पर्यटन

पर्यटन प्रवर्द्धनका गर्न डुलुवा टोली कास्की देखि कन्याकुमारी यात्रामा

पोखरा : भारतका विभिन्न सहरमा पर्यटन प्रवर्द्धन गर्न डुलुवा टोली बिहीबार पोखरा (कास्की) बाट कन्याकुमारी सम्मको यात्रामा निस्केका छन् । पोखराका पर्यटन व्यवसायीको टोली पोखरा, रक्सौल, पटना, कोलकाता, चेन्नेई, रामेश्वरम, कन्याकुमारी, गोवा, मुम्बई, अहमदाबाद, जयपुर दिल्ली लगायतका विभिन्न सहरमा पर्यटन प्रवर्द्धन गर्ने गरी यात्रामा हिडेको डुलुवा टोलीका टिम लिडर योगेश भट्टराईले बताए । १९ जना सहभागी टोलीले भारतको विभिन्न सहरमा पुगेर पोखरा  र नेपालको पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिँदै नेपाल भ्रमणकालागि आमन्त्रण गर्ने कार्यक्रम रहेको टोलीका संयोजक भट्टराईले बताए । पहिलो देश… पुरा पढौ

जहाँ छैन बस्ती, त्यहाँ वातावरण बिगार्ने विकास किन ?

अन्नपूर्ण क्षेत्रको नियति : आम्दानीमा तीनै तहको नजर, संरक्षणमा कोही भएन अग्रसर पोखरा : अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने कास्कीको मादी गाउँपालिका ताङतिङमा डिलबहादुर गुरुङले ३० वर्ष भेडिगोठ सञ्चालन गरे। त्यहाँ प्रख्यात पर्यटकीय आकर्षण बनेका कोरी लगायतको क्षेत्रमा केही वर्षयता पानी सुक्दै गएको देखेका/भोगेका छन् उनले। हिउँदको समयमा पहिला प्रशस्त पानी पाइने क्षेत्र सुक्खा हुँदै गएको उनले बताए। पानी अभाव हुँदै गएपछि उनले भेडी गोठ बन्द गरेको ४ वर्ष भइसक्यो। भेडी गोठ छाडेपछि ६७ वर्षीय गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ पदयात्रा मार्गको… पुरा पढौ

रेवानको आयोजनामा बेकरी तालिम

पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान ) पोखराको आयोजनामा पोखरामा पाँच दिने एडभान्स बेकरी तालिम दिइएको छ । पोखराका विभिन्न होटल तथा रेस्टुराँमा कार्यरत रेस्टुरेन्टका कुकहरूलाई बेकरी तालिम प्रदान गरिएको हो । दक्ष जनशक्ति उत्पादनकालागि पम्प नेदरल्याण्ड र नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजको सहयोगमा भएको तालिममा विभिन्न रेस्टुरेन्टमा कार्यरत २० जनाको सहभागिता रहेको आयोजकले बताएका छन् । तालिमको समापन समारोहमा नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजका अध्यक्ष अशोक पालिखेले तालिम लिएका प्रशिक्षार्थीले स्वदेशमै… पुरा पढौ

अन्नपूर्ण संरक्षण क्षेत्रमा रेकर्ड ब्रेकिङ पर्यटक

पोखरा : अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा यस आर्थिक वर्षको असार दोस्रो सातासम्म अहिलेसम्मकै धेरै पर्यटकले पदयात्रा र तीर्थयात्रा गरेका छन्। संरक्षण क्षेत्रको पदयात्रामा जाने विभिन्न देशका पर्यटक र मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने भारतीय पर्यटकसमेत गरेर अहिलेसम्मकै धेरै पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा पुगेका हुन्।  चालु आर्थिक वर्षको असार महिनाको दोस्रो सातासम्म अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिलेसम्मकै धेरै २ लाख १७ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा। रविन कडरियाले जानकारी दिए। यो अवधिमा अन्नपूर्ण संरक्षण क्षेत्रमा सार्क… पुरा पढौ

पर्वतीय सङ्ग्रहालयमा सय वर्ष अघिको सगरमाथा आरोहण प्रयास समेटिएको डकुमेन्ट्री

पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा एक सय वर्ष अघि सगरमाथा आरोहण प्रयास समेटिएको डकुमेन्ट्री प्रदर्शन गरिएको छ । सन् १९२४ मा १२ जना बेलायती नागरिक र दार्जिलिङका शेर्पा सहितको आरोहण दलले सगरमाथा चढ्ने प्रयास गरेका थिए ।  तिनै विषयलाई समेटेको डकुमेन्ट्री देखाउन सुरु गरेको सङ्ग्रहालयले त्यतिबेलाका तस्बिरलाई ‘द फाइट फर एभरेस्ट १९२४’ नाम दिएर पर्यटकलाई प्रस्तुत गरिरहेको छ । तस्बिर जेठ २६ देखि नियमित प्रदर्शनीमा राखिएको हो । सोेमबारदेखि नै स्लोभेनियाका नागरिकले नेपालका हिमाल चढ्न थालेको इतिहासबारे जानकारी दिने तस्बिरको समेत प्रदर्शनी… पुरा पढौ

