
कोरोना संक्रमणको त्रासले वैशाख मसान्तभित्र विद्यालयस्तरीय वार्षिक परीक्षा सक्ने तयारीमा कास्कीका विद्यालय छन् । छिमेकी भारतमा कोरोना संक्रमणको दोस्रो लहरले स्वास्थ्य प्रणाली नै ध्वस्त बनाइदिए पछि नेपालमा पनि पछिल्ला समयमा संक्रमण बढ्न थालेको छ । नेपालसँग सीमा जोडिएका भारतका उत्तर प्रदेश र बिहारमा पनि संक्रमण तीव्र छ। प्रदेश २ मा कोरोना संक्रमणको दोस्रो लहरमा ५० प्रतिशतमा संक्रमण देखिएको छ। पहिलो लहरमा अधिकतम २० प्रतिशत नमुनामा मात्रै पोजेटिभ देखिन्थ्यो।
देशभर कोरोना भाइरस संक्रमणको जोखिम बढ्न थालेपछि पोखरा महानगरपालिकाले वैशाख मसान्तभित्र विद्यालयस्तरीय वार्षिक परीक्षा सक्न महानगरभित्रका विद्यालयलाई निर्देशन दिएको छ। महानगरपालिकाभित्रका संस्थागत तथा सामुदायिक सबै विद्यालयको वार्षिक परीक्षा वैशाख मसान्तभित्र सकिने महानगरपालिकाले जनाएको छ।
महानगरको आइतबार बसेको बैठकले वैशाख १० गतेपछि विद्यालयले वार्षिक परीक्षा लिन सक्ने निर्णय गरेको छ । वैशाख मसान्तभित्र सक्नेगरि तालिका बनाएर कुनै पनि विद्यालयले परीक्षा लिन सक्ने शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले बताए । कोरोना संक्रमणको जोखिम बढेकाले वैशाख मसान्त्रभित्र परीक्षा सक्नेगरी विद्यालयलाई महानगरपालिकाले भनिसकेको छ ।
कक्षा ८ को नगरस्तरीय परीक्षा भने पुरानै तालिकाअनुसार जेठ ३ गतेपछि हुने बनाइएके छ । जेठ ३ गतेदेखि हुनेगरी तालिका प्रकाशित भएको कक्षा ८ को नगरस्तरीय परीक्षामा अहिलेसम्म फेरबदल भएको छैन । १० कक्षाको माध्यमिक शिक्षा परीक्षाको निर्णय भने केन्द्रीय निर्णय अनुसार नै हुने छ । ११ र १२ कक्षाको परीक्षा र पठनपाठनबारे पनि कुनै निर्णय नभएको र परीक्षा तालिका पनि केन्द्रले तोकेअनुसार नै हुने बताइएको छ ।
७ कक्षाभन्दा तल र ९ कक्षाका विद्यार्थीको परीक्षाबारे मात्र महानगरले अहिले निर्णय गरेको उनले बताए। विद्यालयतहमा अध्ययनरत बालबालिकामा संक्रमण बढ्दै गएको भन्दै वैशाख मसान्तसम्म भर्चुअल कक्षा लिनेगरी निर्णय गर्न शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो । सरकारले यसअघि नै कोरोनो अतिप्रभावित जिल्लामा काठमाडौं, कास्की, रुपन्देहीलगायतलाई राखिसकेको छ।
पछिल्लो समयमा पोखराका विभिन्न विद्यालयमा अध्ययनरत केही बालबालिका संक्रमित भए पछि महानगर सचेत भएको हो । केही चल्तीका विद्यालयका बालबालिकामा कोरोनाको संक्रमण पुष्टि भएपछि सञ्चालक र अभिभावक त्रसित छन्। बालबालिकालाई विद्यालय पठाउने वा नपठाउने भन्ने दोधारमा अभिभावक छन् । कास्कीमा १२ कक्षाभन्दा तलका विद्यार्थीको संख्या १ लाख २० हजार छ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…