
जेष्ठ नागरिकलाई पाँच महिनापछि ‘कोभिशिल्ड’ एस्ट्रोजेनिका खोपको दोस्रो मात्रा देशभर दिइदै छ । काठमाण्डौमा जेष्ठ नागरिकलाई दोस्रो खोप दिइएपछि आइतबार देखि गण्डकी प्रदेशमा पनि दोस्रो खोप दिइदै छ । ‘कोभिशिल्ड’ एस्ट्रोजेनिका खोप लगाउँदा दुई मात्रा बीचको अन्तरमा दुईदेखि तीन महिना हुन्छ भनिएकोमा अहिले पाँच महिनापछि दोस्रो मात्रा दिन लागिएकाे हाे ।
स्वास्थ्य तथा जनसङ्ख्या मान्त्रालयले धेरै समयको अन्तरमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने जनाएको छ । मन्त्रालयले ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएको लामो समयको अन्तरमा अहिले जेष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन थालिएकोले उक्त खोपले काम गर्ने स्पष्ट पारेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले ‘कोभिशिल्ड’को पहिलो मात्रा लगाएको करिब पाँच महिनापछि दोस्रो मात्रा लगाए पनि खोपले काम गर्ने बताएका हाे। गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्ष माथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई सो खोपको पहिलो मात्रा लगाएकोमा अहिले करिब पाँच महिनापछि एस्ट्राजेनिका खोपको दोस्रो मात्रा दिइएको हो ।
‘कोभिशिल्ड’ एस्ट्रोजेनिका खोप लगाउँदा दुई मात्रा बीचको अन्तराल दुई देखि तीन महिना हुन्छ भनिएकोमा अहिले पाँच महिनापछि दोस्रो मात्रा दिएको हो । दोस्रो मात्राकाे अन्तराल पाँच महिनाको भए पनि खोपले प्रभावकारी रुपमा काम गर्ने भएकोले स्वास्थ्य मन्त्रालयले ढुक्क भएर एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाउन अनुरोध गरेका छ ।
भूटानबाट दुई लाख ३० हजार र जापानबाट पाँच लाख १३ हजार मात्रा एस्ट्राजेनिका खोप आइसकेपछि मन्त्रालयले कोभिशिल्डको सट्टामा एस्ट्राजेनिका खोप लगाउने व्यवस्था मिलाएको हो । कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकोले लगाउन केही फरक नपर्ने भएकाले कोभिशिल्डको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई दोस्रो मात्राकाे रुपमा एस्ट्राजेनिका लगाइएको स्वास्थ्य मन्त्रालयले जानाएकाे छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…