
पाेखरामा जेष्ठ नागरिकले पाँच महिनापछि दोस्रो मात्रा ‘कोभिशिल्ड’ एस्ट्रोजेनिका खोप लगाएका छन् । ‘कोभिशिल्ड’ एस्ट्रोजेनिका खोप लगाउँदा दुई मात्रा बीचको अन्तरमा दुईदेखि तीन महिना हुन्छ भनिएकोमा अहिले पाँच महिनापछि दोस्रो मात्रा दिइएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मान्त्रालयले धेरै समयको अन्तरमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने जनाएको छ । खोप लगाउन गएका जेष्ठ नागरिक सरकारले भनेपछि होला भन्ने प्रतिक्रिया दिएका छन् । पोखरा वडा नम्बर १० को खोप केन्द्रमा खोप लगाउन लाइनमा बसेका लक्ष्यबहादुर गुरुङले ढिला भएपनि उतिकै काम गर्ने भन्ने सुनेर खोप लगाउन आएको सुनाए । मन्त्रालयले ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएको लामो समयको अन्तरमा अहिले जेष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन थालिएकोले उक्त खोपले काम गर्ने सञ्चार माध्यबमाट स्पष्ट पारेको थियोे ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले ‘कोभिशिल्ड’को पहिलो मात्रा लगाएको करिब पाँच महिनापछि दोस्रो मात्रा लगाए पनि खोपले काम गर्ने बताएका थिए । गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्ष माथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई सो खोपको पहिलो मात्रा लगाएकोमा अहिले करिब पाँ महिनापछि एस्ट्राजेनिका खोपको दोस्रो मात्रा दिइएको हो ।
‘कोभिशिल्ड’ एस्ट्रोजेनिका खोप लगाउँदा दुई मात्रा बीचको अन्तराल दुई देखि तीन महिना हुन्छ भनिएकोमा अहिले पाँच महिनापछि दोस्रो मात्रा दिएको हो । दोस्रो मात्रामो अन्तराल पाँच महिनाको भए पनि खोपले प्रभावकारी रुपमा काम गर्ने भएकोले स्वास्थ्य मन्त्रालयले ढुक्क भएर एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाउन अनुरोध गरेका थियो । पोखरा वडा नम्बर १० खोप केन्द्रमा कारमा आएका अशक्त जेष्ठ नागरिकलाई कार भएकाे ठाउँमा गएर खोप लगाइएको थियो ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…