
फेवाताललाई फनको मार्दै पोखरामा शनिबार फिस्टेल रेस भएको छ । १८ देशका करिव २ सय जनाको सहभागीता रहेको रेसमा सहभागीहरु पुम्दीको डाँडामा पुगेपछि हिमाल हेर्दै, उफ्रदै रमाएका थिए । शनिबार मध्यान्हसम्म पोखरा बजार र फेवातालमाथी बाक्दो कुहिरो लागेको थियो ।
पोखरा १७ डेभिज फलबाट बिहान ठ बजे सुरु भएको रेसमा सहभागीहरु कुहीरोले ढपक्कै ढाकीएको पोखरा बजारबाट दौडेर पुम्दी पुग्दा न्यानाे घाम र छ्वाङ् खुलेकाे हिमाल देखेपछि रमाएका थिए । विदेशी सहभागी मात्र होइन नेपाली पनि फेवाताल माथीको बाक्लो कपास जस्तो कुहिरोले ढाकीएपनि तालमाथी खुलेकाे हिमाल देखेर दंग थिए । सहभागीले दाैडन केही छिन छाडेर पनि सुन्दर दृश्य क्यामेरामा कैद गरेका थिए । केही सहभागी तस्बिर खिच्दै दौडदै गरेको थिए ।
४१ किलोमिटर, २१ किलो मिटर र ५ किलो मिटर दौड भिन्न भिन्न स्थानबाट भएको थियो । यसरी भएकाे रेस अन्तरगत

४१ किलोमिटर रेसमा पुरुष तर्फ नेपाली धावक तस्बिर लामाले ४ घण्टा १५ मिनेट ५४ सेकेण्डमा पुरा गर्दै च्याम्पियन बने । त्यसैगरी अर्जुनकुलुङ राईले ४ घण्टा १८ मिनेट ४९ सेकेण्डमा पुरा गर्दै दोस्रो बने । तेस्रो स्थानमा नेपालकै धावक महेश थापा रहे । उनले ४ घण्टा ५३ मिनेट ०९ सेकेण्डमा पुरा गरेका थिए । चौथो स्थानमा स्वीट्जरल्याण्डका धावक डानियल लिसर आए । उनले दौडलाई ५ घण्टा २७ मिनेट ४० सेकेण्डमा पुरा गरे । पुरुष तर्फ ५० धावकको सहभागिता रहेको थियो ।
४२ किलो मिटरको दौडमा छोरेपाटनस्थित डेभिजफल्सबाट शुरुभएको थियो दौड पुम्दीकोट, तारेभिर, घाँटीछिना, देउराली कास्कीकोट सराङ्कोट मेथलाङ, सेदीसम्म आएर टुंगिएको रेसमा महिला तर्फ बेलायतकी फ्लिउर रेबेका माउण्टजोय च्याम्पियन बनिन् । उनले ६ घण्टा ३ मिनेट ५५ सेकेण्डमा दौड पुरा गरिन् ।

बेलायतकै धाविका लिजी हकरले ६ घण्टा ३५ मिनेट २७ सेकेण्डमा पुरा गर्दै दोस्रो बनिन् । बेलायती धाविका सली रेबेका माउल्ड्सले तेस्रो स्थानमा आउने क्रममा ६ घण्टा ३८ मिनेट ४८ सेकेण्डको समय लगाईन् । जापानीज धाविका सावा सुचिदाले ७ घण्टा २२ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै चौथो स्थानमा रहिन् । महिला तर्फ ११ धाविकाहरुले प्रतिस्पर्धा गरेका थिए ।
२१ किलोमिटर पुरुष तर्फको प्रतिस्पर्धामा नेपालका अशोक बराम प्रथम भएका छन् । शनिबार डेभिज फल, स्तुपा, चंखपुर, पदेली, मेथलाङ हुँदै सेदीसम्मको २१ किलोमिटरको दुरीलाई १ घण्टा ५७ मिनेट २५ सेकेण्डमा पुरा गरेका थिए । नेपालकै भूमिराज रोकाले २ घण्टा ५ मिनेट ३ सेकेण्डमा पुरा गर्दै दोस्रो र नेपालकी सान्चे तामाङले २ घण्टा ७ मिनेट ५८ सेकेण्डमा पुरा गर्दै तेसै्रो स्थानमा रहे । दौडमा ६१ पुरुष धावकको सहभागिता रहेको थियो ।

