स्वास्थ्य

नेपालमा हैजाविरुद्धको साढे दुई लाख मात्रा खोप आइपुग्यो

हैजा प्रभावित क्षेत्रका लागि नेपालमा हैजाविरुद्धको खोप आइपुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ओरल कलेरा भ्याक्सिनुको साडे २ लाख ५२ हजार ३६३ डोज खोप कतार एयरलायन्सको विमानबाट आइतबार नेपाल आइपुगेको हो । विश्वा स्वास्थ्य संगठन गाभी र युनिसेफको ग्लोबल स्टल पाइलुमा रहेको उक्त खोप युनिसेफको सप्लाई डिभिजन नेटजर्क हुँदै नेपाल आइपुगेको हो । हैजा विरुद्धको खोप कपिलवस्तुका पाँच वटा नगरपालिकामा पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । पुरा पढौ

फ्रान्समा कोभिडको ‘पाँचौ लहर’ फैलियो

पेरिस : फ्रान्सका स्वास्थ्य मन्त्रीले देशमा कोभिड १९ को पाँचौ लहर फैलिएको बताएका छन्। स्थानीय सञ्चारमाध्यमसँग बोल्दै स्वास्थ्यमन्त्री ओलिभर भि¥यानले पाँचौ लहरको कोभिड संक्रमण फैलिएको बताएका हुन्। ‘विभिन्न छिमेकी मुलुकहरुमा यसअघि नै कोभिडको पाँचौ लहर फैलिसकेको छ। हामीले पनि फ्रान्समा पाँचौ लहरको सुरुवाती अनुभव गरिरहेका छौँ’, टीएफवान् टेलिभिजनसँगको अन्र्तवार्ता उद्धृत गर्दै रोयटर्सले भनेको छ, ‘पाँचौ लहर पहिलेको तुलनामा निकै हानिकारक भएकोले सबै सचेत रहनुहोला।’  फ्रान्सको स्वास्थ्य मन्त्रालयमा बुधबारसम्म पाँचौ लहरका करिब ११ हजार ८८३ नयाँ संक्रमित फेला परेका छन्। बिहीबार… पुरा पढौ

कोभिडविरुद्ध फाइजरको खाने औषधि ‘८९ प्रतिशत प्रभावकारी’

अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले कोभिड बिरामीका लागि आफूले विकास गरेको खाने चक्की अस्पताल भर्ना हुनुपर्ने वा मृत्यु हुने सम्भावनालाई रोक्ने कुरामा ८९ प्रतिशत प्रभावकारी देखिएको जनाएको छ। अवस्था गम्भीर हुने उच्च जोखिममा रहेका बिरामीहरूले कोभिडका लक्षण देखिनासाथ यो चक्कीको सेवन गर्नुपर्ने बताइएको छ। पाँच दिनसम्म दिनहुँ तीनवटा चक्की सेवन गर्नुपर्ने हुन्छ। फाइजरले उक्त चक्कीको आपत्‌कालीन प्रयोगका लागि अनुमति दिन अमेरिकी नियामक निकायमा निवेदन समेत दिइसकेको छ। अनुमति दिन निवेदन उसको प्रतिद्वन्द्वी कम्पनी मर्कले पनि आफूले विकास गरेको मोल्न्यूपिरभीर चक्कीलाई… पुरा पढौ

पोखरामा बालबालिकामा श्वासप्रश्वासमा असर गर्ने भाइरस देखियो, अस्पतालमा बढ्यो चाप

पोखरा : बालबालिकामा श्वासप्रश्वासमा असर गर्ने भाइरसको सङ्क्रमण देखिएपछि पोखराका अस्पतालमा बिरामी बालबालिकाको चाप बढेको छ । गत भदाै १५ देखि पोखराको सबैभन्दा ठुलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा श्वासप्रश्वासमा समस्या देखिएर उपचार गर्न आउने बालबालिकाको संख्या बढेको हो ।  पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा रुघा, खोकी, छिटोछिटो श्वास फेर्ने , ज्वरो आउने समस्या देखिएर अस्पताल भर्ना हुने बालबालिकाको संख्या बढेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका बाल रोग विभाग प्रमुख एवं वरिष्ठ बाल रोग विशेषज्ञ डा रामचन्द्र बास्तोलाले बताए ।बालबालिकामा निमोनिया, कोखा हान्ने,… पुरा पढौ