असार १५ मा हिलाेमा रमाए पर्यटक

पाेखरा पर्यटन परिषद्काे अायाेजनामा असार १५ मा पाेखराकाे फेवा फाँटमा भएकाे राेपाइँ महाेत्सवमा पर्यटकहरु हिलाेमा रमाएका छन् । पर्यटकहरु हिलाेमा दाैडेर हिलाे खेलेर रमाएका हुन् । महाेत्सवमा सहभागी पर्यटकले हालाे पनि जाेतेर अाफ्नाे देशमा अहिले हराइ सकेकाे परानाे परम्परागत कृषिमा रमाएका बताएका छन् । यसरी पर्यटक असार १५ मा रमाए । पुरा पढौ

असारे रोपाइँ महोत्सवमा हिलो खेलेर रमाए पर्यटक

पोखरामा भएको असारे रोपाइँ महोत्सवमा पर्यटक हिलो खेलेर रमाएका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखराको फेवाफाँटमा भएको रोपाइँ महोत्सवमा २० देशका २ सय ५० भन्दा बढी विदेशी पर्यटकको सहभागिता रहेको अायोजना पोखरा पर्यटन परिषद् जनाएको छ ।  रोपाइँ महोत्सवमा पर्यटकहरूले हलो जोत्ने, साउने देखि हिलोले छ्यापाछ्याप गरेर रमाएका छन् । महोत्सवमा सहभागी पर्यटकहरूले हिलोमा भएको भलिबल प्रतियोगिता, डोरितान्ने प्रतियोगिता, दौड लगायत प्रतियोगितामा सहभागी भएर विभिन्न पुरस्कार पनि जिते । परम्परागत रुपमा गोरुको प्रयोग गरेर गरिएको कृषि पहिलो पटक देख्दा नयाँ अनुभव लिएको… पुरा पढौ

संरक्षण क्षेत्रका पदयात्रा मार्ग स्तरोन्नतिको लागि बजेट

पदमार्ग संरक्षण पर्यटनको प्रवद्र्धन भन्ने अभियानका साथ अन्नपूर्ण, मनास्लु, धौलागिरी, माछापुच्छे«, मर्दी लगायतका पदमार्गको संरक्षण, विकास र स्तरोन्नतिको लागि आवश्यक बजेट विनियोजन गरेको गण्डकी प्रदेश सभामा अर्थमन्त्री डा टकराज गुरुङले बताएका छन् । हिमाल आरोहण सम्बन्धी जनशक्ति उत्पादनकालागि तालिम कार्यक्रम सञ्चालन गर्ने र हिमाल आरोहण गर्ने प्रदेशबासीलाई प्रोत्साहन तथा सम्मान गर्न आवश्यक बजेट विनियोजन गरेको पनि उलने बताए । पर्यटकीय राजधानी पोखरा र आसपासका स्थानीय तहसँग सहकार्य तथा सहयोगमा ११ वटा पर्यटकीय स्याटलाइट गन्तव्य विकासका लागि बजेट व्यवस्था गरेको गण्डकी… पुरा पढौ

धराप थापे जस्ता बुढा रुख हटाउन स्थानीयको हारगुहार, भएन सुनुवाइ

पाेखरा : पर्यटकको चहलपहल हुने व्यस्त फेवाताल किनार गौरिघाटमा एक महिनाको फरकमा दुईवटा ठुला बुढा रुख ढले । संयोग व्यस्त पर्यटकीय केन्द्र लेकसाइडमा ढलेका दुबै रुखबाट मानवीय र भौतिक क्षति हुनबाट जोगियो । व्यस्त स्थानमा रुख ढल्दा सधै यस्तै संयोग पर्छ भन्ने छै्न । कुनै पनि बेला यस्ता बुढा रुख ढल्ने र मानवीय तथा भौतिक क्षति हुन सक्छ । यसैले सम्बन्धित निकायले बेलैमा यस्ता जोखिम मानिएका बुढा रुख अध्ययन गरेर हटाउनु नै उपयुक्त हुने स्थानीयले बताएका छन् । पहिलो ढलेको रुख… पुरा पढौ

गण्डकी प्रदेशमा ११ वटा पर्यटकीय स्याटलाइट गन्तव्य विकास गरिने

पर्यटकीय राजधानी पोखरा र आसपासका स्थानीय तहसँग सहकार्य तथा सहयोगमा ११ वटा पर्यटकीय स्याटलाइट गन्तव्य विकासका लागि बजेट व्यवस्था गरेको गण्डकी प्रदेश सभामा अर्थमन्त्री डा टकराज गुरुङले बताएका छन् । पदमार्ग संरक्षण पर्यटनको प्रवद्र्धन भन्ने अभियानका साथ अन्नपूर्ण, मनास्लु, धौलागिरी, माछापुच्छे«, मर्दी लगायतका पदमार्गको संरक्षण, विकास र स्तरोन्नतिको लागि आवश्यक बजेट विनियोजन गरेको पनि अर्थमन्त्री गुरुङले बताएका छन् । हिमाल आरोहण सम्बन्धी जनशक्ति उत्पादनकालागि तालिम कार्यक्रम सञ्चालन गर्ने र हिमाल आरोहण गर्ने प्रदेशबासीलाई प्रोत्साहन तथा सम्मान गर्न आवश्यक बजेट विनियोजन… पुरा पढौ