वन्यजन्तु

बँदेल मार्न थापेको पासोमा परी एकै परिवारका तीनको मृत्यु

बँदेललाई मार्न थापेको विद्युतीय पासोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् । ठाकुरबाबा नगरपालिका–३ का ३२ वर्षीय बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको पासोमा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो । गए राति १० बजेतिर एक जनालाई करेन्ट लागेको थियो । बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।… पुरा पढौ

ढोरपाटनमा सिकार खेलाउने तयारी

ढोरपाटन सिकार आरक्षमा सिकार खेलाउन पाँच कम्पनीले दरभाउपत्र बुझाएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत भदौ १७ गतेदेखि शुक्रबारसम्मलाई दरभाउपत्र पेश गर्न समय तोकेको थियो । विभागका अनुसार सिकार कम्पनी नेपाल ट्राभल एक्पिडिसन, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्स, हिमालयन सफारिज र ग्लोबल सफारिजले बोलपत्रमा भाग लिएको हो । बोलपत्रको प्रक्रिया पूरा गरेपछि मात्र कम्पनीले सिकारका लागि अनुज्ञापत्र पाउँछन् । प्रतिस्पर्धाबाट शिकार गराउनका लागि हरेक शिकार याममा विद्युतीय बोलपत्र आव्हान गर्ने गरिएको विभागका सूचना अधिकारी हरिभद्र… पुरा पढौ

राजमार्गमा बाघ : त्रासमा स्थानीय

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुुम सडकखण्डमा मान्छे खाने बाघ देखिएपछि स्थानीयवासी त्रसित हुन पुगेका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट निस्किएका दुई पाटेबाघ दिनहुँजसो सडकमा देखिने गरेका कारण स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी गाउँपालिका–१ का वडाध्यक्ष चन्द्रबहादुर वलीले बताउनुभयो । उहाँका अनुसार अहिले बाँकेको गाभर, कुसुम, सौंरीगाउँका बासिन्दा बाघ आएर झम्टिने डरले त्रसित अवस्थामा छन् । स्थानीय बासिन्दाले दिउँसै बाघ गाउँ नजिकै राजमार्गमा ओहोरदोहोर गरिरहेकाले दैनिक काम गर्नसमेत नसकेको अवस्था छ । गत आइतबार ४५ वर्षीय एक पुरुषलाई महेन्द्रराजमार्गअन्तर्गत पर्ने गाभर… पुरा पढौ

सुदूरपश्चिममा वन्यजन्तु उद्धार केन्द्र नहुँदा समस्या

गत वर्ष चैत तेस्रो साता कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको नेपाल–भारत सीमामा एउटा पाटे बाघ घाइते अवस्थामा भेटियो । सिकारीको पासोमा परेर सीमा क्षेत्रमा घाइते अवस्थामा भेटिएको बाघलाई बचाउन सकिएन । बर्दियाबाट आएको उद्धार टोली महेन्द्रनगर पुग्न नपाउँदै बाघको मृत्यु भयो । शुक्लाफाँटाको घाइते बाघ त एउटा प्रतिनिधिमुलक घटना मात्रै हो, सुदूरपश्चिमका राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय वनमा वन्यजन्तुको उद्धार गर्न यहाँ अहिलेससम्म उद्धार केन्द्र नै छैन् । “बाघ पासोमा परेर घाइते भएकै दिन उद्धार गर्न सकिएको भए बचाउन सकिन्थ्यो, उद्धार टोली… पुरा पढौ

आईजी नोबेल पुरस्कारः गैँडालाई उत्तानो झुन्ड्याएर गरिएको अनुसन्धान पनि पुरस्कृत

अफ्रिकामा वासस्थान स्थानान्तरणका लागि यसरी जनावरहरूलाई ओसार्ने क्रम निकै बढिरहेको छ । गैंडालाई उत्तानो झुन्ड्याएर जनावरहरूमा कस्तो असर पर्छ भन्नेबारे गरिएको एउटा अनुसन्धानलाई यो वर्षको आईजी नोबेल पुरस्कार प्रदान गरिएको छ। फुटपाथमा टाँसिएका चुइगममा पाइने जीवाणु तथा पनडुब्बीमा साङ्ला नियन्त्रणका लागि अनुसन्धान गर्ने टोलीहरूले पनि यो पुरस्कार हात पारेका छन्। तर "नक्कली नोबल" वा "व्याङ्ग्यात्मक नोबेल" पनि भनिने यो पुरस्कारको ख्याति नोबेल पुरस्कारको जस्तो चाहिँ छैन। हार्भर्ड यूनिभर्सिटीमा हुँदै आएको यो पुरस्कार वितरण कार्यक्रम कोरोनाभाइरससम्बन्धी प्रतिबन्धका कारण यो वर्ष भौतिक… पुरा पढौ