चीनबाट थप १० लाख डोज खोप नेपाल आइपुग्यो

चीनबाट खरिद गरिएको थप १० लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप बुधबार बिहान काठमाडौं आइपुगेको छ । नेपाल र चीन सरकारबीच कोभ्याक्स कष्ट सेयरिङ अन्तरगत ५९ लाख डोज खरिद गर्ने सम्झौता भएको थियो । सोही सम्झौता अनुसार पहिलो लटको खोप आएको हो । खोप आएसंगै अव केही दिनभित्र लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीन सरकारले पटक पटक नेपालाई यसअघि कोरोनाविरुद्ध खोप उपलब्त्र गराएको थियो । पुरा पढौ

पछिल्लाे २४ घण्टामा थप ५१३ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

कोरोना संक्रमण नियन्त्रण गर्न लगाईएको लकडाउन हटेपछि यति बेला कोरोना अघिको जस्तै जीवन शैली देखिन थालेको छ । भिडभाडमा पनि मास्क नलगाई हिड्नेको संख्या बढ्दो क्रममा छ । यति नै बेला पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,९७२ पीसीआर परीक्षणमा ४३८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । यस्तै गरी १,९४९ एन्टिजेन परीक्षणमा ७५ जना गरी ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको… पुरा पढौ

नेपालमा २८.२ प्रतिशतले लगाए कोरोनाको खोप

नेपालमा हालसम्म कुल जनसंख्याको २८.२ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ८५ लाख ६२ हजार ३ सय ६५ जाले पहिलो मात्रा खोप लगाइसकेका छन् ।  यस्तै ६४ लाख ८५ हजार ९ सय २३ जनाले पूर्ण मात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा  कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना रहेको छ । विभिन्न चरणमा कोभिड विरुद्धको खोप लगाउने क्रममा पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बृद्धबृद्धालाई खोप लगाइएको थियो… पुरा पढौ

चीनले नेपाललाई थप २० लाख डोज कोरोना खोप दिदै

चीन सरकारले नेपाललाई थप २० लाख डोज कोरोना खोप दिने भएको छ । परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यीबीचको कुराकानीका क्रममा वाङले नेपाललाई अनुदानस्वरुप थप २० लाख डोज कोरोना खोप दिने घोषण गरेको बताइएको छ । दुई देशका परराष्ट्रमन्त्रीबीच १ घन्टा टेलिफोनमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कुराकानीका क्रममा परराष्ट्रमन्त्री खड्काले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बनाएका थिए । मन्त्री खड्काले नेपालको आर्थिक विकासमा चीनले गरेको सहयोग प्रशंसनीय भएको बताएका थिए । मन्त्री खड्काले… पुरा पढौ

कोभिड १९ : बेलायतको यात्रा प्रतिबन्धात्मक सूचीबाट हट्यो नेपाल

बेलायत सरकारले कोरोना महामारीका कारण विश्का धेरै देशलाई रातोसूचीमा राखेकोमा नेपाललाई हटाएको छ । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमित रुपमा हेरफेर गर्ने तालिका अनुसार बेलायत सरकराले नेपाल सहित ४७ देशलाई रानोसूचीबाट हटाएको हो । रातोसूचीबाट हटाए संग सोमबार (असोज २५) गते देखि लागू हुने भ्रमणसम्बन्धी गतिविधि अन्तर्गत प्रकाशित सूचनामा उल्लेख गरिएको छ । अझै ७ देशलाई भने बेलायत सरकारले रातोसूचीमै राखेको छ ।बेलायत सरकारले विश्वका ३७ देशलाई ती देशमा लगाइएका कोभिड खोपलाई समेत मान्यता दिएको जनाएको छ । ती देशबाट बेलायत प्रवेश… पुरा पढौ

एसिड पीडित मुस्कानको उपचारका लागि मेयर सरावगीद्वारा २ लाख सहयोग

वीरगञ्ज महानगरपालिका नगरप्रमुख विजय कुमार सरावगीले एसिड पीडित मुस्कान खातुनको उपचारका लागि नगद २ लाख रुपैयाँ सहयोग गरेका छन् । मेयर सरावगीले आफ्नो पारिश्रमिकबाट स्थापना गरेको मेयर कल्याणकारी कोषबाट उक्त रकम बराबरको चेक आइतबार आफनै कार्यकक्षमा बोलाएर मुस्कानलाई प्रदान गरेका हुन् । मुस्कानका अनुसार, एसिड प्रहारले घाँटी, पेट र छातीमा भएको घाउको तत्कालै शल्यक्रिया गर्नुपर्नेछ । त्यसका लागि ३ लाखभन्दा बढी खर्च लाग्ने भएको छ । तर, मुस्कानसँग त्यति रकम नभएको खबर पाएपछि नगर प्रमुख सरावगीले आइतबार उनलाई दुई लाख… पुरा पढौ