
पाेखरा : कोरोना संक्रमण बढेपछि कास्कीमा बुधबारदेखि एक साता निषेधाज्ञा लगाइने भएको छ । कोरोना संक्रमण फैलावट राेक्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले १५ गते बिहान ६ बजेदेखि २१ वैशाख राति १२ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।
यो अवधिमा एम्बुलेन्स, दमकलसहित अत्यावश्यकबाहेक अरु सबै सवारी साधन आवतजावत बन्द रहने छ । होटल, रेस्टुरेन्ट, डिस्को, अत्यावश्यकबाहेकका पसल पनि खोल्न पाइने छैन । सवारी पनि जोरबिजोर मात्र संचालन गर्न पाइने भएको छ । खाद्यान्न र निर्माण सामग्री पसल बिहान ५ बजेदेखि राति ८ बजेसम्ममात्रै खोल्न पाइने छ । बैंक तथा वित्तीय संस्थाले पनि सीमति संख्यामा कर्मचारी उपस्थित गराएर सेवा प्रवाह गर्न पाउने छन् ।




पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…