महिला तर्फको प्रतिस्पर्धामा बेलायतकी धाविका एन्नी केले २ घण्टा २७ मिनेट ४ सेकेण्डमा पुरा गर्दै च्याम्पियन बनिन् । दोस्रो स्थानमा नेपालका धाविका छोकी शेर्पा आईन् । उनले दौडलाई २ घण्टा ५४ मिनेट ५५ सेकेण्डमा पुरा गरिन् । तेस्रो स्थानमा अमेरिकाकी धाविका सोन्या मार्टिनले २ घण्टा ५९ मिनेट ५५ सेकेण्डमा पुरा गर्न सफल भईन् । महिला तर्फ २४ धाविकाको सहभागिता रहेको थियो ।
५ किलो मिटर दौड इभेण्टमा पुरुष तर्फ नेपालका लाक्पा योन्जन तामाङ प्रथम भए । उनले १ घण्टा ३५ सेकेण्डमा पुरा गरेका थिए । रेस सेदी, ग्यारजाती, मेथलाङ हुँदै सेदीमै आएर टुंगिएको थियो । दोस्रो स्थानमा नेपालकै दिकेश गुरुङ रहे । उनले १ घण्टा ३७ सेकण्डमा पुरा गरे । अमेरिकाका धावक स्टेभ वेल्सले १ घण्टा २६ मिनेट १३ सेकेण्डको समय लगाउँदै तेस्रो स्थानमा आईपुगे । दौडमा पुरुष तर्फ ११ जनाको सहभागिता रहेको थियो ।
महिला तर्फको सोही इभेण्टमा क्यानडाकी इमा ह्यामिल्टन क्लार्कले १ घण्टा २८ मिनेट २७ सेकेण्डमा पुरा गर्दै प्रथम भईन् । नेपालकी विमला आले दोस्रो स्थानमा रहने क्रममा १ घण्टा ३७ मिनेट ३१ सेकेण्डको समय लगाईन् । तेस्रो स्थानमा अमेरिकाकी डोरी एङ्गुयनले १ घण्टा ४० मिनेट २७ सेकेण्डमा पुरा गरिन् । महिला तर्फ १४ धाविकाको सहभागिता रहेको थियो ।

हिमालयन ट्रेल रनिङ प्रालिले आयोजनामा पोखरामा दोस्रो पटक ट्रेल रेस आयोजना गरिएको थियो । रेसले पोखराको स्पोर्टस टुरिज्मलाई प्रवद्र्धन गर्ने विश्वास छ । प्रालिका व्यवस्थापक दिपक भट्टका अनुसार तीनै इभेण्टमा स्वदेशी र विदेशी महिला तथा पुरुष गरी १७१ धावकको सहभागिता रहेको थियो । पोल्याण्ड, कोरिया, फ्रान्स,डेनमार्क ,स्वीट्जरल्याण्ड, नेदरल्याण्ड, अमेरिका, जापान, बेलयात लगायतका देशका धावकहरु सहभागिता रहेको उनले बताए ।
दौडमा ४२ किलोमिटरमा सहभागित धावकहरु १७५० मिटरको उचाईमा पुगेर ओर्लिएका थिए । २१ किलोमिटर दौडिने धावक भने १२८५ मिटरको उचाईसम्म पुगेका थिए । अन्नपूर्ण, धौलागिरी हिमालको मनोरम दृश्यको अवलोकन गर्दै नेपाली जनजीवन प्रत्यक्ष अनुभव गराउने उद्देश्यले पुरानो बाटो तर अहिले हिड्न छोडिएको गोरेटोबाटलाई अन्तर्राष्ट्रियस्तरको फिस्टेल टे«ल रेस कार्यक्रम आयोजना गरेर प्रवद्र्धन गर्न खोजिएको उनको भनाई थियो । छोटो पदयात्रा मार्गको पहिचान गर्ने उद्देश्यसहित पोखरा ट्रेल रेस सिरिज हुदैं आएको छ ।

रेसमा स्थानीय कला, सस्कृति र नेपाली परम्परागत शैलीका घरहरु पर्यटकका आकर्षण बन्ने गरी पुरानो चल्तीको तर पछिल्लो समयमा नहिडीएको गोरेटोबाटो छनोट गरिएको डा सुन्दर पौडेलले बताए । प्रकृति र वातावरण संरक्षणमा पनि यस्ता कार्यक्रमले स्थानीयमा चेतना बढाउने उनले विश्वास गरे । कोरोनाले थला परेको पर्यटन व्यवसायलाई यस्ता कार्यक्रमले पर्यटन विकासमा महत्वपूर्ण योगदान रहने पर्यटन व्यवसायी संगठन नेपाल गण्डकी कमिटीका अध्यक्ष गणेश पहारीले बताए । फिस्टेल रेसमा सहभागी हुनकै लागि पनि पर्यटक पोखरा आएका थिए ।
दौडमा ४२ किलोमिटरमा सहभागित धावकहरु १७५० मिटरको उचाईमा पुगेर ओर्लिएका थिए । २१ किलोमिटर दौडिने धावक भने १२८५ मिटरको उचाईसम्म पुगेका थिए ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…