विदेशी पर्यटकलाई पनि सारङ्गी बजाउन सिकाउथे धनबहादुर


     नेचर न्युज    
     माघ १७ गते २०७७ मा प्रकाशित


पाेखरा : चर्चित लोक गीत ‘यो दाजुको मिर्मिरे आँखा’, बेली र चमेली लगायत गीतका सर्जक धनबहादुर गायककाे निधन भएकाे छ । मनिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा सोमबार बिहान उनकाे निधन भएको हाे ।

धनबहादुर गायक पर्यटकलाई सारङ्गी बजाउन सिकाउँदै ढाका टाेपीमा ।

राष्ट्रिय लोकबाजा र सारंगी संरक्षण पाठशाला प्रतिष्ठानका अध्यक्ष रहेका धनबहादुर अाप्नाे संस्कृति संरक्षणमा निरन्तर लागिरहेका थिए । उनि झलकमान गन्धर्व सारंगी पाठशालाका अध्यक्ष पनि थिए । पाठशालामा युवाहरुलाई सारङ्गी बजाउन सिकाउँथे । २०२१ साल वैशाख ६ मा पोखराको बाटुलेचौरमा उनकाे जन्म भएको थियो । पोखरा महानगरपालिकाले गठन गर्न लागेको प्रज्ञा प्रतिष्ठानमा उनि सिफारिस भएका थिए ।

विदेशी पर्यटकलाई पनि उनले सारङ्गी बजाउन सिकाउथे । धेरै विदेशी पर्यटककाे उनि संग सारङ्गी बजाउने गुरु बने । पर्यटकले नेपाली माैलिक गीत संगीत सिकेर अाप्नाे देशमा पुर्याए । पर्यटकले नेपाली संगीतलाई माया गर्थे र उनिहरु नेपाल अाइरहन्थे ।