
पर्वत जिल्लाको थापथाना क्षेत्रमा गुँड बनाई प्रजनन गरेको एक वयस्क सेतो गिद्ध आहार र विचरणका लागि अधिकांश समय पोखरामा बिताउँथ्यो। ढाडमा स्याटेलाइट ट्याग लगाइएको उक्त गिद्धले बचेरा हुर्काइसकेपछि २०८२ कार्तिक १० गते आफ्नो वासस्थान छोड्दै पोखरातर्फ यात्रा सुरु गर्यो।
पोखराको दोभिल्ला र आसपासमा करिब एक हप्ता बिताएपछि कार्तिक १७ गते उसले लामो दूरीको उडान लियो। त्यसै दिन करिब १०० किलोमिटरको हवाई दूरी पार गरी अर्घाखाँचीको सन्धिखर्कमा बास बस्यो। भोलिपल्ट ११६ किलोमिटर उड्दै भारतको उत्तरप्रदेशस्थित लालनगर पुग्यो। दुई दिनपछि करिब ८५ किलोमिटर यात्रा गरी नानपरा क्षेत्रमा पुगेको यो गिद्ध शाह पोल्ट्री फार्मलगायत सिनो र मासुजन्य फोहोर फाल्ने स्थान वरिपरि करिब दुई महिना बस्यो।
पुस २४ गते नानपरा छोडेर नजिकैको तिकुइया, राप्ती नदीको बगर क्षेत्रमा पाँच दिन बिताएपछि पुनः यात्रामा निस्कियो। पुस ३० गते कोइलाबास हुँदै नेपाल फर्किएर करिब ८५ किलोमिटर उडेर दाङको गढवामा बास बस्यो। भोलिपल्ट माघे सङ्क्रान्तिका दिन दाङको लालमटियास्थित जटायु रेस्टुरेन्ट क्षेत्रमा समय बितायो। माघ २ गते फेरि उडान भर्दै करिब १३० किलोमिटरको दूरी पार गरी दाङ, अर्घाखाँची र गुल्मी हुँदै स्याङ्जाको पुतलीबजार पुग्यो। भोलिपल्ट ७६ दिन लामो यात्रालाई बिट मार्दै पुनः पोखराको दोभिल्ला क्षेत्रमा फर्कियो।
सेता गिद्ध । फाइल तस्बिर : कृष्ण भुसाल
भुसालले सेतो गिद्धमा विद्यावारिधी गर्दै छन् ।



पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…