
कोरोना कहरपछि फेरि अर्को भाइरसको महामारी फैलन जोखिम बढेको छ । सन् २०१९ मा चीनबाट फैलिएको कोरोनाले धेरैको ज्यान जानुको साथै विश्व अर्थतन्त्रमा नै असर परेको थियो । सन् १९९८ मा पहिलो पटक देखापरेको प्राणघातक निपाह भाइरसको संक्रमण हालै नेपाल नजिकै भारतको पश्चिम बंगालमा देखिएपछि नेपालमा पनि निपाह भाइरस संक्रमणको जोखिम बढेको हो ।
संक्रमण देखिए संगै पूर्वी र दक्षिण एसियाको विभिन्न देशमा उच्च् सतर्कता अपनाउन थालिएको छ । निपाह भाइरस नफैलियोस् भनेर नेपाल, भारत र पूर्वी एसियाका विभिन्न देशले विमानस्थल तथा नाकामा निगरानी बढाएका छन् ।
कसरी हुन्छ निपाह भाइरस संक्रमण ?
सुँगुर र फल खाने चमेरोबाट अन्य जनावरमा सर्ने यो भाइरस सन् १९९८ मा मलेसियामा निपाह भन्ने गाउँमा सुँगुर पालक किसानहरुमा देखिएको थियो । यो भाइरस सिंगापुरमा समेत फैलिएको थियो । निवाह संक्रमणका कारण सय जना मानिसको ज्यान गएको थियो ।

माहामारी फैलिन नदिन त्यहाँको सरकाले त्यतीबेला करिब १० लाख सुँगुर नष्ट गर्न बाध्य भएको थियो । जसका कारण किसानको ठूलो आर्थिक क्षति भएको थियो । सन् २००१ देखि निपाह भाइरसले बंगलादेशमा पनि असर पर्दै आएको छ । निपाह भाइरस संक्रमणका कारण त्यसयता बंगलादेशमा एक सयभन्दा बढी संक्रमितको ज्यान गइसकेको बिबिसीले उल्लेख गरेका छ । बंगलादेश संगै जोडिएका छिमेकी भारतको पश्चिम बंगालमा निवाह संक्रमण पटक पटक देखिएको छ । नेपालसँग सीमा जोडिएको भारतको पश्चिम बंगालको एक अस्पतालमा हालै दुई स्वास्थ्यकर्मीलाई यो संक्रमण देखिएपछि नेपालमा पनि संक्रमण फैलन त्रसा बढेको हो । निपाह भाइरस संक्रमितको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म पाइएको छ । जुन कोरोनाको भन्दा बढी हो ।
निपाह भाइरस संक्रमणविरुद्ध लड्ने खोप र औषधि अझै पनि बनेको छैन् । यसैले अझै चिन्ता बढेको हो । विश्व स्वास्थ्य संगठनले कुनै खोप र औषधि नभएको निपाहलाई कोभिड र जिकाजस्तै महामारी फैलाउन सक्ने रोगहरुको सूचीमा राखेको छ ।
निपाह भाइरस सुँगुर वा फल खाने चमेरा जस्ता पशुपंछीबाट मानिसमा सरेको पाइएको छ । मानिसको शरीरबाट निस्कने तरल पदार्थ वा जुठो वा त्यसबाट संक्रमित खानाबाट सर्ने गरेको पाइएको हो । त्यसैले चमेराले खाएका जुठो फलबाट पनि मानिसमा सरेको हुन सक्ने स्वास्थ्य क्षेत्रमा विज्ञ बताउँछन् । नेपालका वनजंगलमा यस्ता चमेरा प्रशस्त पाइने हुँदा तिनीहरुले यो भाइरस फलफूलमा छाड्न सक्ने भएकोले यस तर्फ सचर्क हुनु पर्ने बताइएको छ ।
लक्षण
निपाह भाइरस मानिसको शरीरमा आएपछि त्यसबाट संक्रमण देखिन ४ देखि १४ दिन लाग्ने स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् । कतिपय अवस्थामा कुने पनि लक्षण नदेखिइकन बिरामी सिकिस्त पनि हुने गरेको जनाइएको छ । विश्व स्वास्थ्य संगठानका अनुसार अधिकांश बिरामीलाई ज्वरो आउने, टाउको दुख्ने, वाकवाक लाग्ने र बान्ता हुन जस्ता सुरुआती लक्षण देखापर्छ । अवस्था बिग्रिन थालेपछि बिरामीलाई सास फेर्न गाहे हुने घातक इन्सेफलाइटिस भएर गिदी सुन्निने जस्ता लक्षण देखापर्छन ।
रोकथाम र उपचार
विश्व स्वास्थ्य संगठनले निवाह संक्रमणबाट जोगिन मानिसलाई चमेरा र बिरामी जनावरबाट टाटा रहन सुझाएको छ । यस्तै गरी फफूल राम्रोरी धोएर र बोक्रा ताछेर खान भनेको छ ।
निवाह संक्रमणविरुद्ध लड्ने खोप वा औषधि अझै नबनेकोले संक्रमित बिरामीलाई आइसियूमा राखेर उपचार गर्न सिफारिस गरिएको छ । उपचारको क्रममा कोभिडको उपचारमा प्रयोग गरिने रेम्डेसिभिर जस्ता औषधि चलाउन सकिने स्वास्थ्य क्षेत्रका विज्ञले बताएका छन् ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…