
पाेखराका विभिन्न वडा कार्यालय र स्वास्थ्य चाैकीमा बिहीबार कोरोना भाइरसविरुरद्धको खोप लगाइएकाे छ । खाेप लगाउन स्वास्थ्य चाैकी र वडा कार्यालयमा भीड लागेको थियाे । चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना खोप ‘भेरोसेल’ पाेखरामा बिहीबार लगाइएकाे हाे ।
याे खाेप ६२ बर्ष पुरा भएका देखि ६५ वर्ष मुनिका नागरिकलाई मात्र लगाउने गरी पाेखरा महानगरपालिकाले यस अघि तालिका सार्बजनिक गरेकाे थियाे । पाेखरामा हाललाई ६ हजार खाेप मात्र आएकाेले ६२ वर्ष भन्दा माथिका बृद्ध बृद्धालाई लगाउने याेजना महानगरपालिकाले बनाएकाे थियाे। यसअघि ६५ वर्षमाथिका बृद्धबृद्धालाई खाेप दिइएकाे थियाे ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले विकास गरेको कोभिड-१९ विरुद्धको यो खोपलाई गत महिना आपत्कालीन प्रयोगको अनुमति दिएको थियो। डब्ल्यूएचओबाट स्वीकृति पाउने यो युरोपबाहिर निर्मित पहिलो कोभिड खोप हो। तर त्यसअघि नै नेपालमा भेरो सेल प्रयोगमा ल्याइसकिएको थियो।
नेपाल र चीनसहित यो खोप अन्य देशमा अहिलेसम्म लाखौँ व्यक्तिहरूलाई दिइसकिएको छ। सो खोप करिब २८ दिनको अन्तरालमा दुई मात्रा लगाउनुपर्छ। डब्ल्यूएचओका अनुसार सबै उमेर समूहको विवरणका आधारमा यो खोपको प्रभावकारिता ७९ प्रतिशत देखिएको छ।डब्ल्यूएचओले १८ वर्षमाथिका मानिसलाई यो खोप लगाउन सकिने भनेको छ। तर उसले माथिल्लो उमेर समूह भने तोकेको छैन।




पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…