बाघ दुई हप्ता देखि भोकै रहेको पाइएको छ ।
आहारा खोज्न र सिकार गर्न जंगल तिर जान नसक्ने भएपछि गाउँ छिरेको बाघले बलियो भैसीलाई आक्रमण गर्न पुगेको पाइएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । भोको पेट भरेर बाँच्न बाघले अन्तिम प्रयास गर्ने क्रममा गोठमा बाँधेको भैसीलाई आक्रमण गरेको थियो । कम्जोर स्वास्थ्य र दुई हप्ता देखिको भोकोपेटले बाघले भैसीलाई आक्रमण गरेर आहाराको रुपमा खान नसक्दा उल्टो भैसीको आक्रमणबाट मर्न पुगेको हुन सक्ने प्रारम्भिक रिपोटले देखिएको छ ।
८ वर्षमात्रै उमेरको वयस्क भाले बाघ भैँसीको प्रतिकारमा मर्न पुगेको छ । चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ वन्यजन्तु चिकित्सक डाक्टर विजय श्रेष्ठले भैसी खान गएको त्यो बाघ जंगलमा बाघसँग नै जुधेर सख्त घाइते अवस्थामा रहेको बताएका छन् । बिरामी भएर सिथिल भएको बाघले आफूभन्दा शक्तिशाली भैँसीलाई आक्रमण गर्न खोज्दा उल्टो भैँसीको आक्रमणबाट गोठमै बाघ मर्न पुगेको बताइएको छ ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…