
बेलायतमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । यो भेरियन्टबाट संक्रमित हुनेको संख्या पनि बढेर २५ हजार पुगेको छ । बेलायतको स्वास्थ्य सुरक्षा निकायले ओमिक्रोन भेरियन्टबाट शनिबार मात्रै १० हजारभन्दा बढी संक्रमित थपिएको बताएको हो ।
संक्रमण बढेसंगै अस्पताल भर्ना हुनेको संख्या पनि बढ्न थालेको छ । ओमिक्रोन संक्रमित ८५ जनाले अस्पतालमा उपचार गराईरहेको बताइएको छ । बेलायतमा पछिल्लो समय ओमिक्रोन र डेल्टा दुबै भेरियन्टको दोहोरो मारमा परेको बताइएको छ ।
ओमिक्रोन भेरियन्टले डेल्टालाई उछिन्दै बेलायत र स्कटल्याण्डमा प्रमुख भेरियन्टको रुपमा देखा परेको बीबीसीले जनाएको छ । हालसम्म ओमिक्रोन भेरियन्ट ९० मुलुकमा फैलिएको छ । नयाँ भेरियन्ट फैलने दर तिब्र भएकोले स्वास्थ्य मापदण्ड पालना गर्न र थप सतर्कता रहन नेपाल सरकार स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…