संस्कृति

पोखरामा धेरै कोदो फलाउने किसानलाई सम्मान गरेर कोदो दिवस मनाइयो

 पोखरा : पोखरामा धेरै  कोदो वर्गका बाली फलाउने किसानलाई सम्मान गरेर प्रथम राष्ट्रिय कोदो दिवस मनाइएको छ । “कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” मूल नाराका साथ कोदो दिवस मनाइएको हो ।   कार्यक्रममा महानगरपालिकामा धेरै कोदो बाली लगाउने चार जना कृषकलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यबाट नगद पुरस्कार सहित सम्मान गरेका थिए । कार्यक्रममा कोदो बालीका जातहरू, कोदोका विभिन्न परिकारहरू समेत प्रदर्शन गरिएको थियो । कार्यक्रम स्थलमै कोदाका परिकारहरूको खाजा व्यवस्था गरिएको यस कार्यक्रममा कोदो बाली तथा जातहरूको प्रदर्शन… पुरा पढौ

पोखरामा सर्प संरक्षणकर्मी सम्मानीत

पोखरामा सर्प संरक्षणमा योगदान दिँदै आएका संरक्षणकर्मीलाई सम्मान गरिएको छ । सर्प संरक्षण समाज नेपालले ८औँ वार्षिक साधारण सभामा सर्प संरक्षण पुरस्कार वितरण गरेको हो ।  देशभरि सर्प संरक्षण, उद्धार तथा जनचेतनामूलक कार्यमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिहरू र संस्थाहरूलाई सम्मान गर्न आयोजित उक्त कार्यक्रममा सर्पको उद्धार गरेर सर्प संरक्षणमा जनचेतना जगाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएका संरक्षणकर्मीलाई सम्मान गरिएको हो ।  सर्प संरक्षण समाज नेपालसँग आबद्ध १० जना सर्प उद्धारकर्ताहरूलाई सर्प उद्धार, जनचेतना तथा संरक्षण अभियानमा विशेष योगदान पुर्‍याएकोले सम्मान गरिएको… पुरा पढौ

सिङ्गो पृथ्वी र मानव स्वास्थ्यकालागि योग

पोखरा  ः“सिङ्गो पृथ्वी र मानव स्वास्थ्यकालागि योग” भन्ने नाराका साथ विश्वभर योग दिवस मनाइएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा पनि योग दिवस मनाइएको छ । भारतीय दूतावासको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय योग दिवस योग अभ्यास गरेर शनिबार मनाइएको हो । पोखरा रङ्गशालाको फुटबल मैदानमा योग दिवस मनाउन ठूलो संख्यामा पोखरेली सहभागी भएका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा पर्यटन विकासमा योग पर्यटन पनि एक महत्त्वपूर्ण रहने बताए । पछिल्लो समय खानपान, व्यवहारले स्वास्थ्यमा असर गरिरहेको अवस्थामा योगले स्वास्थ्य रहन सहयोगी… पुरा पढौ

संरक्षण यात्रा : लाटोकोसेरो कोर्दै बिद्यार्थी

नेपालमा पहिलोपटक गठन गरिएको ‘लाटोकोसेरो क्लब’ले आफ्नो रचनात्मक सुरुवातसँगै वातावरण संरक्षणको सन्देश फैल्याउन सुरु गरेको छ । पोखरा–२५ स्थित हेमजा बोर्डिङ स्कुलमा क्लबको नेतृत्व र ‘प्रकृतिका साथीहरू’ संस्थाको सहकार्यमा आयोजित संरक्षण चित्रकला प्रतियोगिता र सरसफाइ अभियानले बिधार्थी माझ नयाँ ऊर्जा थपेको हो । कार्यक्रमबारे क्लब अध्यक्ष सलिन गौतम भन्छन्, “चित्रकला जस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई सिर्जनात्मक अभिव्यक्तिसँगै जैविक विविधता र वन्यजन्तु संरक्षणप्रतिको गहिरो चेतना प्रदान गर्छ।” बालमैत्री तरिकाबाट संरक्षण चेतना फैलाउन यस्ता गतिविधिहरू निकै प्रभावकारी हुने प्रकृतिका साथीहरू नेपालकी लाटोकोसेरो संरक्षण दूत दीपा… पुरा पढौ

पूर्वराजा ज्ञानेन्द्र पोखरामा

पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखरामा आइपुगेका छन् । काठमाडौंबाट पोखराको पुरानो विमानस्थलमा जहाजबाट ओर्लेका पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न पोखरेलीको भिड विमानस्थल परिसरमा लागेको थियो । विमानस्थलमा पूर्व राजा ज्ञानेन्द्रलाई रातो कार्पेट ओछ्याएर स्वागत गरिएको थियो ।  स्वगत गर्न पुगेका स्थानीयले राजा आउँ देश बचाउ भन्ने नारा लगाएका थिए । जनआन्दोलनको बलमा राजतन्त्र फ्याँकेर गणतन्त्र आएपछि जनचाहाना अनुसार विकास निर्माण र जनताको जीवनस्तर सुधार्ने कुनै काम पार्टीहरूबाट हुन नसकेको पूर्व राजालाई स्वागत गर्न पुगेका स्थानीयले बताएका छन् ।  त्यही असन्तुष्टिका कारण… पुरा पढौ

