
नेपालमा मैत्रीपूर्ण खेलका लागि रहेको अफ्रिकी मुलुक मरिशसको राष्ट्रिय फुटबल टिमको सम्मानमा बुधबार रात्री भोजको आयोजना गरिएको थियो । नेपाल – मरिशस बिजनेश काउन्सिलले नेपालका लागि मरिशसका महाबाणिज्यदूत श्री गणेश कार्कीको प्रमुख आतिथ्यतामा मैत्रीपूर्ण खेलका दौरान नेपालमा रहेको मरिशसको राष्ट्रिय फुटबल टिमलाई रात्रीभोजका साथै विविध कार्यले सम्मान गरेको हो ।
सो क्रममा बोल्दै महाबाणिज्यदूत कार्कीले नेपालमा मरिशसको फुटबल टिमलाई स्वागत तथा सम्मान गर्न पाउँदा निकै हर्ष महशुस भएको भन्दै यस कार्यले नेपाल र मरिशसको मैत्रीपूर्ण सम्वन्ध कायम गर्नुका साथै दुई देशका विच खेल पर्यटन र भाईचारा बिकास गर्न मद्धत पुग्ने बताए । बिश्वनै कोभिडको महामारीमा रहेको अवस्थामा देखाएको सद्भाव अविस्मरणिय रहने समेत उनले बताए । उनले आगामी दिनमा कोभिडको स्वास्थ्य मापदण्ड अपनाएर दुई देशबिचको पर्यटन लगायत अन्य कार्यको विकास गर्न सफल हुनेमा आफु बिश्वस्त रहेको बताए ।
कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै काउन्सिलका अध्यक्ष बटु लामिछानेले यस भ्रमणले नेपाल र मरिसस बिच जनस्तरमा दुई देशका सम्वन्धलाई अझ बलियो बनाउनुका साथै दुई देशबिच पर्यटन प्रवद्र्धन र ब्यापार प्रवद्र्धनका लागि समेत महत्वपूर्ण योगदान पुग्ने बताए ।
एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले नेपाल एक सुन्दर राष्ट्र भएको भन्दै बिश्वमा शान्ति फैलाउने बुद्ध जन्मेको देश, सर्वोच्च शिखर सरगमाथा रहेको देश, पौराणिक र पुरातात्विक संरचनाले भरिपूर्ण भएको एक पर्यटकिय स्थल रहेकोले फुटबल खेलका माध्ययमले नेपालमा पर्यटनको विकास गर्न मद्धत पुग्ने भन्दै दुई देशबिच पर्यटन आदान प्रदानलाई सहयोग पुग्ने बताए । उनले मोरिशस टिमलाई नेपाल बसाई शुखपूर्ण र आनन्दमयी होस भन्ने कामना समेत गरे ।
वेलनेस अर्गानिक क्लब रेष्टुरेण्टमा विविध साँस्कृतिक कार्यक्रम सहित आयोजना गरिएको कार्यक्रममा मोरिशस टिमलाई मायाको चिनोको रुपमा नेपाली ढाकाटोपी, ब्याच लगायत कलात्मक झ्याल प्रदान गरिएको थियो । संस्थाका सचिव युगजंग कार्कीले संचालन गरेको कार्यक्रममा संथाका सचिव सब्रिन गौतमले स्वागत मन्तब्य प्रस्तुत गरेका थिए ।



पोखरा : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप ३१० मा नेपालले हिमाली क्षेत्रका विशिष्ट समस्या, जलवायुजन्य हानि तथा नोक्सानी,…
पोखरा : बंगलादेशको खाडीमा विकसित भएको ‘अर्नब आँधी’ले आज बिहीबारदेखि शनिबार सम्म तराई, पहाडमा पानी पर्ने र हिमाली क्षेत्रमा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
जैविक विविधता तथा पशु-पंछीमैत्री तिहार पर्व आज काग पूजा गरेर सुरु भएको छ। यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…