समाचार

पुस्तकालय दिवसमा पुस्तक आदानप्रदान

पठन संस्कृतिको विकासमा क्रियाशील संस्था र्‍यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर सत्रौँ पुस्तकालय दिवस शनिवार पोखरामा मनाएको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा युवा साहित्यकार त्रिवेणीले पुस्तकालयको महŒव र पठन संस्कृतिसम्बन्धी धारणा राखेका थिए । जुन देशमा पठन संस्कृतिको विकास भएको हुन्छ, त्यो देश वास्तविक रूपमा समृद्ध बन्ने उनको भनाइ थियो । ज्ञान निर्माणको प्रणालीमा पुस्तकालयको विशेष भूमिका रहने भन्दै उनले स्थानीय तहदेखि प्रदेश हुँदै सङ्घीय तहका सरकारले पुस्तकालय विकासमा विशेष लगानी गर्नुपर्ने विचार राखे । पुस्तकालय… पुरा पढौ

वन पैदावर सामग्रीमा लगाएको ३० प्रतिशत कर तत्काल लागु नगर्न आदेश

गण्डकी प्रदेश सरकारले वन पैदावर सामग्रीमा लगाएको ३० प्रतिशत कर तत्काल लागु नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । गण्डकी प्रदेश सरकारले वन ऐन बनाएर सामुदायिक वनमा रहेका वन पैदावर सामग्री बाहिर बिक्री गर्दा ३० प्रतिशत कर लगाउने प्रावधान बनाएपछि सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश खारेजीको माग गर्दै सर्वोच्च अदालत गएको थियो । गण्डकी प्रदेश सरकारलाई विपक्षी बनाएर महासंघले हालेको रिटमा सर्वोच्चका प्रधानन्यायाधीस विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधिसहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संवैधानिक… पुरा पढौ

टेकनाथ स्मृति समारोह : मानवअधिकार रक्षा , प्राकृतिक स्रोत संरक्षण, राजनीतिक परिवर्तनमा पुर्‍याएको योगदानको चर्चा

मानव अधिकारकर्मी टेकनाथ बरालको प्रथम स्मृति सभामा बरालले मानव अधिकार रक्षा, प्राकृतिक स्रोत संरक्षण, विभिन्न कालखण्डमा राजनीतिक परिवर्तनमा पुर्‍याएको योगदानको स्मरण गरिएको छ ।  सभामा बोल्दै परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले बरालले राजनीतिक परिवर्तनकालागि वामपन्थी नेताको रुपमा पु¥याएको योगदानको सम्झना गरे । राष्ट्रियताको रक्षा, सीमा सुरक्षाको सवालमा पनि बराल सक्रियतापूर्वक लागेको उनले सम्झिए । वरिष्ठ अधिवक्ता तिलक पराजुलीले बरालले राजनीतिक परिवर्तन, मानवअधिकार, प्राकृतिक स्रोत संरक्षणमा पु¥याएको योगदानको चर्चा गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, शान्तिकालागि नागरिक समाजको सञ्जाल पोखराका… पुरा पढौ

लाटोकोसेराेकाे अवैध व्यापार नियन्त्रणकालागि सुरक्षाकर्मीलाई तालिम

मुसा खाएर किसानले उत्पादन गरेका अन्नबाली जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने लाटोकोसेरो संरक्षणकालागि पोखरामा सुरक्षाकर्मी, वन मन्त्रालय, डिभिजन वन कार्यालय कास्की लगायतका कर्मचारीलाई तालिम दिइएको छ ।  लाटोकोसेरोको अवैध व्यापार, चोरीसिकारी हुनबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने सुरक्षाकर्मी, वन मन्त्रालय, डिभिजन वन कार्यालयका कर्मचारीलाई तालिम दिइएको हो । तालिममा लाटोकोसेरोको महत्त्व र अवैध व्यापार किन हुन्छ लगायतका विषयमा तालिममा जानकारी गराइएको थियो ।प्रकृतिका साथीहरू नामक संस्थाको आयोजनामा भएको तालिममा हालै कास्की जिल्लाका विभिन्न वडा प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रतिनिधि समेत… पुरा पढौ

मंकीपक्स संक्रमणको जोखिम बढ्यो

विश्व स्वास्थ्य संगठनले दोस्रो आपतकालीन चेतावनी दिएको छ । १४ अगस्ट २०२४ मा विश्व स्वास्थ्य संगठनले दुई वर्षमा मंकीपक्स सम्बन्धी दोस्रो पटक आपतकालीन चेतावनी दिएको हो । यसको अर्थ रहन्छ मंकीपक्स भाइरल नेपालमा पनि फैलन सक्छ । यो भाइरस हालसम्म ७० देशमा फैलिसकेको छ । यसैले मंकीपक्स फैलनु अघि नै सरकार, स्वास्थ्य मन्त्रालय सचेत भएर विदेशबाट आउने पर्यटक र नेपाली समेतली समेतको स्वास्थ्य निगरानीमा विशेष ध्यान दिनु पर्ने छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यहहरुका अनुसार बुरुन्डी, क्यामरुन, मध्ये अफ्रिका, प्रजातान्त्रिक गणतन्त्र कंगो,… पुरा पढौ