बाघको आक्रमणबाट एक भारतीय नागरिकको मृत्यु

बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी सोमबार एक भारतीय नागरिकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँँपालिका–१ गाभरगाउँस्थित निकुञ्जभित्र पर्ने जङ्गल क्षेत्रमा बाघले आक्रमण गर्दा ५५ वर्षीया पुरुषको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेको नाम, थर खुल्न नसेकको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहको भनाइ छ । उनको शवलाई बाँके राष्ट्रिय निकुञ्जमा ल्याएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताउनुभयो । बाघको आक्रमणमा परेर मृत्यु भएको थाहा हुनासाथ निकुञ्जका कर्मचारी, नेपाली सेना र प्रहरी… पुरा पढौ

एकसिङ्गे गैँडा संरक्षणमा चुनौती

बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको लोपउन्मुख एक सिङ्गे गैँडा संरक्षणमा चुनौती रहेको छ । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिको असर गैँडा संरक्षणमा पर्न थालेको छ । गैँडाका चरिचरन क्षेत्रमा वनमारालगायत मिचाहा प्रजातिका वनस्पति झाङ्गिँदै गएकाले आहाराको समस्या चुनौतीका रूपमा देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । निकुञ्जसहित मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा गैँडाले बासस्थान बनाएका छन् । बर्दियामा पाँगो माटोको समस्या छ । यस्तो माटो घट्दै गएको पाइन्छ । गैँडालाई आहालमा बस्नुपर्ने भएकाले पोखरी तथा घोल आवश्यक पर्छ । कर्णाली–गेरुवा… पुरा पढौ

चितवन राष्ट्रिय निकुञ्जमा अर्ना मृत फेला

चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुरस्थित खुला खोरमा राखिएको एउटा अर्ना मृत अवस्थामा फेला परेको छ । मृत्युको कारण खुल्न सकेको छैन । निकुञ्जले आज जारी गरेको सूचनामा शुक्रबार पोथी बयस्क अर्ना मृत फेला परेको उल्लेख छ । सोही खोरमा अन्दाजी दुई दिन अगाडि जन्मिएको अर्नासमेत फेला परेको छ । खोरमा १२ अर्ना थिए । यस निकुञ्जमा १२ कोशी टप्पु वन्यजन्तु आरक्षबाट र ३ चिडियाखानाबाट स्थानान्तरण गरी जम्मा १५ वटा अर्ना ल्याईएको थियो । यहांँ ल्याएपछि ७ वटा बच्चा जन्मिएका छन्… पुरा पढौ

५० वर्षपछि अन्नपूर्ण क्षेत्रमा देखिन थालेका जङ्गली बँदेलहरूको अर्थ के हुन्छ ?

पृष्ठभूमि ‘त्यतिखेर निकै सिकार गरिन्थ्यो l कुकुरको सहायताले गाउँले सिकार खेल्न निस्कन्थे l बिसं २०२५ साल तिरको कुरा हो l कास्कीको तत्कालीन पार्चे गाविसमा हामीले एउटा अजङको भाले बँदेल मारेका थियौँ l त्यो एउटा वीर (जङ्गली बँदेलको ठूलो भाले) मरे पछि हामीले कहिले पनि बँदेल देखेनौँ l सायद त्यो नै अन्तिम थियो होला’ यो अनुभव कास्की जिल्लाका तत्कालीन पार्चे गाविसका झलक बहादुर गुरुङले केही वर्षअघि अनुभव बाँडेका थिए l सोही क्षेत्रका सोही समयका नामुद सिकारी तथा स्थानीय वन्यजन्तु विज्ञ मेजा… पुरा पढौ

अन्नपूर्ण क्षेत्रमा भेटिए लोप भएको अनुमान गरिएको जङ्गली बँदेल

लोप भएको अनुमान गरिएको जङ्गली बँदेल अन्नपूर्ण संरक्षण क्षेत्रकाे मादी गाउँपालिकामा क्यामेरा ट्यापिङ्गमा तस्बिर कैद भएपछि संरक्षणकर्मीहरूमा  खुसी छाएकाे छ l यस क्षेत्रमा पहिले अभिलेख भएर पनि करिब ५० वर्ष सम्म नदेखिएकाे जङ्गली बँदेल स्वचालित क्यामेरामा कैद भएपछि संरक्षणकर्मीहरूमा  खुसी छाएकाे हाे । अन्नपूर्ण क्षेत्रको कास्की जिल्ला अन्तर्गत मादी गाउँपालिकामा अभिलेख गरिएको जङ्गली बँदेल करिब ५० वर्षपछि पुनरागमन भएको स्थानीयले बताएका छन् l यत्रो लामो समयसम्म बँदेल कता लुकेको थियो भनेर स्थानीयहरू अचम्मित छन् । स्थानीय गेहेन्द्र गुरुङले आफु सानै… पुरा पढौ