
काठमाडौं : नेपालमा मंगलबार कोरोनाबाट एकै दिन २२५ जना संक्रमितको मृत्यु भएको छ। याे संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०८४ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेनाले व्यवस्थापन गरेका शवसहित एकै दिन २२५ मृतक थपिएका हुन्। याे संख्या अहिलेसम्मकै उच्च हो। जसमध्ये सबैभन्दा बढी मृत्यु हुनेमा ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक रहेका छन् । यो संख्या कुल मृतक संख्याको ५८.३९ प्रतिशत रहेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्ष भन्दा माथि उमेर समूहका २३८५ जनाको मृत्यु भएको छ । ५०–५९ वर्ष उमेर समूहका ७१७ जनाको मृत्यु हुँदा ४०–४९ वर्ष उमेर समूहका ५१४ छन् । ३०–३९ वर्ष उमेर समूहका २९७, २०–२९ वर्ष उमेर समूहका ११८, १०–१९ वर्ष उमेर समूहका २६ र ९ वर्षमुनिका २७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हालसम्म ३ लाख १२ हजार १९ जना कोरोनाबाट निको भएका छन्। हाल देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…