
पोखरामा एक युवा चितुवाको छाला, सालकको खपेटा र आखेटोपहार सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरी टोेलीले चेकजाँचको क्रममा मंगलवार साँझ पोखरा ३१ शिसुवाबाट बनपोखरी तर्फ जाँदै गरेको अवस्थामा २८ वर्षीय एक युवकलाई अबैध चितुवाको छाला, अबैध खपेटा र आखेटोपहार सहित पक्राउँ गरेको हो ।
प्रदेश नम्बर ३–०२–०११ प ७८०६ नम्बरको मोटरसाइकलमा सवार धादिङ गल्छी गाउँपालिका ४ बस्ने वर्ष २८ का सन्तोष लामिछाने पक्राउ परेका हुन् । उनले मोटरसाइकल पछाडी जेब्रा झोलामा लुकाएर ल्याएको अवस्थामा बाघको छाला १ थान, सालकको खपेटा १ थान, बन्यजन्तुको जस्तो देखिने हाड, खुट्टा तथा पंजा गरी ३ केजी ७ सय ५० ग्राम फेला पारी नियन्त्रणमा लिएर थप अनुसन्धान र आवश्यक कारवाहीकोलागि डिभिजन बन कार्यालय कास्की पठाईको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । प्रहरीले बाघको छाला भने पनि चितुवाको छाला रहेको बिज्ञहरुले बताएका छन् । कास्की जिल्ला भित्र बन्यजन्तुको आखेटोपहार अबैध ओसारपोसार तथा कारोवार हुँदै छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो ।
पक्राउ बाघको छाला ८ फिट लम्बाई र ३ फिट चौडाई रहेको प्रहरीले बताएको छ । यसै गरि सालकको खपेटा लम्बाई २ फिट ५ ईन्च र ११ ईन्च चौडाई भएको कास्की प्रहरीले बताएको छ । यस्तै गरी बन्यजन्तुको (बाघ) जस्तो देखिने हाड, खुट्टा तथा पंजा अन्दाजी तीन केजी ७ सय ५० ग्राम भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हमालले जानकारी दिए ।
डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी शालिकराम पराजुलीले जिल्ला प्रहरी कार्यालय कास्कीबाट बाघको छाला, सालकको खपेटा र आखेटोपहार सहित पक्राउ गरिएका लामिछानेलाई डिभिजन वन कार्यालय कास्कीमा बुझाएको बताए । पक्राउ परेको लामिछानेलाई वडा प्रहरी कार्यालय बगरमा राखेर अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए ।
प्रहरीले बाघको छाला भनि उल्लेख गरेको छाला सरसरती हेर्दा चितुवाको जस्तो रहेको डिभिजन वन कार्यालय कास्कीले बताएको छ । चितुवाको हो वा बाघको हो भन्ने एकीन गर्न छालाको स्याम्पल विधि बिज्ञान प्रयोगशाला काठमाण्डौ पठाइने डिभिजन वन कार्यालय कास्कीले बताएको छ । पोखरामा पहिलो पटक सालकको खपेटा समातिएको पनि डिभिजन वन कार्यालय कास्कीले बताएको छ ।
तस्बिर १ ः बाघको छाला, सालकको खपेटा र आखेटोपहार सहित पोखरामा पक्राउ परेका युवा ।
तस्बिर ः कास्की प्रहरी ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…