
कास्कीमा खुकुलो गरेर थप एक साता निषेधाज्ञाबढाइएको छ । निषेधाज्ञा खुकुलो भएसगै निजी सवारीसाधन जोरबिजोर बार आधारमा संचालन हुने छ । यसै गरी विभिन्र पेसा, व्यवसाय, पसल बिहान ५ देखि १२ सम्म खोल्न पाइने छ।
कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णय आधारमा असार ८ देखि १५ सम्म निषेधाज्ञा खुकुलो बनाएर अवधि बढाउने आदेश जारी गरेका हुन् ।
कोरोना संक्रमणको दोस्रो लहर संगै वैशाख १५ देखि सुरु निषेधाज्ञा अवधि असार ७ गते मध्यरातसम्म कायमै थियो। आदेशानुसार निजी सवारीसाधन (साना सवारी चार पाङ्ग्रे, दुई पाङ्ग्रे को हकमा जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका गाडी संचालन गर्न सकिनेछ । चार पाङ्ग्रेमा चालकसहित ४ जना यात्रु मात्र राख्न पाइनेछ ।
यस्तै, सिनेमा हल, पार्टी प्यालेस, होटल रेष्टुरेन्ट, चिया पसल, खाजा पसल, मोटेल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटसल, खेलकुदस्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलनु, फुटपाथ पसल लगायत सेवा खोल्न पाइने छैन । तर यसबाहेकका पेसा, व्यवसाय, पसलहरु बिहान ५ देखि दिउँसो १२ सम्म मात्र संचालन गर्न सकिने आदेशमा उल्लेख छ । पसल, व्यवाय संचालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड भने कायम गर्नुपर्नेछ ।
ढुंगा, गिटी, बालुवा जस्ता निर्माण सामग्री ढुवानी गर्ने सवारीसाधनको बेलुकी ७ देखि बिहान ५ बजेसम्म ढुवानी गर्न पाइने छ।
काठमाण्डाैमा पनि निषेधाज्ञा खुकुलाे भएकाे छ ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …