
बलेवा । अवैध रूपमा हुन सक्ने वन्यजन्तु र तिनको आखेटोपहारको ओसारपसार नियन्त्रणका लागि ढोरपाटन शिकार आरक्ष क्षेत्रमा जिल्लास्तरीय (बाग्लुङ) वन्यजन्तु अपराध नियन्त्रण ब्यूरो गठन गरिएको छ । शिकार आरक्षका ‘प्रमुख संरक्षण अधिकृत’ को संयोजकत्वमा ब्यूरो गठन गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भूसंरक्षण विभाग लगायतको पहलमा ब्यूरो गठन गरेर काम थालेको प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए ।
शिकार आरक्ष फैलिएका म्याग्दी र रुकुम पूर्वमा पनि ब्यूरो गठनका लागि सिफारिस गरी विभागमा पठाइएको कँडेलले जानकारी दिए । उनले थपे, ‘यो एउटा एक्सन समिति हो, जसले संरक्षणमा विशेष ध्यान दिएर काम गर्छ।’
ब्यूरोमा जिल्ला प्रशासन कार्यालय, सरकारी वकिल कार्यालय, नेपाली सेना, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान विभाग, कारागार र जिल्ला हुलाक कार्यालयका प्रतिनिधिको सहभागिता रहनेछ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…