
मृतसागरको समुन्द्रीतट हराउँदै गएको छ । मृतसागरको समुन्द्री तटमा ठूला ठूला भ्वाङहरु पर्दै गएको छ । यसैले पछिल्लो समयमा समुन्द्र तट नै बन्द गरिएको छ ।
यसरी मृतसागर नै लोप हुने अवस्था आएपछि कलाकार स्पेन्सर टयुनिकले संरक्षण र पर्यावरणबारे जनचेतना फैलाउन लाइभ इन्स्टलेशन कलाको कार्यक्रम गरेका छन् । उनको कला कार्यक्रममा इजरेलमा सयौ मानिसले निर्वस्त्र भएर तस्बिर खिचाएका छन् । मृतसागरको तट मासिइरहेकोले बचाउन उनले गरेकाे इन्स्टलेशन कलाको कार्यक्रम विश्वका प्रमुख मिडियाले प्रथामिक्तामा राखेर उनको कला र मृतसागर संरक्षण बारे बहस चलाएका छन् ।
स्पेन्सरले पर्यावरणीय परिवर्तनलाई दर्शाउन विश्भरि त्यस्ता तस्बिर खिच्ने गरेका छन् । उनले सन् २०११ मा पनि यस्तै कला मृतसागरमा प्रदर्शन गराएका थिए । कलाकार स्पेन्सर जल तथा जीवन र मृत्युसम्वन्धी विषय खोजेर रमाउने बताउछन् ।आफूले मिनरल बीचमा काम गर्ने समुन्दीतट हराएको उनको अनुभव छ । यसैले संरक्षणमा जनचेतना जगाउन यस्तो कला प्रर्दशन गरेको उनले बताएका छन् । मृतसागर पृथ्वीको निम्नतम बिन्दुमा अवस्थित छ ।

मृतसागरको तट जोर्डनदेखि इजरेल र अधीनस्थ वेस्ट व्याङ्कसम्म पुग्छ । मृतसागर एकदमै चाँडै लोप हुने अवस्थामा पुगेको छ । यसैले उनले आप्नो कलामा मृतसागरमा देखिने लवणको लहरजस्तै सेतो रङ लगाईएको हुन्छ । यो शरीरको भद्दता र शक्तिबीचको दोन्द हो भन्ने उनको भनाइरहेको छ । निर्वस्त्र व्यक्ति एकदमै शक्तिशाली हुने उनको तर्क छ । तथापि हामी धेरै भेद्द छौ उनि भन्छन् ।
निर्वस्त्र हुँदा सूचना बढाउन सकिने उनको भनाइ छ । हामी पर्यावरणमा हुने रोगदेखि पानीको दीर्घकालीन स्रोतको खाँचोसम्म सबै थोकबाट प्रभावित हुन्छौ उनि भन्छन् । उनको संरक्षण कलाको विरोध पनि हुँदै आएको छ । त्यहाँको स्थानीय नगरमा यहुदी समुदायले उनले कला प्रदर्शन गरेकोमा विरोध गरेका छन् । यसले विवाद पनि भएको छ ।
इजरेलको संसदका एक सदस्यले उनको कलालाई प्रतिवन्ध लगाउने प्रयास गरेका थिए । मानिसले आपत्ति जनाउँदा, आप्नो नाममै विधेयक ल्याएको देख्दा आफू भाग्यशाली अनुभूति गर्ने उनि बताउँछन् । उनि आप्नो कलाकालागि आप्नो जीवनकालमा कम्तीमा एक पटक निर्वस्त्र हुनै पर्ने बनाओस भन्ने चाहान्छन् । उनि यस्तो विधेयकको पक्षमा रहेको बताउँछन् ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …