
संस्कृतिकर्मी मेनकाजी गुरुङले नेपाली नृत्यको क्षेत्रमा पुर्याएकाे याेगदान सधै अविस्मरणीय रहने छ। नेपाली लोक सांस्कृतिक नृत्यको जगेर्ना र त्यसको प्रचार गर्न उनि निरन्तर लागिरहेका थिए। मेनकाजीले नेपाली लोक सांस्कृतिक नृत्यको जगेर्ना र त्यसको प्रचार अन्तर्राष्ट्रिय क्षेत्रमा पनि पुर्याएका थिए। उनले जीवनकालको अन्तिम समय सम्म नेपाली लोक सांस्कृतिक नृत्यको जगेर्नामा अनवरत लागिरहे।
कास्कीकाे गुरुङ गाउँ सिक्लेसमा जन्मेका हुन मेनकाजी। उनमा पनि युवा अवस्थामा गाउँका अरु दाजुभाइ जस्तै लाहुरे बन्ने सपना थियाे। सिक्लेस गाउँमा लाहुरेकाे बाहुल्यता थियाे । युवाहरु ब्रिटिस र भारतीय फाैजमा लाहुरे थिए। उनि पनि अध्ययन र लाहुरे हुने सपना बाेकेर पाेखरा झरे। त्यही सिलिसलामा ब्रिटिस सेनाबाट अवकास प्राप्त ‘डाँफे बाजे’काेमा उनि पुगे र नृत्य सिक्न थालेका थिए। त्यही समयमा भारतीय आर्मीकालागि भर्ती खुल्याे। भर्ती हुन उनले कुपन लिए तर छाती नाप्न गएनन्। उनकाे ब्रिटिस लाहुरे हुनेअवसर भने छुट्याे। त्यो बेला डाँफे कला मन्दिर ‘रोधी घर’ कार्यक्रम लिएर बुटवल, नेपालगञ्ज, दाङ र भारतको सिक्किमसम्म पुग्ने टाेलीमा उनि पनि थिए। फर्केर आउँदा यता भर्ती खुलेर पास भएका साथीहरु बेलायत पुगिसकेका थिए। त्यसपछि उनि नेपालमै लोक सांस्कृतिक नृत्यको जगेर्ना र त्यसको प्रचारमै रमाए।
डाँफे कला मन्दिरबाट नृत्य सिकेका मेनकाजी नेपाली मात्र हाेइन भारत, पाकिस्तान र बंगाली फिल्ममा पनि काम गरेका थिए। उनले विद्यालयको नृत्य शिक्षककाे रुपमा पनि काम गरे। उनि विद्यार्थीका निकै लोकप्रिय नृत्य शिक्षक पनि हुन्। यसरी उनले नयाँ पुस्तालाई लोक नृत्य र संस्कृति सिकाएका थिए। उनकाे नृत्यकाे पहिलाे पाठशाला भने सिक्लेस गाउँ र लेकतिरका भेंडीगोठ हुन्। सिक्लेमा हुने रोधि पनि उनकाे अर्काे विद्यालय हाे। उनै संस्कृतिकर्मी मेनकाजीकाे दु:खद निधनले पाेखरा शाेकमा छ।
हिमाली सांस्कृतिक परिवारका अध्यक्ष , वरिष्ठ संस्कृतिकर्मी मेनकाजीकाे निधनले देशको संस्कृतिक विकाशमा अपूरणीय क्षति पुगेको वरिष्ठ साहित्यकार सरुभत्त श्रेष्ठले बताएका छन्। उनकाे निधनले हामी पोखरेलीहरूले एक आत्मिय र उर्जाशील नेतृत्वलाई गुमाएकाे साहित्यकार सरुभत्त बताउँछन्। वरिष्ठ साहित्यकार तिर्थ श्रेष्ठले वरिष्ठ संस्कृतिकर्मी मेनकाजीकाे निधनले निशब्द भएकाे बताएका छन्।
मेनकाजीले गुरुङ संस्कृति मात्र हाेइन हिमाल, पहाड र तराइमा नाचिने सबैखाले नृत्य, कला र संस्कृतिकाे विकासमा महत्वपूर्ण याेगदान रहेकाे आफन्त डा हुमबहादुर गुरुङ बताउँछन्। मेनकाजीकाे निधनले नेपालको लोकसंस्कृति क्षेत्रलाई ठूलो नाेक्सान भएकाे गुरुङले बताए। उनकाे याेगदान सधै नेपालीले सम्झने उनले बताए।
संस्कृतिकर्मी मेनकाजीले तीन साता अघि कोराेनालाई जितेका थिए। तर पत्नी मीना गुरुङको कोरोना संक्रमणकै कारण वैशाख ३० मा निधन भएको थियो। त्याे बेला श्रीमान श्रीमती दुवै जनालाई काेराेना संक्रमण भएकाे थियाे। श्रीमतीकाे निधनपछि गुरुङ तनावमा थिए। मेनकाजीलाई पुनः स्वास्थ्यम समस्या आएपछि उपचारकाे क्रममा साेमबार पाेखराकाे फिस्टेल अस्पतालमा निधन भएको हाे। एक कर्मशील, निष्ठावान संस्कृति कर्मीलाई गुमाउँदा पाेखराकाे साथै देशनै शोकमा छ । स्वगीय मेनकाजी गुरुङ प्रति हार्दिक श्रद्धाञ्जली !!!



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…