
पाेखरा : २४ औं विश्व सिमसार दिवस पोखरामा औपचारिक कार्यक्रम गरि सिमसार क्षेत्रलाई सम्झना गरिएको छ । पोखराको फेवाताल किनार डेमसाइडमा प्रदेश उद्योग, वन तथा वातावरण मन्त्रालयको आयोजनामा मगलबार सिमसारको अवस्था र संरक्षणका विषयमा प्यानल बहस र वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेश सरकारले प्राधिकरण नै बनाएर सिमसार क्षेत्र संरक्षणकाे काम गरिरहेको सुनाए । ताल, पोखरी, कुवा, कुण्ड संरक्षणका काम भइरहेको उनले बताए । सिमसार संरक्षणमा नागरिकको पनि उतिकै दायित्व रहेकोमा मन्त्री लम्सालले जाेड दिए ।
आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले फेवाताल संरक्षणको लागि सीमांकन गर्न समिति बनेको सुनाउँदै फेवाताल संरक्षण प्रदेश सरकारको मुख्य प्राथामिक्तामा रहेको बताए ।

उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्रालयका सचिव डा महेश्वर ढकालले सिमसारको महत्व र संरक्षणमा सबैको दायित्वको विषयमा बोलेका थिए । पोखरा विश्वकै सुन्दर शहर भएर पनि यहाँका प्राकृतिक स्रोत संरक्षणमा स्थनीय उदासिन देखिएको पनि उनले बताए ।
प्यानल बहस कार्यक्रममा प्रदेश सांसद राजीव पहारी, वन विज्ञान अध्ययन संस्थान पोखरा प्रमुख विनोद हेन्यू, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई र पर्यटन व्यवसायी लक्की कार्कीले आआप्नो धारण राखेका थिए ।
विश्वव्यापी रुपमा सिमसार क्षेत्रको संरक्षण र सम्बद्रधन गर्ने उद्देश्यले इरानको रामसार सहरमा १९७१ फ्रेब्रुअरी २ मा रामसार महासन्धि भएको थियो ।रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन फ्रेब्रुअरीलाई स्मरण गर्दै विश्वभर सिमसार दिवस मनाउन थालिएको हो । संवेदनशील, संकटापन्न जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई अन्तर्राष्ट्रि महत्वको रुपमा रामसारको सूचीम सूचीकृत गर्ने गरिन्छ । पोखराका ९ ताल फेवा, बेगनास, रुपा, गुँदे, दिपांग, मैदी, खास्टे, न्यूरिनी, कमल पोखरी रामसारमा सूचिकृत भएका तालहरु हुन् । नेपालका १० वटा सिमसार सिमसार क्षेत्र रामसार सूचिमा सूचिकृत भएका छन् । पोखराका ९ तालहरु मध्य फेवाताल सबैभन्दा जाेखिममा छ । फेवा सबैभन्दा तिब्र गतिमा पुरिने र प्रदुर्षणकाे चपेटामा परेको छ । बजार क्षेत्रबाट तालमा भइरहेकाे प्रदुर्षण निन्त्रण गर्न नै नसकीने अवस्थामा छ । मुहान क्षेत्रबाट उस्तै गरि पुरिने क्रम बढिरहेकाे छ । फेवाको सिमसार क्षेत्र पुरेर बस्ती बस्न थालेपछि साइबेरीया देखि यहाँ आउने घुमन्ते चराको बासस्थान मासिदै गएका छन् । नेपालमा पाइने १७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् । यस्ता वनस्पति र प्राणीको संरक्षणमा चुनौती बढ्दो छ ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…