
काठमाण्डाै : चीनले नेपाललाई तीन लाख डोज कोरोनाविरुद्ध भ्याक्सिन अनुदानमा उपलब्ध गराउने भएको छ । नेपालस्थित चिनिया दूतावासले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो । दूतावासले नेपाली सरकारी अधिकारीहरुसँग भ्याक्सिन आपूर्तिबारे छलफल भईरहेको जनाएको छ।

चिनीया कम्पनी सिनोफार्म नामक कम्पनीले उत्पादन गरेको कोरोना विरुद्धको भ्याक्सिन नेपाललाई दिन लागेको बताइएकाे छ । हालै चीन सरकारले उक्त भ्याक्सिन उत्पादनको लागि अनुमति दिएको थियो । यस अघि भारतले नेपाललाई १० लाख डोज कोरोना भ्याक्सिन अनुदान दिने घाेषणा गरेकाे थियाे । साेही घाेषणा अनुसार भ्याक्सिन अाइसकेकाे छ । भारतबाट ल्याइएकाे खोप अग्रपंक्तिमा खटिएकाहरू र स्वास्थ्यकर्मीलाई लगाउने काम भइरहेकाे छ ।
भारतमा काेराेनाविरुद्धकाे खाेप अभियान सुरु भएकाे एक सातापछि नेपाललाई भारतले अनुदान स्वरुप खाेप दिएकाे हाे । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले माघ २ देखि ४ गतेसम्म भारत भ्रमण गरेकाे अवसरमा काेराेनाविरुद्धकाे खाेपका लागि सहयाेग गर्ने भारतले बताएकाे थियाे ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…