वायु प्रदूषणमा नेपाल विश्वकै १० औं प्रदूषित मुलुकमा परेको छ । गत सोमबार प्रकासिन वल्र्ड एयर क्वालिटी रिर्पोटमा नेपालको औसत एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ४६ रहेको बताईको छ । यो इन्डेक्स डब्लूएचओको मापदण्डभन्दा ९ गुणाले बढी हो । स्विजरल्याण्न्डस्थित एयर क्वालिटी टेक्नोलोजी कम्पनीले हरेक वर्ष विश्वभरको एक्यूआई रिर्पोट निकाल्दै आएको छ ।
डब्लूएचओको मापदण्ड अनुसार हावामा पीएम २।५ को मात्रा प्रति घनमिटरमा ५ माइक्रोग्राम वा सोभन्दा कम हुनुपर्छ । स्विवरल्यान्डस्थित एयर क्वालिटी टेक्नोलोजी कम्पनीले हरेक वर्ष विश्वभरको एक्यूआई रिर्पोट निकाल्दै आएको छ । सन् २०२० को रिर्पोटमा नेपाल १२ औं स्थानमा थियो । रिर्पोटमा नेपालको एक्यूएआई ३९।२ थियो भने काठमाडौंको ३९।२ थियो ।


विश्वकै सबैभन्दा बढी प्रदूषित मुलुकको पहिलो सूचीमा बंगलादेश छ भने प्रदूषित सहरमा भारतको राजधानी नयाँ दिल्ली छ । प्रतिवेदनमा विश्वका ११७ मुलुकका विभिन्न ६ हजार ४७५ सहरबाट प्राप्त तथ्यांकलाई आधार तयार गरिरहेको हो । प्रतिवेदनमा एसियाका १ हजार ८८७ सहरमध्ये ४ वटाले मात्रै मापदण्ड पूरा गरेका छन् । दक्षिण एसियामा विश्वका प्रदूषित ५० सहरमध्ये ४७ वटा रहेको प्रतिवेदनमा भनिएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषणका कारण विश्वमा हरेक वर्ष ७० लाख मानिसहरुको मृत्यु हुने गर्छ । वायु प्रदूषणका कारण क्यान्सर, फोक्सो, मुटु सम्बन्धीको रोग लाग्ने गरेको छ । प्रतिवेदनमा सन् २०२१ म मात्रै पीएम २।५ पार्टिकल्सका कारण ५ वर्ष कम उमेर भएका ४० हजार बालबालिकाहरुको मृत्यु वायु प्रदूषणसँगै सम्बन्धित रहेको उल्लेख छ ।

प्रदूषण घटाउन वैकल्पिक उर्जाको प्रयोगमा जोड दिँदै उत्सर्जन घटाउनुपर्ने सुझाव विश्व स्वास्थ्य संगठनले दिएको छ । विद्युतीय सवारीको प्रयोगसँगै वैकल्पिक उर्जा प्रयोगमा जोड दिनुपर्ने प्रतिवेदनमा भनिएको छ । ब्याट्रीबाट चल्ने सवारी साधनहरुमा सहुलियतको व्यवस्था, सर्वाजनिक सवारी साधनहरुमा वैकल्पिक उर्जाको प्रयोगबाट गर्नुपर्ने उल्लेख छ ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…
नेपालमा बाघको संख्या कति छ भन्ने तथ्यांङ्क सकलन गरी संरक्षणमा योजना बनाउन पुस ३ गते देखि सुरु भएको बाघ…