कोटिहोमकालागि काटिएका वर पिपलका रुखका काठ दाउरा पोखरा महानगरले ग¥यो जफत

पोखरा ः कोटिहोम गर्नकालागि पोखराका चौताराका वर पिपलका रुख काटेर जम्मा गरेका काठ दाउरा पोखरा महानगरपालिकाले जफत गरेको छ ।  अनुमति बिना वर पिपलका रुख ठुटो बनाएर काटेर पोखराको बैदाम स्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको रत्नमन्दिर परिसर भित्र जम्मा गरेर राखिएका काठ, दाउरा पोखरा महानगरपालिकाले बुधबार जफत गरेको हो । मानव सेवा फाउन्डेसनले पोखरामा कोटिहोम चलाउने भन्दै पोखरा १४ का चौताराका रुख मुठारेर ट्रस्टको स्वामित्वमा रहेको बैदाम स्थित फेवाताल किनारको नेपाल ट्रस्टका जमिनमा चाङ बनाएर राखेको थियो ।  सांस्कृतिक महत्वका… पुरा पढौ

कृषिलाई पर्यटन सँग जोड्न फेवा फाँटमा दाइँ महोत्सव

पोखरा ः देश भर दाइँ राखेर धान भित्र्याई सकेको समयमा पोखराको फेवा फाँटमा पर्यटकलाई आकर्षण गर्न दाइँ महोत्सव गरिएको छ । पोखराको फेवा फाँटमा माघ महिनाको पहिलो हप्ता आइतबार दाइँ महोत्सव भएको हो । असारमा लगाएको धान खेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँ पुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजक पोखरा पर्यटन परिषद्का अध्यक्ष तारा पहारीले बताए । फेवा फाँट जेठोबुढो धानकालागि पकेट क्षेत्र मानिन्छ । दाइँ महोत्सवमा ११ वटा गोरु प्रयोग गरेर दाइँ राखिएको… पुरा पढौ

“लुम्बिनी” न्यूयोर्क टाइम्सको विश्वका घुम्नलायक स्थानको सूचीमा

न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको विश्वका घुम्नलायक उत्कृष्ट स्थानको सूचीमा नेपालको लुम्बिनी पनि परेको छ । विश्वका उत्कृष्ट २५ गन्तव्यमध्ये लुम्बिनीलाई विश्वविख्यात पत्रिका न्यूयोर्क टाइम्सले नवौं स्थानमा राखेको हो । ‘प्राचीन तीर्थस्थलमा नयाँ मन्दिर र ध्यान केन्द्रको भ्रमण गर्नुहोस्’ भन्दै न्यूयोर्क टाइम्सले लुम्बिनीबारे संक्षिप्त परिचय समेत राखेको छ । त्यसमा लेखिएको छ( हजारौं वर्ष पहिले मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा बुद्ध सिद्धार्थ गौतमलाई जन्म दिएकी थिइन् । त्यतिबेलाका पुरातन भग्नावशेष र समकालीन बौद्ध केन्द्रहरुले भरिएको तीर्थस्थल भएको छ लुम्बिनी । विनाशकारी… पुरा पढौ

राष्ट्रपति र पूर्वराजाले सर्वसाधारणलाई लगाइदिए टीका र जमरा

राष्ट्रपति र पूर्वराजाले सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका छन् । राष्ट्रपतिभवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई टीका र जमरा लगाइदिए । यसै गरी पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मलनिवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई दशैंको टीका र जमरा लगाइदिएका छन् । शनिबार निर्मलनिवासमा दिउँसो ४ बजेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका हुन् । राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि साढे ३ बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिएपछि सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका हुन् । सर्वसाधारणले राष्ट्रपतिको हातबाट साँझ… पुरा पढौ

पोखराको रिन्जे नाँसामा घरबास प्रवर्द्धन कार्यक्रम

पोखरा १६ रिन्जे नासामा गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ नेपाल) गण्डकी प्रदेशले घरबास प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ । ४५ औँ विश्व पर्यटन दिवसको अवसरमा भिटोफ गण्डकीले घरबास प्रवर्द्धन कार्यक्रम गरेको हो ।  हिमाल, पहाड र तराई मिलेर बनेको सुन्दर नेपालमा तराई देखि हिमाल सम्म पर्यटककालागि घरबास सेवा सुरु भएका छन् । घरबास सेवा सबैभन्दा धेरै पहाडमा बढी सञ्चालनमा छन् । गाउँको उत्पादन, वातावरण र प्रकृतिसँग रमाउन चाहानेकालागि घरबास सेवा उत्कृष्ट गन्तव्य बनिरहेको छ । गाउँ पर्यटन प्रवद्धनकालागि घरबास (होमस्टे)… पुरा पढौ