शंखेकीरा पालेर साबुन उत्पादन


     नेचर न्युज    
     जेठ १७ गते २०७८ मा प्रकाशित


फ्रान्समा शंखेकीराको र्‍याल सङ्कलन गरी साबुन बनाएर बिक्री गर्न थालिएको छ। फ्रान्सको एक उत्पादक कम्पनीले सौन्दर्य प्रशोधनको बजारमा सफलता पाउने विश्वासमा शंखेकीराको साबुन बनाएर बिक्री गर्न थालेको होl

शंखेकीराको र्‍यालमा औषधीय गुण हुने विश्वास गरिएको छl साबुन बनाउँदा शंखेकीरालाई कुनै किसिमको हानी नपुर्‍याई बनाइने ती व्यापारीको भनाइ छ। फ्रान्सका वाहग्नीका २८ वर्षीय द्यामियाँ देरोशेले  शंखेकीरा प्रयोग गरेर साबुन बनाउँछन्।

फ्रान्समा यसरी साबुन बनाउने उनी तेस्रो व्यक्ती हुन्। उनले साबुन बनाउनकै लागि ६० हजार शंखेकीरा पालेका छन् । शंखेकीराबाट र्‍याल  सङ्कलन  गरेर उनले साबुन बनाउँछन् । शंखेकीरालाई काउकुती लगाएर र्‍याल सङ्कलन गरिने उनी बताउँछन्। र्‍यालबाट साबुन बनाउन कम तापक्रममा तताइन्छ । पश्चिमा  समाजमा यो नौलो भए पनि शंखेकीराको र्‍याल कोरियाली सौन्दर्य सामाग्रीमा प्राय प्रयोग हुदैं आएको छ।

शंखेकीराको  र्‍यालमा   उमेर बढ्न नदिने गुण समेत भएको दाबी गरिन्छ। यसको  अर्को चाखलाग्दो कुरा भनेको यसमा घाउ निको पार्ने गुण पनि भएको दाबी गरिन्छ। शंखेकीराले र्‍याल प्रयोग गरेर आफ्नो बिग्रेको खपटो बनाउँछ। त्यसै कारणले  हाम्रो छालामा लगाउँदा पनि घाउ पुर्न सघाउने देरोशेको दाबी छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!