
पोखरा ः वन बिज्ञान अध्ययन संस्थान पोखराको प्रयोगशालाबाट चोरी भएको वन्यजन्तुका ओखटोपहार जंगलमा फेला परेको छ । पोखरा १५ टुटुङ्गामा रहेको वन बिज्ञान अध्ययन संस्थानको प्रयोगशालाबाट माघ ९ गते अखेटोपहार चोरी भएको थियो ।

प्रयोगशालाबाट चितुवाको छाला ४ थान, चितुवाको दाँतहरु, अन्य हाड अखेटोपहार चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबराजबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा मंगलबार (माघ २० गते) चोरी भएको स्थानबाट ४ सय मिटर पश्चिम वनपाले जंगल घाटको पंधेरोमा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।
अखेटोपहार ल्लाष्टिक, जुटको बोरा र पछाडी बोक्ने कालो झोला भित्र बेवारिसे अस्थामा फेला परेको प्रवक्ता हमालले बताए । यस चोरीको घटनाको थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए । चोरी गर्ने व्यक्तीको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हमालले बताए ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…