
वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले अति निम्न किसानको हातमा रु १० लाख दिएर उद्यमी बनाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ ।
मन्त्रालयले हेटौँडामा आयोजना गरेको कार्यक्रममा उहाँले उक्त लगानीले कोरानाका कारण गाउँ गएका र हातमा सीप भएका विपन्न वर्गको आर्थिकस्तर उकास्ने बताउनुभयो । यस्ता लगानी साना पौरखी हातका लागि भएकाले उहाँले उक्त रकम मान्द्रो, डोको, ठेकी बनाउनेलाई उद्यमी बनाउनेतर्फउन्मुख हुनेमा जोड दिनुभयो ।
ठूलो रकम ऋण लगानी गर्दा टाठाबाठाको हातमा मात्र पुग्ने र लक्षित वर्ग प्रभावित नहुने कारण सानो रकम लगानी गरिएको मन्त्री ढुङ्गेलको भनाइ छ । गाउँमा मौरीपालन, पशुपालन र दुग्ध उत्पादनबाट मनग्य आम्दानी गर्नका लागि किसानलाई उक्त लगानी लिन उहाँको अनुरोध छ ।
उक्त लगानी आव २०७७/७८ मा प्रदेश सरकारले साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. मार्फत रु ६० करोड ५० लाख ७५ हजार छ। कृषि विकास बैंक लि. बाट लगानी गरिएको रु ६० करोडमध्ये प्रदेशका ३५० कृषकले रु ५२ करोड ९३ लाख ६३ हजार रहेको मन्त्री ढुङ्गेलले बताउनुभयो ।
प्रदेशभित्र ६५ कृषि विकास बैंक लिमिटेडका शाखा कार्यालयमार्फत सो ऋण लगानी कार्यक्रम विस्तार तथा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका १८१ साना किसान कृषि सहकारीमार्फत ऋण लगानी कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । मन्त्री ढुङ्गेलले १३ वटै जिल्लामा अक्सिजन प्लान्ट, शीत भण्डारण, कभर्डहल, रङ्गशालालगायतका लागि बजेट विनियोजन गरिएको मन्त्री ढुङ्गेलले जनाउनुभयो। रासस



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…