
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पशुमाथि हुने निर्दयी व्यवहार रोक्न आवश्यक प्रक्रिया अगाडि बढाइएको बताएका छन् प्रतिनिधिसभा बेठकमा सांसद नागिना यादवले पशुहिंसा रोक्न के कस्तो पहल भइररहेको छ भनेर सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले पशुप्रणीलाई क्षमताभन्दा बढी भारी बोकाउन, अनावश्यक सताउने, दुःख दिने, यातनापूर्वक ढुवानी गर्ने, क्रुरतापूर्वक वध गर्ने जस्ता कार्य मुलुकी अपराध संहिता ऐन २०७४ ले बन्देज लगाएको पनि बताए ।
प्रधानमन्त्री ओलीले पशु स्वास्थ्य तथा पशु सेवा नियमावली २०७६ बमोजिम पशु ढुवानी मापदण्ड २०६४ र पशु कल्याण निर्देशिका २०७६ जारी भई कार्यान्वयनमा आएको बताए । पशुप्रति हुने निर्दयी व्यवहार रोक्न पशु कल्याणको क्षेत्रमा कार्य गर्न पशु सेवा विभाग अन्तर्गत एक कार्यलय स्थापना गर्नेगरी संगठन तथा व्यवस्थापन सर्वेक्षण अगाडि बढाइएको पनि प्रधानमन्त्रीले सुनाए । सर्वोच्च अदालतले २०७५ माघ २८ गते नेपाल सरकारलाई पशु कल्याणका लागि तुरुन्तै कानुन बनाउने आदेश समेत दिएकको थियो । तर अहिलेसम्म ऐन बनेको छैन् । सरकारको ऐन कानुनमा रहेका विषय पनि कार्यान्वयन पक्ष कम्जोर हुँदा निर्दोश प्राणीहरुमाथी निर्दयी व्यवहार गर्नेहरु पनि कानुनका दायरामा आउन सकेका छैनन् ।
पशुप्राणीमाथि हुने कुनैपनि हिंसा बिरुद्ध कडा भन्दा कडा कानुन बनाउनुपर्ने सरोकारवालाले आवाज उठाइरहेका छन् । सर्वोच्च अदालतले २०७५ माघ २८ गते नेपाल सरकारलाई पशु कल्याणका लागि तुरुन्तै कानुन बनाउन आदेश समेत दिएको थियो । तर अहिलेसम्म ऐन बनेको छैन ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…
नेपालमा बाघको संख्या कति छ भन्ने तथ्यांङ्क सकलन गरी संरक्षणमा योजना बनाउन पुस ३ गते देखि सुरु भएको बाघ…