तनहुँ बस दुर्घट्नामा २७ जनाको मृत्यु

तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौं जाँदै गरेको बस तनहुँको आँबुखैरेनी गाउँपालिका ४ ऐना पहरास्थित पृथ्वीराजमार्गबाट भारतीय नम्बर प्लेटको गाडी मस्र्याङ्दी नदीमा खसेको थियो दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो । घाइतेको उपचार शिक्षण अस्पतालमा भइरहेको छ । शुक्रबार पोखराबाट काठमाडौं जाँदै गरेको भारतीय पर्यटक बोकेको बसमा ४३ यात्रु सवार रहेको बताइएको छ। पुरा पढौ

बस दुर्घटनामा घाइते भएका भारतीय पर्यटककाे उद्धार गरी काठमाडौं लगियो

तनहुँको आँबुखैरेनी नजिकै ऐनपहरामा बस दुर्घटनामा घाइते भएका १२ जनालाई उद्धार गरी नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएकाे छ। जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घाइते भएका १२ जनालाई सेनाको एमआई १७ मा राखेर काठमाडौं लगिएकाे हो। उनीहरूलाई त्रिवि शिक्षण अस्पतालमा लगिएकाे हो। पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको थियाे । उक्त बसमा सवारमध्ये १४ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।… पुरा पढौ

मुस्ताङको थासाङ गाउँपािलकामा हिमपहिरो, ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

मुस्ताङको थासाङ गाउँपालिकामा हिमपहिरो गएपछि ९ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । धौलागिरी हिमश्रृंखलाको मानापानी हिमालमा हिमपहिरो गएको हो । शुक्रबार दिउँसो गएको हिमपहिरोको कारण थासाङ गाउँपालिका २ का ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेले बताए । स्थानीयलाई सुरक्षा सतकर्ता अपनाउन पनि भनिएको उनले बताए । हिमपहिरोले थुनिएको बोक्सीखोलामा अहिले पानी बग्न थालेको छ । यस अघि थुनिएको खोलामा पानी बग्न थालेकोले थुनिएर एक्कासी ठूलो बाढी आउने जोखिम नहुने विस्वास गरिएको छ ।… पुरा पढौ

कृषि तीज प्रतियोगिताको तयारी

  पोखरामा सातौं कृषि तीज प्रतियोगिताको तयारी गरिएको छ । तीज प्रतियोगिताको ग्राण्ड फिनाले भाद्र १४ गते पोखरामा हुने आयोजकले बताएका छन् । पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय पोखराको संयुक्त आयोजनामा आयोजित सातौं कृषि तीज गीत प्रतियोगिता हुन लागेको हो । गण्डकी प्रदेशका ११ जिल्लाबाट कृषि ज्ञान केन्द्रले पठाएको जिल्लाको उत्कृष्ट टिमहरू बिच पोखरा उद्योगबाणिज्य संघको सभाहलमा ग्राण्ड फिनाले हुने छ । प्रदेश स्तरीय प्रतियोगितामा प्रथम हुने जिल्लाले नगद ३५ हजार साथमा प्रमाण पत्र र दित्तिय हुने जिल्लाले २०… पुरा पढौ

संरक्षण : लाटोकोसेराका लागि कृत्रिम गुँड

सहरीकरण संगै चराका प्राकृतिक बासस्थान र चरा मैत्री पुराना घरहरू हराउँदै गएपछि चराको बासस्थान पुन: स्थापना गर्न कास्की र स्याङ्जा जिल्लामा लाटोकोसेरोकालागि कृत्रिम गुँड बनाइएको छ ।  तीन दशक देखि लाटोकोसेरो लगायत वन्यजन्तु संरक्षण क्षेत्रमा कामगर्दै आएको प्रकृतिका साथीहरू नामक संस्थाले पछिल्लो समयमा सहरबाट लाटोकोसेरो मैत्री घर र बासस्थान हराउँदै गएपछि लाटोकोसेरोकालागि गुँड बनाएको हो । प्रकृतिका साथीहरू नामक संस्थाको सक्रियतामा कास्कीमा ९० र स्याङ्जा जिल्लामा १० वटा गरी १ सय गुँड बनाएर लाटोकोसेरो बढी सक्रिय हुने क्षेत्रमा राखिने संस्थाका निर्देशक… पुरा पढौ