
फेवातालको बाँध २०३५ साल पछि पहिलो पटक मर्मत गरिदै
पोखराको फेवातालको बाँध २०३५ साल पछि पहिलो पटक मर्मतसम्भार गर्न बाँध खोलीएको छ । लामो समय सम्म बाँध मर्मत नहुँदा पानीको चुहावट भएको थियो भने बाँधको तल्लो तट कम्जोर बनेको छ । बाँध मर्मत गर्न शनिबार राति देखि बाँध खोल्दा तालको पानीको सतह एक मिटर घटेको छ ।
बाँध मर्मत गर्न तालको सतह २ मीटर सम्म घटाउनु पर्ने भएकोले शनिबार देखि बाँध खोलीएको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका प्रमुख इन्जिनियर किरण आचार्यले जानकारी दिए । बाँधको गेटको रबरसिल्ड लामो समय सम्म नफेरिएकोले पानी धेरै चुहावट भएको उनले सुनाए । बाँधको डाउन स्टिमको प्रोटेक्सनको काम पनि संगसंगै गरिने जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका प्रमुख आचार्यले जानकारी दिए ।

१ करोड लागतमा ड्याम मर्मत गर्न लागिएको हो । संगसंगै १ करोड लागतमा फेवा सिचाई प्रणालीको काम पनि हुने आचार्यले बताए । फेवातालको पानीबाट ६ से हेक्टरमा सिचाई हुँदै आएको पनि उनले जानकारी दिए । फेवातालबाट बगेर गएको पानीले पाताले छाँगो बनेको छ । गुप्तेश्वर पनि तालको पानीले खोदलेर बनेको हो । तालको पानीबाट बिजुली पनि निकालीएको छ ।
बाँधको काम गर्न एक महिना लाग्ने र सोमबार देखि फेवाको पानी पूर्न रिर्चाज हुने पनि उनले बताए । फेवातालको बाँध खोलीदा पानीको सतह घटेर ताल अहिले साँगुरिएको छ । ताल अचानक घटेपछि पानी किन घट्या भनेर फेवातालको बाराहीघाट, क्याम्पीङचोक, ड्यामसाइड पुगेर पोखरेलीले तालको अवलोकन गर्नेको शनिबार भिड लागेको थियो ।

तालको पानी खोल्दा जलारी समुदायले केजमा पालेको माछालाई असर गरेको छ । तालको पानीको सतह घटेपछि ताल किनारमा रहेका केज तालको गहिराई तर्फ सार्दा १६ केजी बढी माछा मरेको स्थानीय इन्द्र जलारीले जानकारी दिए । मेरो मात्र ५ वटा केज सार्न प¥यो उनले भने । सबैको गरि १० वटा केज सार्नु परेको हर्पन फेवा मत्सय सहकारीका अध्यक्ष समेत रहेका इन्द्र जलारीले जानकारी दिए । तालको बाँध खोलीदै छ भन्ने बारेमा आफुहरु सूचना नै नपाएको पनि उनले बताए । फेवाताल किनारमा ९२ घर धुरी जलारी समुदाय रहेका छन् । उनिहरुले तालमा पछिल्लो समयमा ९० केजमा माछापालन गर्दै आएका छन् । ३ वर्ष अघि सम्म १८० केजमा माछा पाल्दै आएका जलारी समुदायले पछिल्लो समयमा वर्षा मौषममा तालको मुहान क्षेत्रबाट आउने पहिरोले केज नै पुरिन थालेपछि केजमा माछापाल्ने संख्या घटेको इन्द्रले सुनाए ।





प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…