
सरकारी निर्णयको ठाँडो अवज्ञा गर्दै हिमाली जिल्ला मुस्ताङका ३ तहमा धमाधम वार्षिक परीक्षा संञ्चालन भईरहेको पाईएको छ ।सोमबार नेपाल सरकारद्धारा गठित उच्चस्तरीय सीसीएमसी निर्देशक समितिको बैठकले अर्को आदेश नभएसम्म भौतिक उपस्थिती हुने पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेपनि मुस्ताङका विद्यालयले त्यसलाई अटेर गरी परीक्षा संञ्चालन गरेको पाईएको हो ।
५ स्थानीय तह रहेको हिमाली जिल्ला मुस्ताङको थासाङमा गत बैशाख ९ गते ,घरपझोङमा १० गते र वारागुङमुक्ति क्षेत्र गाउपालिकामा बैशाख १२ गते वार्षिक परीक्षा संञ्चालन भएको हो ।तर ,बैशाख १० गते देखि परीक्षा संञ्चालन गरेको घरपझोङ गापाको निजी विद्यालय धौलागिरि आवासीय माविले भने सरकारको निर्णय पालना गर्दै चौथो दिन देखिको बाकी वार्षिक परीक्षा स्थगित गरेको सहायक प्रधानाध्यापक अनिरुद्ध गौतमले जानकारी दिए ।
सरकारको उच्चस्तरीय सीसीएमसी बैठकले गरेको निर्णय गर्दै ठाडो उलघन गर्दै मुस्ताङको थासाङ र घरपझोङ गाउपालिकामा अवस्थित विद्यालयले एकै दिन दुई वटा परीक्षा लिने गरी परीक्षा संञ्चालनलाई निरन्तरता दिएका छन् ।जिल्लाको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउपालिकाले पनि बैशाख १५ गतेबाट बार्षिक परीक्षा संञ्चालन गर्ने निर्णय गरेपनि सरकारको निर्णयपछि परीक्षा संञ्चालन हुने वा नहुने अन्योल बनेको छ ।
सरकारद्धारा गठिन कोभिड—१८ संकट व्यवस्थापन समितिले बिद्यालयको शैक्षिक पठन÷पाठन तथा सबै परीक्षा रोक्न निर्देशन गरेपनि जिल्ला प्रशासन कार्यालय मुस्ताङले त्यसमा रोक लगाउन सकेको छैन ।तर ,स्थानीय तह भने जारी परीक्षा छिटो÷छिटो सक्ने पक्षमा छ ।मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले बिद्यालय बन्द गर्ने निर्णयको आदेश स्थानीय प्रशासनमा आईनसकेको जानकारी दिए । उनले सरकार प्राप्त भएको अवस्थामा भौतिक उपस्थितीमा हुने सबै खाले शैक्षिक गतिबिधिमा रोक लगाईने उल्लेख गरे ।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा यसअघि आन्तरिक तथा बाह्य पर्यटकको भ्रमणले कोरोना जोखिम बढेको सरोकारवालाहरु ब्ताउछन् । जिल्लाका केही विद्यालयमा बिद्यार्थी बिरामी हुने ,सुस्त र झोक्र्याउने आदी हुदा विद्यालय स्तरमा कोरोनाको जोखिम बढेको उनीहरुको भनाई छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…