फेरियो वर्ष हटेन वायु प्रदूषण


     नेचर न्युज    
     वैशाख २ गते २०७८ मा प्रकाशित



नेपालको आकाशमा २०७७ चैत महिनाको पहिलो साता देखि देखिएको वायु प्रदूषण र तुवाँलो नयाँ वर्ष २०७८ लाग्दा पनि हटेको छैन् । हिमालको काखमा रहेको पोखरा उपत्यकासहित काठमाण्डौ उपत्यका र देश भर फैलिएको वायु प्रदूषण र तुवाँलो अझै तत्काल हट्न अवस्था नदेखिएको वातावरण क्षेत्रमा काम गरेको विज्ञ बताउँछन् ।

वायु प्रदूषण सुधार नआने देखिएपछि प्रदूण युक्त वायुको कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत १७ गते देखि चार दिन देशभरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो । पर्याप्त पानी नपर्दा वायु प्रदूषण र तुवाँलो अहिले पनि उस्तै गरि आकाशमा ढाकीएको छ ।

पाेखराकाे लेकसाइडमा दिउँसाे पाँच बजे देिखएकाे दृश्य । तस्बिर : कृष्णमणि बराल

नयाँ वर्षको दोस्रो दिन वैशाख २ गते सम्म पनि पोखरा, काठमाण्डौ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण उस्तै छ । लामो समयको खडेरी र प¥याप्त पानी नपर्दा हावा सुक्खा भएको छ । हावाले पानी पार्ने बादलको साटो धूलो र धुँवा लिएर आएकोले प्रदूषण बढेको विज्ञ बताउँछन् । प्रदूषण हट्न आवश्यक वर्षा नहुँदा वायुको गति पनि कम्तीमा आउँदा यो अवस्था देखिएको जल तथा मौषम विज्ञान कार्यालय पोखराका प्रमुख राजारामप्रसाद ढकालले बताए । वछिल्लो समयमा हल्का वर्ष भए पनि वायु प्रदूषण कम भएको छैन् ।

नयाँ वर्ष २०७८ को पहिलो दिन वैशाख १ गते २४ घण्टामा काठमाण्डौंको भैसीपाटीको वायुको गुणस्तर सुचाकांकमा वायु गुणस्तर १७४ देखिएको छ । यसरी गरी रत्नपार्कको १८०, कृतिपुरको १६९ देखिएको छ । पोखराको पोखरा विश्वविद्यालयको वायु गुणस्तर सुचांकांकमा वायु गुणस्तर बैशाख १ गते २४ घण्टामा १८०, गण्डकी बोडिङ पोखराको वायु गुणस्तर सुचाकांकमा वायु गुणस्तर १८२ देखिएको छ । यि सबै शहरका वायु गुणस्तर स्वास्थ्यकालागि हानिकारक अवस्थाको छ । २०७८ को वैशाख २ गते पनि वायुको गुणस्तर उस्तै अवस्थामा रहेको नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयको वातावरण विभागको अनलाईन एयर क्यालीटी मनिटरिङको रिपोटमा देखिएको छ ।

खराब वायुका कारण मानव स्वास्थ्यमा विभिन्न किसिमका समसया देखिन थालेको छ । पोखराको स्थानयिले आँखा पोल्ने टाउको दुख्ने, टाउको झुम्म बनाउने समस्या देखिएको बताएका छन् । पोखरा ५ कि कमला गुरुङले वायु प्रदूषणको कारण आँखा पोल्ने र आँशु आइरहने गरेको सुनाइन् । वायु प्रदूषणको कारण घाँटी दुख्ने, खकार जमेको जस्तो लाग्ने, नाक पोल्ने, चिलाउने जस्ता समस्या हुने बिज्ञहरु बताउँछन् ।

प्रदूषित हावामा विभिन्न खालका हानिकारक ग्यास हुन्छन् । हाइड्रोजन क्लोराइड, कार्बन मोनोअक्साइड, ओजोन, लिड, नाइट्रोजोन डाइअक्साइड, सल्फर आइअक्साइड । यसले स्वासप्रश्वासमा कठिनाइ हुनुको साथै स्वास्थ्यमा नकरात्मक असर पर्न सक्छ । फोक्सो, एलर्जी र मुटुका रोगका समस्या भएका व्यक्तिहरु बढी सजग रहनु पर्छ । लामो समय हिउँदे खडेरी परेकोले चैतमा देशैभर एकै दिन ५ सय बढी स्थानमा डढेलो लागेको थियो । अझै पनि डढेलो लाग्ने क्रम रोकीएको छैन् ।

वायु प्रदूषणको असर
पोखरा पाँच नबज्दै अध्यारो

वायु प्रदूषणको कारण चैतको पहिलो साता देखि नै नेपालभर तुवालो लागेको छ । तुवालोको कारण भिजिविलीटी कम हुँदा नियमीत उडान हुनु पर्ने जहाज पनि उडेका छैनन् ।

पाेखरा महानगरपालिकाले जारी गरेकेा सूचना ।

यसै क्रममा बिहीबार पोखरा दिउँसै अध्यारो भएको छ । पाँच नबज्दै पोखरा अध्यारो भएको हो । बिहीवार पोखराबाट उडान हुने र अवतरण हुने कुनै पनि जहाज भिजिविलीटक कम हुँदा उडेनन् । सामान्सय अवस्थामा नियमीत पोखराबाट २५ उडान हुन्थ्यो । बिहीबार भिजिविलीटी कम हुँदा कुनै पनि उडान नभएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले बताए । जहाज उडान हुन भिजिविलीटी ५ हजार हुनु पर्छ । पोखरामा बिहीबार ३ हजार भिजिविलिटी सम्म भयो । त्यसपछि १५ सयमा पुगेर रोकीएको सुवेदीले बताए ।

पोखरामा बिहीबार ४ बजेर ५० मिनेट जाँदा भएको अध्यारो ।
तस्बिर ः कृष्णमणि बराल