
कोरोना संक्रमण नियन्त्रण गर्न लगाईएको लकडाउनको कारण हातमुख जोर्न समस्या झेल्दै आएका पोखराको फेवातालका डुंगा चालक मजदुरहरुलाई रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखरा र आर्ट अफ लिभिङले संयुक्त रुपमा राहत सामाग्री वितरण गरेका छन् ।
पोखराको बाराही घाट पुगेर रेवान पाेखरा र आर्ट अफ लिभिङले ८५ जना डुंगा चालकलाई प्रति व्यक्ति २५ किलो चामल, दाल, नुन, मसला लगायत खाद्य सामाग्री उपलब्ध गराएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए । लकडाउनका कारण बेरोजगार बनेपछि देशका बिभिन्न जिल्लाबाट पोखरा आएर यहाँ डुंगा चलाउँदै आएका मजदुरलाई हातमुख जोर्न समस्या भएको जानकारीमा आएपछि रेवान र आर्ट अफ लिभिङको संयुक्त रुपमा राहत सामाग्री वितरण गरेको रेवानको अध्यक्ष बरालले जानकारी दिए ।
८५ जना मजदुरलाई शुक्रबार खाद्यन्न वितरण गरिएको हो । थप १५ जनालाई शनिबार वितरण गरिने रेवान पोखराका सचिव विकास भट्टराईले जानकारी दिए । पर्यटन विकासमा डुंगा चालकको महत्वपूर्ण योगदन रहेको छ । कोरोना महामारीमा दैनिक डुंगा चलाएर हातमुख जोर्ने मुजदुरलाई समस्या परेपछि सहयोग गरेको आर्ट अफ लिभिङ गण्डकी प्रदेशका प्रमुख नरेश भट्टराईले बताए । पाेखरा ६ का वडा अध्यक्ष जगत पहारी, वडा सदस्य हरिकृष्ण पहारी, पोखरा पर्यटन परिर्षदका अध्यक्ष गोपीबहादुर भट्टराईले, परिषदका पूर्व अध्यक्ष गणेश भट्टराईले लगायतको उपस्थितीमा राहत वितरण गरिएको हाे ।

लामो समय सम्म बेरोजगार बन्दा समस्या परेको बेलामा राहतमा खाद्यन्न पाउँदा खुशी लागेको डुंगा चालक लेखबहादुर माझीले बताए ।
फेवातालमा ८ डुंगा घाटमा ६६५ डुंगा रहेका फेवा डुंगा व्यवसायी समितिका उपाध्यक्ष मंगल नेपालीले बताए । डुंगा मालीक बाहेक १५० डुंगा चालक देशको बिभिन्न जिल्लाबाट आएर फेवातालमा काम गरिहेको पनि उनले सुनाए । पहिलो लकडाउनमा ६ महिना पछि मात्र फेवातालमा डुंगा संचालनमा आएका थियो । कोरोनाको दोस्रो लहरका कारण वैशाख १४ गते देखि यहाँका डुंगा बन्द रहेको उपाध्यक्ष नेपालीले बताए ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…