बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप मंगलबार देखि


     नेचर न्युज    
     पौष २६ गते २०७८ मा प्रकाशित


मंगलबार देखि बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाइजर र मोडर्ना खोप लगाइने भएको छ । १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले काठमाण्डौं उपत्यकाका तीनवटै जिल्लाका साथै स्थानीय तहबाट खोप अभियान सुरु गर्ने भएको हो ।