
बढ्याे काेराेना त्रास
पोखरा : गण्डकी प्रदेशमा पछिल्लो समयमा कोरोना संक्रमणदर बढेसँगै मृत्युदर पनि बढ्न थालेको छ । गण्डकी प्रदेशमा सोमबार कास्की जिल्लामा २ र स्याङ्जा र म्याग्दीमा १/१ गरी ४ जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका २५ का ९१ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएर पोखराको मेडिप्लस अस्पतालमा उपचारकका क्रममा ५:४५ बजे बिहान मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस्तै सोमबार दिउँसो पोखरा १ की ५५ वर्षीया महिलाको पनि उपचारको क्रममा मृत्यु भएको छ । पोखराको मेडिप्लस अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी महिलालाई शनिबार कोरोना संक्रमण पृष्टि भएको थियो । ती महिलालाई कोभिड—१९ डबल म्युटेन्ट देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनायले जनाएको छ ।
यस्तै म्याग्दीको रघुगंगा गाउँपालिका ३ का ७८ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखराको मनिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । स्याङ्जाको वालिङ नगरपालिका १२ का ५८ वर्षीय पुरुषको पनि सोमबार कोरोना संक्रमणबाट मृत्यु भएको छ । लुम्बिनी मेडिकल पाल्पामा उपचारको क्रममा सोमबार मृत्यु भएको उनको शनिबार कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा सोमबार १ बजे सम्म ३७ जना कोरोना संक्रमित थपिएका छन् ।
कास्कीमा २६, म्याग्दीमा ३, स्याङ्जामा ३, तनहुँमा ३, लमजुङ्मा २ जना कोरोना संक्रमित थपिएका हुन् । गण्डकी प्रदेशमा हाल सम्म कोरोना संक्रमितको संख्या १७८३८ पुगेको पनि स्वास्थ्य निर्देशनालयले बताएको छ । पछिल्लो कोरोना पुष्टि भएका सबै संक्रमितलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…