
पोखरामा कुकुरलाई झुण्डाएर मार्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । कुकुरलाई प्लास्टिकको डोरीले घाँटीमा पासो लगाई यातना दिएर मारेको आरोपमा पोखरा महानगरपालिका १९ का २३ वर्षीय सुदिप परियार कास्की प्रहरीले नियन्त्रणमा लिएको हो ।
परियारले पोखरा १६ जोगीमणिमा कुकुरलाई पासो लगाएर मारेपछि सेती नदीको खोँचमा फालेको दृश्य भिडियोमा उतारेर सामाजिक सञ्जालमा राखेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनले कुकुरलाई घाँटीमा पासो लगाई रुखमा झुण्ड्याएर मारेर सेती नदीमा फालेका पाइएको हो । कुकुरको ज्यान लिँदा गरेका सबै गतिविधको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि प्रहरीले जानकारी पाएर कानुनी दायरामा ल्याएको छ । परियाले चैत १८ गते कुकुरलाई यातना दिएर ज्यान लिएको पाइएको हो ।
कास्की प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दा उनको साथमा रहेको मोबाइलमा र फेसबुकमा पनि उक्त भिडियो रहेको पाइएको बताइएको छ । यही आधारमा पक्राउ परेका परियारलाई कास्की जिल्ला अदालतबाट पशुपक्षी कसूरमा ९ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए । कुकुर किन मारियो, कसको कुकुर थियो यस विषयमा अनुसन्धान हुँदै गरेको पनि डिएसपी तिवारीले बताए । पशुमाथि हुने यस्ता निर्दयी व्यवहार रोक्न कानुन कार्यान्वयनमा आउनु पर्ने अधिवक्ता तथा जनावर अधिकारकर्मी सञ्जय अधिकारीले बताए ।
पशुलाई यातना दिएर मार्ने यस्ता घट्नामा फौजदारी कसुर आकर्षित हुने उनले बताए । मुलुकी अपराध संहिता २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २९० अनुसार कारबाही हुने प्रावधान रहेको उनले बताए । मुलुकी अपराध संहिताको दफा २९० मा यस्तो अपराध गर्नेलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ । यस्ता घटना घटाउँदा समाजमा शान्ति सुरक्षा खलबलिने यस्तो घटना घटाउनेको मनोबल बढ्दै जाने र आम नागरिकको मानसिकतामा नकारात्मक असर पर्ने भएकोले पनि फौजदारी कसुरमा राखेर कारबाही गर्नु पर्ने उनले बताए ।
नेपालको कानुनमा पशु चौपायालाई निर्जीव बस्तु झैँ सवारी साधनमा कोचेर यातना दिएर एक ठाउँबाट अर्को ठाउँमा लग्न पनि पाइँदैन । यस्तो गर्नुलाई अपराध मानिन्छ । पशु ढुवानी मापदण्ड २०६४ मा यस्तो व्यवहार गर्ने कानुनी दायरामा आउने व्यवस्था छ । यो मापदण्ड कार्यान्वयन नहुँदा यस्ता दृश्य अझै देखिन्छन् । कार्यान्वयनको पक्ष कमजोर हुँदा यस्ता घटना नरोकिएको पशु अधिकार कर्मीले बताएका छन् ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…