
कास्की जिल्लामा काेराेना संक्रमण बढ्दै गएपछि निजी तथा सार्वजनिक सवारी साधनमा बिहीबारदेखि पुन: जाेरबिजाेर प्रणाली लागू गरिने भएकाे छ । जिल्ला काेभिड व्यवस्थापन समितिकाे बैठकले भदाै १० गते सम्म पुन: कडाइ गर्दै जाेरबिजाेर प्रणाली लागू गरेकाे हाे ।
कास्कीमा यस अघि असार १४ गते सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाइएको थियो । जिल्ला प्रशासन कार्यालय कास्की प्रमुख थानेश्वर गौतमले होटल तथा रेस्टुरेन्टमा हुने हरेक किसिमका बुकिङ कार्यक्रमलाई पनि रोक लगाइएको बताएक छन् । गण्डकी प्रदेशकाे राजधानी पाेखरा रहेकाे कास्की सबैभन्दा बढी प्रभावित जिल्ला हाे । कास्कीमा मात्रै २ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना संक्रमण फैलिएयता कास्कीका ५ सय २० जना संक्रमितको मृत्यु भइसकेको छ ।
गण्डकीमा गत २४ घण्टामा १३३४ जनामा काेराेना परीक्षण हुँदा ४५६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । गण्डकीमा बुधबार काेराेनाबाट १० जनाकाे मृत्यु भएकाे स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । ५ हजार ६ सय ११ जना हाेमअाइसाेलेसनमा छन् । गण्डकीमा हाल सम्म काेराेनाबाट १ हजार २ सय ६ जनाकाे मृत्यु भएकाे स्वास्थ्य निर्देशनालय गण्डकीले बताएकाे छ ।





पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…